×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

प्रधानमन्त्री सोमबार चीन उड्ने, सीसँग मंगलबार भेट,३६ उद्योगीसँगै  

१४ मंसिर २०८१
१४ मंसिर, काठमाण्डौ।
प्रधानमन्त्री केपी ओलीको मित्र राष्ट्र चीनको पहिलो औपचारिक भ्रमण १७ मंसिर सोमबारदेखि हुने तालिका  सार्वजनिक भएको छ।  परराष्ट्र मन्त्रालयले शुक्रबार प्रधानमन्त्रीको चारदिने भ्रमणको कार्यतालिका सार्वजनिक गरेको हो।
प्रधानमन्त्री ओली ८७ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै चीन जानेगरी मन्त्रिपरिषदले प्रस्ताव पारित गरिसकेको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमण बिहीबार मात्रै स्वीकृत गरेको थियो। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच मंगलबार भेटवार्ता हुनेछ।
प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबिच दिवाभोजसहित औपचारिक वार्ता हुने कार्यक्रम छ। त्यही दिन नेपाल–चीनबीच विगतमा घोषणा भएका परियोजना कार्यान्वयन सम्झौतामा हस्ताक्षर हुनेछ।
प्रधानमन्त्रीको भ्रमणमा बहुचर्चित बीआरआई परियोजनाका विषयमा कस्तो समझदारी बन्छ भन्ने चासो अधिक रहेको छ। प्रधानमन्त्रीको चीन भ्रमण र भ्रमण दल स्वीकृत गरेको बिहीवारको मन्त्रिपरिषद् बैठकले उनको चीन भ्रमणका एजेन्डाहरू स्वीकृत गरेको छैन ।
बैठकपछि   संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले  एजेन्डाबारे छलफल जारी नै  रहेको भन्दै  विभिन्न संयन्त्रहरू र छलफल गर्ने निकायहरूमा छलफल भइरहेको  बताएका छन् ।
एजेन्डा के बन्छ भन्नेबारे फेरि मन्त्रिपरिषद्को बैठक बसेर नै तय हुने उनले बताएका छन् ।    प्रधानमन्त्रीको भ्रमणको चाजोपाँजो मिलाउन परराष्ट्र मन्त्री आरजु राणा बिहीबार नै चीन प्रस्थान गरिसकेकी छन् ।
उनले चीन प्रस्थान गर्नुअघि  विमानस्थलमा सञ्चारकर्मीहरूलाई बीआरआई कार्यान्वयनसम्बन्धी सम्झौतालाई लिएर सत्ताधारी दलबीच कुनै मतभिन्नता नरहेको  बताएकी थिइन् ।   प्रधानमन्त्री ओलीले चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ।
बुधबार नेपाल–चीन उद्योगी–व्यवसायीहरूको सम्मेलनमा सहभागी हुने, पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने र नेपाली राजदूतावासद्वारा आयोजित कार्यक्रममा सहभागी हुने तय भएको छ। प्रधानमन्त्री ओली सोमबार हिमालय एयरलाइन्सको चार्टर उडानबाट बेइजिङ जाने कार्यक्रम छ।
मन्त्रिपरिषद्ले प्रधानमन्त्री ओलीपत्नी राधिका, परराष्ट्रमन्त्री आरजु राणा देउवा, मुख्य सल्लाहकार विष्णु रिमाल, अर्थ सल्लाहकार युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, कामु परराष्ट्रसचिव अमृतबहादुर राई, अर्थसचिव रामप्रसाद घिमिरे, लगानी बोर्डका सिइओ सुशील ज्ञवाली, प्रमुख दलका सांसद, सुरक्षाकर्मी र सचिवालयका कर्मचारीसहित ३२ जनाको भ्रमण स्वीकृत गरेको छ।
साथै, तीन दर्जन उद्योगी–व्यापारी पनि निजी खर्चमा प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी हुनेछन्।  टोलीमा   नेपाल उद्योग वाणिज्य महासंघका  अध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्व अध्यक्ष चण्डीराज ढकाल, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्ष ज्योत्सना श्रेष्ठ लगायत छन् ।
यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दिपककुमार मल्होत्रा, उपाध्यक्ष उर्मिला श्रेष्ठ पनि प्रधानमन्त्रीसँग चीन जाँदैछन् ।
यसैगरी स्वतन्त्र उर्जा उत्पादक संघका अध्यक्ष गणेश कार्की, नाडा अटोमोबाइल्स एसोसियसनका अध्यक्ष करण चौधरी, निर्यात व्यवसायी महासंघका अध्यक्ष शंकरप्रसाद पाण्डे, सिम्याक्स इङ्क प्रालीका अध्यक्ष अनिल श्रेष्ठ पनि प्रधानमन्त्रीको भ्रमण दलमा समेटिएका छन् ।
यो टोलीले भ्रमणका क्रममा चीनका विभिन्न क्षेत्रका उद्योगी व्यवसायीसँग दुईदेशबीचको सहकार्यबारे छलफल गर्नेछ । दुई देशका संस्थाले संयुक्त रुपमा आयोजना गर्ने नेपाल–चाइना विजनेश फोरममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् । तर प्रधानमन्त्रीको  यति ठूलो भ्रमण टोलीमा अर्थमन्त्री विष्णु पौडेल भने हटाएका छैनन् ।   प्रधानमन्त्री २० गते स्वदेश फर्किनेछन् ।
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top