किन विरोधमा उत्रिए नेपाल एयरलाइन्सका पाइलटहरु ?

९ मंसिर ८१, सोमबार

१० मंसिर , काठमाण्डौ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले निर्धारित समयमा उडान नभएर अलपत्र परेका यात्रुलाई गन्तव्यमा लगिएको जनाएको छ । सेवासुविधाको माग गर्दै निगमका विमान चालक (पाइलट)ले बिदामा बसेर विरोध जनाएपछि आइतवार निगमको विभिन्न गन्तव्यका करिब आधा दर्जन उडान प्रभावित भएका थिए ।

उडान अवरुद्ध हुँदा विभिन्न गन्तव्यमा जाने सयौँ यात्रु समस्यामा परेका थिए । भारतको नयाँ दिल्ली, मुम्बई, दुबईलगायत गन्तव्यमा उडानहरू प्रभावित भएको निगमले जनाएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार पाइलटको असहयोगका कारण उडान अवरुद्ध हुँदा काठमाडौँमा रोकिएका यात्रुलाई गन्तव्यमा लगिएको जनाएको छ ।

यात्रुलाई आइतवार राति मुम्बई र आज बिहान दुबई लगिएको छ । उनले पाइलटको मागका सम्बन्धमा निगम व्यवस्थापन गम्भीर रहेको, यस सम्बन्धमा तालुक मन्त्रालय र अर्थ मन्त्रालयसँग आवश्यक समन्वय तथा छलफल भइरहेकाले छिट्टै समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

निगममा कार्यरतमध्ये केही क्याप्टेनले यही मङ्सिर ६ गतेदेखि ‘सिक रिपोर्ट’ र ‘अर्जेन्ट वर्क रिपोर्ट’ गर्दै आएकामा मङ्सिर ८ गते शनिवारदेखि उडानमा प्रभाव देखिन थालेको थियो । निगममा रहेका ४३ क्याप्टेनमध्ये आठ जनाले विरोध जनाएको बुझिएको छ ।

निगमको अन्तर्राष्ट्रिय उडानमा दुई वाइडबडी र दुई न्यारोबडी विमान छन् । निगमका पाइलटहरूको सेवासुविधा सम्बन्धमा निगम व्यवस्थापनका तर्फबाट विभिन्न चरणमा अद्यावधिक जानकारी गराइएको र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत अर्थमन्त्रालयमा प्रक्रियामै रहेको निगमले उल्लेख जनाएको छ ।

निगमको उडानमा पर्न गएको असरले आर्थिक नोक्सानी मात्र नभई निगमको साख र इज्जतमा समेत नकारात्मक प्रभाव परेको भन्दै यसलाई व्यवस्थापनले गम्भीर रुपमा लिएको निगमको अपरेसन्स विभागका कामु निर्देशक दीपुराज ज्वारचनद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।

निगमलाई पर्ने आर्थिकलगायत सम्पूर्ण नोक्सानीको सम्बन्धमा नियमानुसार हुने जनाउँदै सम्पूर्ण विमानचालकलाई आ–आफ्नो रोस्टरअनुसार उडान सञ्चालन गर्न सूचित गरिएको छ । यता निगमका स्थायी पाइलटले भने करारका कर्मचारीलाई बढी सेवा सुविधा दिएको भन्दै हडताल गरेका हुन् ।

हडतालका कारण काठमाडौंबाट अन्तर्राष्ट्रिय गन्तव्य जाने र नेपाल आउने यात्रु प्रभावित भए । नेपाल नागरिक उड्ड्यन प्राधिकरणले कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ट्याक्सी वे’ निर्माण गरिरहेको र पर्यटकीय सिजनको चापमा उडान नहुँदा यात्रुहरु विमानस्थलमा अलपत्र परेका थिए ।

प्राधिकरणले काठमाडौंबाट ३० प्रतिशत उडान कटौती गर्दा हवाइ भाडा उच्च छ । राति १० देखि बिहान आठ बजेसम्म विमानस्थल बन्द हुँदा त्यसको मार यात्रुहरुले व्योहोर्नु परेको छ । त्यसमा पनि निगमका पाइलटहरु अघोसितरूपमा हडतालमा उत्रिएका कारण यात्रुहरुले हैरानी व्यहोर्नु परेको छ ।

निगमका आठ जना स्थायी पाइलट बिरामी र घरायसी बिदा भन्दै अचानक बिदामा बसेपछि त्यसले वायुसेवा निगमका उडान आइतबार प्रभावित भएको हो । दुई वाइडबढी र दुई न्यारोबडी विमान भएको निगमका आठ पाइलट आन्दोलनमा उत्रिएका कारण मुम्बई जाने जहाज आठ घण्टा डिले तथा दुवई उडान क्यान्सिल भएको थियो ।

सरकारले अत्यावश्यक सेवामा बन्द हड्ताल गर्न निषेध गरेको छ । आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा (१) अनुसार स्थल तथा हवाइमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवामा हड्ताल गर्न नपाइने उल्लेख छ ।

र, पाइलटहरुले अघोसित रुपमा बिरामी–घरायासी काम भन्दै सेवा ठप्प पारेका हुन् । यता निगमले पाइलट आन्दोलनको विषयमा यात्रुहरूलाई समयै जानकारी नगराई विमानस्थलमा उपस्थिति गराई अलपत्र पारेको थियो ।

निगमलाई पाइलटहरुको आन्दोलन थाहा हुँदै हुँदै पनि आफूहरुलाई विमानस्थलमा बोलाएर अलपत्र पारेको भन्दै यात्रुहरु आक्रोशित विमानस्थल अशान्त भएको थियो । यसअघि पनि निगमको ‘क्याबिन क्रु’ को आन्दोलनका कारण उडान प्रभावित भएको थियो ।

उसै कहिले महिनौ ‘सी–चेक’ गर्न पठाएको र नियमित उडान गर्न नसकेको भन्दै बदनाम भएको निगम आइतबार आफ्नै पाइलटका कारण आलोचित हुन पुगेको हो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top