×

NEPAL TIMES UPDATES

Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026
Playing
World News: इरानी वार्ताकार पाकिस्तान उडे,‘च्याटजीपिटी’बाट इरानको प्रस्ताव, रणनीतिक जालमा फसे ट्रम्प
Apr 09, 2026
Playing
रविको सिफारिसपछि श्रममन्त्रीलाई प्रधानमन्त्री बालेनले गरे बर्खास्त || Nepal Times
Apr 09, 2026
Playing
छु*रा प्र*हारबाट पाटनमा अस्ताए नेम्बाङ दाजुभाइ, आमा भेट्ने सपना अधुरै|| Nepal Times
Apr 09, 2026
Playing
श्रममन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन रविको पत्र
Apr 09, 2026

एनपिएलको लाइभ युट्युबमा पनि हेर्न पाइने

१३ मंसिर २०८१

१३ मंसिर ,काठमाण्डौ।

नेपाल क्रिकेट संघ (क्यान)ले मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना गर्ने नेपाल प्रिमियर लिगका लागि ६ विदेशी कमेन्टेटर भित्र्याएको छ । एनपिएललाई विश्वभरका क्रिकेटप्रेमीहरुले हेर्न सकुन् भन्ने उद्धेश्य राखेर स्टार स्पोर्टस्मा प्रत्यक्ष प्रशारण गर्ने समझदारी गरेको क्यानले खेलको कमेन्ट्रीको लागि पनि विदेशी कमेन्टेटर भित्र्याएको छ ।

Advertisement

क्यानले बुधबार नेपाल प्रिमियर लिगको अफिसियल पेजमार्फत ६ विदेशी कमेन्टेटरको नाम सार्वजनिक गरेको छ । जसमा अमेरिकाका एन्ड्रयु लेनर्ड रहेका छन् । उनी नेपाल क्रिकेटका चर्चित कमेन्टेटर हुन् । उनले नेपालका अधिकांश खेलहरुमा कमेन्ट्री गर्दै आएका छन् ।

एन्ड्रयुसहित एचडी अकरम्यान, ड्यारेन गौफ, श्रीधरण श्रीराम, मोनाली पटेल र मिखाइल वासवानीलाई क्यानले कमेन्ट्रीका लागि भित्र्याएको हो । अकरम्यान दक्षिण अफ्रिकाका पूर्वक्रिकेट खेलाडी हुन् । उनले दक्षिण अफ्रिकाबाट सन् १९९८ मा टेस्ट क्रिकेट खेलेका थिए ।

अकरम्यानले क्रिकेट करियरपछि कमेन्टेटरको रूपमा काम गरिरहेका छन् । यस्तै ड्यारेन इङ्ल्यान्डका पूर्वक्रिकेटर हुन् । उनले इङ्ल्यान्डबाट टेस्ट, ओडीआई र टी–२०आई खेल खेलेका छन् । उनले १५९ ओडीआईमा २३५ विकेट लिएका छन् ।

भारतका श्रीधरणले पनि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । उनले सन् २००० देखि २००४ सम्म भारतबाट खेलेका थिए । मोनाली क्यानडाकी पूर्वक्रिकेटर हुन् । उनले सन् २०१९ मा क्यानडाबाट दुई टी–२०आई खेल खेलेकी थिइन् । मिखाइल भारतका पत्रकार तथा कमेन्टेटर हुन् ।

एनपीएल मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म हुँदैछ । उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेलको टिकट बिक्री भइसकेको क्यानले जनाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ ।

उद्घाटन खेलका लागि भीआईपीतर्फ ८ सय टिकट बिक्री भएको छ । साधारणतर्फ भने ९ हजार २ सय टिकट विक्री भएको क्यानका प्रवक्ता छुम्बी लामाले बताए । क्यानले उद्घाटन खेलका लागि साधारणतर्फ ३ सय र भीआईपीतर्फ ७ सय रुपैयाँ टिकट दर तोकेको छ ।

लिग खेलका लागि भने ३ सय र पाँच सय तथा प्लेअफ खेलका लागि ५ सय र ७ सय रुपैयाँ टिकट दर तोकेको छ । फाइनल खेलका लागि भने सर्वसाधारणले ५ सय र भीआईपीले १ हजार तिर्नुपर्नेछ । दर्शकका आकर्षणका लागि क्यानले सिजनल पासमा २० प्रतिशत छुट गरी साधारणतर्फ ४ हजार ४ सय ८० रुपैयाँ राखेको छ ।

भीआईपीतर्फ ८ हजार २ सय ४० रुपैयाँ तोकेको छ । एनपिएलको पहिलो संस्करणका खेलहरूको युट्युवबाट समेत प्रशारण अधिकार एक्सन स्पोर्ट्सले पाएको छ। डिजिटल माध्यमबाट खेलहरूको प्रत्यक्ष प्रशारण गर्न एनपिएलको व्यवसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र डिश मिडिया नेटवर्कबीच सम्झौता भएको छ ।

दर्शकहरूले एनपिएलका खेलहरू एक्सन स्पोर्ट्सको आधिकारिक युट्युव च्यानल मार्फत प्रत्यक्ष रूपमा हेर्न सक्नेछन्। प्रतियोगिताका खेलहरू टेलिभिजनमा भने स्टार स्पोर्ट्स नेटवर्कले प्रसारण गर्नेछ। प्रतियोगिता मंसिर १५ देखि पुष ६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुँदैछ।

Advertisement

जहाँ विराटनगर किंग्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, चितवन राइनोज, काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स,कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ । जसका लागि आठवटै टोलीमा हालसम्म ९१ जना खेलाडी अनुबन्धित भएका छन् । जसमा ५१ स्वदेशी र ४० विदेशी खेलाडी अनुबन्धित भएका छन् ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top