×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

अर्जेन्टिना फिफा वरियताको शीर्ष ५ मा कुन देश ?

१४ मंसिर २०८१

१४ मंसिर, एजेन्सी।

विश्वले नेपालीहरुको क्रिकेटप्रतिको क्रेजलाई सरहाना गरिरहँदा र पछिल्लो समय विश्वकपदेखि एसियाकपमा नेपालले प्रदर्शन जारी राख्दा, साथै एनपिएलले देश नै क्रिकेटमय बन्दा यता फुटबलमा पनि नेपालले खुसी मनाउने मौका भेटेको छ ।

Advertisement
Advertisement

फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लेको छ । विश्व फुटबल महासंघ (फिफा)ले बिहीवार जारी गरेको पुरुष फुटबलको वरियतामा नेपाल १७५ औं स्थानमा छ । नेपालले पछिल्लो पटक खेलेका दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एउटा जित र अर्कोमा हार बेहोरेको थियो ।

कात्तिकको अन्त्यमा ताजिकिस्तानसँग ४–० को हार बेहोरेको नेपालले मंसिरको सुरुमा अफगानिस्तानलाई २–० ले हराएको थियो । जिलेस्पीजंग कार्की र रोहित चन्दको गोलमा नेपाल विजयी भएको थियो ।

नेपालसँग पराजित भएको अफगानिस्तान भने ४ स्थान झरेर १५५ औं स्थानमा पुगेको छ । दक्षिण एसियामा शीर्ष स्थानमा रहेको भारतको दुई स्थान खस्किएको छ र १२७ औं स्थानमा छ । दक्षिण एसियाका माल्दिभ्स १६२ औं, भुटान १८२ औं, बंगालादेश १८५ औं , पाकिस्तान १९८ औं र श्रीलंका २०४ स्थानमा छ ।

Advertisement

फिफा वरियताको शीर्ष ५ यथावत छ । अर्जेन्टिना शीर्ष स्थानमा, फ्रान्स दोस्रो, स्पेन तेस्रो, इंङग्ल्यान्ड चौथो र ब्राजिल पाँचौ स्थानमा छ । यस्तै पोर्चुगल छैटौं स्थानमा रहँदा नेदरल्याण्डस सातौं, बेल्जियम आठौं, इटाली नवौं र जर्मनी दशौं स्थानमा छन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top