NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ? शनिबार भदौ २८ , २०८२
बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ? शनिबार भदौ २८ , २०८२
सुशीला प्रधानमन्त्री बन्दा मोदीदेखि कुलमानसम्म गद्गद् शनिबार भदौ २८ , २०८२
धेरै क्षेत्रमा हट्यो कफ्र्यु–निषेधाज्ञा,जनजीवन लयमा, अब सबै सच्चिऔं शनिबार भदौ २८ , २०८२
सरकारी निवास व्यवस्थापन नभएसम्म कार्की निजी निवासमै बस्ने शनिबार भदौ २८ , २०८२
Next
Prev

समाचार

अमेरिकी द्वीपमा ताइवानी राष्ट्रपतिलाई रेड कार्पेट

आइतवार मंसिर १६ , २०८१
Reading Time: 1 min read
A A
अमेरिकी द्वीपमा ताइवानी राष्ट्रपतिलाई रेड कार्पेट
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१६ मंसिर , एजेन्सी ।

पुरानो घाउजस्तै बनेको ताइवानलाई झण्डै ४ सय मिलियन डलर बराबरको हतियार बिक्रि गर्ने अनुमति दिएर अमेरिकाले फेरि चीनमाथि नुनचुक छर्केको छ । अमेरिकाले ताइवानलाई ३८५ मिलियन डलर बराबरको हतियार बिक्री गर्ने भएको छ । यसले चीनको टेन्सन बढाएको छ । उ त्रसित भएको छ ।

चीनसँग असन्तुष्ट भएको सैन्य सम्बन्धलाई गहिरो बनाउने अमेरिका र ताइवानबीच भएको यो सम्झौता सबैभन्दा नयाँ संकेत हो । अमेरिकाले सन् २०२५ मा लडाकु विमान र राडार प्रणालीका स्पेयर पार्ट्सलगायत सैन्य उपकरणहरू वितरण सुरु गर्ने अमेरिकी रक्षा सुरक्षा सहयोग एजेन्सी (डीएससीए)ले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार हालै गरिएको बिक्रीले ताइवान एफ १६ सैन्य विमान परिचालन तयारीलाई कायम राख्नेछ । उसमाथि भविष्यमा हुने खतरा सामना गर्न सक्ने सुनिश्चित गर्नेछ । रिपोर्ट्सका अनुसार यो नयाँ हतियार सम्झौता अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले ताइवानसंग गरेको १८ औं सम्झौता हो ।

खासगरी चीनको बढ्दो दबावका बीच ताइवान सक्रिय रूपले अमेरिकासंग आफ्नो सैन्य सम्बन्धहरुको विस्तार गर्न लागि परेको छ । यसकारण द्वीप आसपास सैन्य गतिविधि बढेका छन् । गत महिना पनि अमेरिकाले ताइवानका लागि २ बिलियन अमेरिकी डलरको हतियार प्याकेजको स्वीकृति दिएको थियो ।

जसमा उन्नत मिसाइल सिस्टम र रडार पनि सामेल थियो । यसरी अमेरिकाको योजनाबद्ध हतियार बिक्रीबाट चीन भने क्रुध भएको छ । चीनले ताइवानलाई आफ्नै भएको दाबी गरेको छ र आफ्नो एकीकरणको लक्ष्य हासिल गर्न बल प्रयोगलाई अस्वीकार गरेको छैन ।

उसले लामो समयदेखि ताइवानलाई अमेरिकी हतियार बिक्रीको विरोध गर्दै आएको छ । यसबीच शनिबारदेखि ताइवानका राष्ट्रपति विलियम लाइ चिङ्ते प्यासिफिकको यात्रामा निस्किएका छन् । उनी प्यासिफिक सहयोगी मार्शल टापुहरू टुभालु र पलाउ गएका छन् ।

गत मेमा पदभार ग्रहण गरेपछि आफ्नो पहिलो विदेश यात्रामा अमेरिकी राज्य हवाई र गुआम क्षेत्रमा पनि उनी पुगेका छन् । हवाई पुग्दा उनलाई होनोलुलुको अन्तर्राष्ट्रिय विमानस्थलको टरम्याकमा रेड कार्पेट विछ्याएर स्वागत गरिएको थियो ।

फूल माला लगाइदिएर उनको भव्य अभिवादन भएको छ । यसबारेमा उनको कार्यालयले भनेको छ, यो पहिलो पटक हो जब अमेरिकी द्वीपमा कुनै पनि ताइवानी राष्ट्रपतिको यति भव्य स्वागत गरिएको । यता ताइवानलाई आफ्नो हिस्सा ठान्ने चीनले राष्ट्रपति लाईको पहिलो विदेश यात्राको कटु आलोचना गरेको छ ।

