अन्तर्राष्ट्रिय उडान गर्ने दुईवटै न्यारोबडी ग्राउन्डेड, यात्रु होटलमा

१२ फागुन, एजेन्सी । अन्तर्राष्ट्रिय उडान भर्ने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका दुइवटै ‘न्यारो बडी’ जहाज विदेशमा थन्किएका छन् । निगमसँग रहेको १ सय ५७ सिट क्षमतायुक्त दुई थान न्यारो बडी जहाजमध्ये एउटा साउदी अरबको दम्माम र अर्को चीनमा ग्राउन्डेड भएका हुन् । जसकारण न्यारोबडीले सेवा दिइरहेका दिल्ली, मुम्बई, बेंग्लोर, थाइल्यान्ड, हङकङ, मलेसियालगायतको उडान प्रभावित… Continue reading अन्तर्राष्ट्रिय उडान गर्ने दुईवटै न्यारोबडी ग्राउन्डेड, यात्रु होटलमा

किन विरोधमा उत्रिए नेपाल एयरलाइन्सका पाइलटहरु ?

१० मंसिर , काठमाण्डौ। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले निर्धारित समयमा उडान नभएर अलपत्र परेका यात्रुलाई गन्तव्यमा लगिएको जनाएको छ । सेवासुविधाको माग गर्दै निगमका विमान चालक (पाइलट)ले बिदामा बसेर विरोध जनाएपछि आइतवार निगमको विभिन्न गन्तव्यका करिब आधा दर्जन उडान प्रभावित भएका थिए । उडान अवरुद्ध हुँदा विभिन्न गन्तव्यमा जाने सयौँ यात्रु समस्यामा परेका थिए… Continue reading किन विरोधमा उत्रिए नेपाल एयरलाइन्सका पाइलटहरु ?

नेपाल वायुसेवा निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा

३ मंसिर,काठमाण्डौ। नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी जहाज ‘नाइन एन–एएलजेड’ (मकालु) आजदेखि पुनः नियमित उडानमा जाने भएको छ । जहाजको नियमित सि–चेकको मर्मतपश्चात् नियमित उडान गर्न लागिएको निगमका प्रवक्ता रमेश पौडेलले बताए । जहाज मर्मतका लागि तीन महिनाअघि इटाली लगिएको थियो । पौडेलले भने, “अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सि–चेकको मर्मतसम्भारपछि जहाज आइपुगेको छ ।… Continue reading नेपाल वायुसेवा निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा

राष्ट्रिय ध्वजाबाहकको जहाज मर्मतमा लापरबाही ?

१३ भदौ , काठमाण्डौ। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवासँग अन्तराष्ट्रिय उडान भर्ने ४ वटा जहाज रहेकामा ३ वटा ‘ग्राउण्डेड’ भएका छन् । निगमका तीन वटा जहाज ग्राउण्डेड हुँदा उडान प्रभावित भएको छ । निगमको न्यारोबडी मंगलवार ‘ग्राउण्डेड’ हुँदा काठमाडौं, हङकङ, दोहा र दुबईमा ८ सय हाराहारी यात्रु प्रभावित भएका छन् । निगमको न्यारोबडी जहाजमा हाइड्रोलिकमा आएको… Continue reading राष्ट्रिय ध्वजाबाहकको जहाज मर्मतमा लापरबाही ?

दिल्लीमा ग्राउन्डेड प्लेन पांग्रा मागेर काठमाडौं ल्याईयो

१८ चैत,काठमाण्डौ । देशको एक मात्र राष्ट्रिय ध्वजाबाहक विमान सेवा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आरए २१८ कलसाइनको २४ घन्टादेखि दिल्लीमा ग्राउन्डेड भएको जहाज काठमाडौं आइपुगेको छ । पांग्रा पन्चर भएर बिहीबार दिउँसोदेखि दिल्लीमा ग्राउडेड भएको जहाज २६ घन्टापछि शुक्रबार बेलुका काठमाडौं आइपुगेको हो । दिल्लीस्थित कतार एयरवेजले आफ्ना विमानका लागि राखेका जगेडामध्येबाट निगमलाई एक… Continue reading दिल्लीमा ग्राउन्डेड प्लेन पांग्रा मागेर काठमाडौं ल्याईयो