NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV मङ्लबार साउन ६ , २०८२
चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास मङ्लबार साउन ६ , २०८२
विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन् मङ्लबार साउन ६ , २०८२
सी र पुटिनपछि ओली ? उनीहरुले जे गरे, ओली पनि त्यही गर्दैछन् ? मङ्लबार साउन ६ , २०८२
Next
Prev

समाचार

प्रधानमन्त्री सोमबार चीन उड्ने, सीसँग मंगलबार भेट,३६ उद्योगीसँगै  

शुक्रबार मंसिर १४ , २०८१
Reading Time: 1 min read
A A
एमाले अध्यक्ष ओलीद्वारा जनगणनाको पूर्ण सफलताको कामना
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
१४ मंसिर, काठमाण्डौ।
प्रधानमन्त्री केपी ओलीको मित्र राष्ट्र चीनको पहिलो औपचारिक भ्रमण १७ मंसिर सोमबारदेखि हुने तालिका  सार्वजनिक भएको छ।  परराष्ट्र मन्त्रालयले शुक्रबार प्रधानमन्त्रीको चारदिने भ्रमणको कार्यतालिका सार्वजनिक गरेको हो।
प्रधानमन्त्री ओली ८७ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै चीन जानेगरी मन्त्रिपरिषदले प्रस्ताव पारित गरिसकेको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमण बिहीबार मात्रै स्वीकृत गरेको थियो। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच मंगलबार भेटवार्ता हुनेछ।
प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबिच दिवाभोजसहित औपचारिक वार्ता हुने कार्यक्रम छ। त्यही दिन नेपाल–चीनबीच विगतमा घोषणा भएका परियोजना कार्यान्वयन सम्झौतामा हस्ताक्षर हुनेछ।
प्रधानमन्त्रीको भ्रमणमा बहुचर्चित बीआरआई परियोजनाका विषयमा कस्तो समझदारी बन्छ भन्ने चासो अधिक रहेको छ। प्रधानमन्त्रीको चीन भ्रमण र भ्रमण दल स्वीकृत गरेको बिहीवारको मन्त्रिपरिषद् बैठकले उनको चीन भ्रमणका एजेन्डाहरू स्वीकृत गरेको छैन ।
बैठकपछि   संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले  एजेन्डाबारे छलफल जारी नै  रहेको भन्दै  विभिन्न संयन्त्रहरू र छलफल गर्ने निकायहरूमा छलफल भइरहेको  बताएका छन् ।
एजेन्डा के बन्छ भन्नेबारे फेरि मन्त्रिपरिषद्को बैठक बसेर नै तय हुने उनले बताएका छन् ।    प्रधानमन्त्रीको भ्रमणको चाजोपाँजो मिलाउन परराष्ट्र मन्त्री आरजु राणा बिहीबार नै चीन प्रस्थान गरिसकेकी छन् ।
उनले चीन प्रस्थान गर्नुअघि  विमानस्थलमा सञ्चारकर्मीहरूलाई बीआरआई कार्यान्वयनसम्बन्धी सम्झौतालाई लिएर सत्ताधारी दलबीच कुनै मतभिन्नता नरहेको  बताएकी थिइन् ।   प्रधानमन्त्री ओलीले चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ।
बुधबार नेपाल–चीन उद्योगी–व्यवसायीहरूको सम्मेलनमा सहभागी हुने, पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने र नेपाली राजदूतावासद्वारा आयोजित कार्यक्रममा सहभागी हुने तय भएको छ। प्रधानमन्त्री ओली सोमबार हिमालय एयरलाइन्सको चार्टर उडानबाट बेइजिङ जाने कार्यक्रम छ।
मन्त्रिपरिषद्ले प्रधानमन्त्री ओलीपत्नी राधिका, परराष्ट्रमन्त्री आरजु राणा देउवा, मुख्य सल्लाहकार विष्णु रिमाल, अर्थ सल्लाहकार युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, कामु परराष्ट्रसचिव अमृतबहादुर राई, अर्थसचिव रामप्रसाद घिमिरे, लगानी बोर्डका सिइओ सुशील ज्ञवाली, प्रमुख दलका सांसद, सुरक्षाकर्मी र सचिवालयका कर्मचारीसहित ३२ जनाको भ्रमण स्वीकृत गरेको छ।
साथै, तीन दर्जन उद्योगी–व्यापारी पनि निजी खर्चमा प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी हुनेछन्।  टोलीमा   नेपाल उद्योग वाणिज्य महासंघका  अध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्व अध्यक्ष चण्डीराज ढकाल, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्ष ज्योत्सना श्रेष्ठ लगायत छन् ।
यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दिपककुमार मल्होत्रा, उपाध्यक्ष उर्मिला श्रेष्ठ पनि प्रधानमन्त्रीसँग चीन जाँदैछन् ।
यसैगरी स्वतन्त्र उर्जा उत्पादक संघका अध्यक्ष गणेश कार्की, नाडा अटोमोबाइल्स एसोसियसनका अध्यक्ष करण चौधरी, निर्यात व्यवसायी महासंघका अध्यक्ष शंकरप्रसाद पाण्डे, सिम्याक्स इङ्क प्रालीका अध्यक्ष अनिल श्रेष्ठ पनि प्रधानमन्त्रीको भ्रमण दलमा समेटिएका छन् ।
यो टोलीले भ्रमणका क्रममा चीनका विभिन्न क्षेत्रका उद्योगी व्यवसायीसँग दुईदेशबीचको सहकार्यबारे छलफल गर्नेछ । दुई देशका संस्थाले संयुक्त रुपमा आयोजना गर्ने नेपाल–चाइना विजनेश फोरममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् । तर प्रधानमन्त्रीको  यति ठूलो भ्रमण टोलीमा अर्थमन्त्री विष्णु पौडेल भने हटाएका छैनन् ।   प्रधानमन्त्री २० गते स्वदेश फर्किनेछन् ।
Advertisement
Tags: #प्रधानमन्त्री सोमबार चीन उड्ने

लोकप्रीय

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२

विचार

थप समाचार

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने
अन्तर्राष्ट्रिय

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण
ताजा समाचार

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

00:15:26

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

00:16:27

World News: India–Pakistan यु*द्धमा ५ जेट खसेको Trumpको दाबी, विहारमा चट्याङले ३३ को मृ*त्यु

00:17:55

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा ठूलो वर्षा, बागलुङमा ५८७२ घर जोखिममा

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२

हालका पोस्टहरू

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.