चीनले ताइवानको स्वतंत्रताका लागि हुन सक्ने कुनै पनि प्रयासलाई दृढतापूर्वक कुल्चने पनि चेतवानी दिएको छ । यता होनोलुलुको अन्तर्राष्ट्रिय विमान स्थलमा उत्रिएपछि लाई ले अमेरिकी द्वीप राज्यको भ्रमण गरे । यसक्रममा उनी प्रशांत द्वीप इतिहास संग्रहालय, आपातकालीन प्रर्बधन केन्द्र र पर्ल हार्बरमा यूएसएस एरिजोना स्मारक पनि पुगे ।

हवाईमा वाशिंगटनमा ताइवानका लागि अमेरिकन इंस्टीट्यूटका प्रबंध निर्देशक इंग्रिड लार्सन, हवाईका गभर्नर जोश ग्रीन तथा अन्य अधिकारीसंग पनि उनले भेटवार्ता गरेका छन् । आफनो भ्रमणका क्रममा लाई ले आज साँझ रात्रिभोजमा साताभरीको यात्राबारे पहिलो सार्वजनिक भाषण गर्ने विश्वास गरिएको छ ।

यो रात्रिभोजमा अमेरिकी सरकारी अधिकारी र विदेशमा रहेका ताइवानीहरु पनि सहभागि हुने बताइएको छ । हवाईपछि लाई ताइवानका सहयोगी मार्शल द्वीप, टुभालु र पलाउको पनि उनले भ्रमण गर्ने तालिका छ । यी ती १२ देशहरु मध्येमा एकमात्र प्रशांत द्वीप राष्ट्र हो जसले ताइवानको छुट्टै राज्यको दाबीलाई मान्यता दिन्छन् ।

यसको अलावा, लाई गुआममा पनि एक रात बस्ने बताइएको छ । ताइवानका राष्ट्रपति लाईले ताइपेइमा उडान भर्नु केही समय पहिला भनेका थिए, यो यात्राबाट मूल्यहरुमा आधारित लोकतंत्रको एक नयाँ युगको शुरुआत भएको छ । यसका साथै उनले यो यात्रालाई सुचारू बनाउन सहयोग गर्नका लागि अमेरिकी सरकारलाई धन्यवाद दिएका थिए ।

उनले भनेका थिए, उनी लोकतंत्र, शांति र समृद्धिका मूल्यहरुको आधारमा आफ्ना सहयोगीहरुका साथ सहयोग बढाउन र साझेदारीलाई गहिरो पार्न जारी राख्न चाहान्छन् । यहाँनिर सम्झनु पर्ने के हो भने, बेजिंगले ताइवानलाई कुनै पनि अन्तराष्ट्रिय मान्यता दिने तथा उसको संप्रभु राज्य भएको दाबीको विरोध गर्दछ ।

उसले विशेषरुपमा ताइवान र संयुक्त राज्य अमेरिकाबीच कुनै पनि प्रकारको आधिकारिक सम्पर्कमा आफ्नो असन्तुष्टि व्यक्त गर्दै आएको छ । यता अमेरिका भलै कूटनीतिक रूपले ताइवानलाई मान्यता दिदैन तर उ ताइवानको सबैभन्दा महत्वपूर्ण समर्थक र हतियारहरुको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो ।

यता चीनको विदेश मंत्रालयले भनेको छ कि उसले लाईको यो कदमको कडा निन्दा गर्दछ । उसले अमेरिकामाथि पनि गंभीर विरोध दर्ज गरेको छ । बयानमा यो पनि भनिएको छ कि चीनले घटनाक्रमहरुमा गहनरुपमा नजिकबाट नियालीहरेको छ ।

उसले आफ्नो देशको संप्रभुता र क्षेत्रीय अखंडताको रक्षाका लागि दृढ एवं मजबूत कदम उठाउने छ । चीनले ताइवानलाई आफ्नो हिस्सा माने पनि ताइवानले भने आफूलाई एक अलग संप्रभु राष्ट्र मान्दछ । अहिलेसम्म त चीनले सिधै ताइवानमा आक्रमण गरिहालेको छैन, तर उसले सबै कुरा ग्रे जोनमा गर्दै आएको छ ।

यो चिनियाँ सेनाको एक रणनीति पनि हो । जसमा उ सिधै युद्ध त गर्दैन तर शक्ति प्रदर्शन भने गरिरहन्छ । उसले कयौं पटक टापुलाई सैन्यरुपमा नै घेरा हालिसकेको छ । ग्रे जोनको अर्थ हो, कुनै देशले सिधा हमला त गर्दैन तर यस खालको डर सधै नै कायम राखिरहन्छ ।

सिधै सैन्य कारबाहीको ठाउँमा यस्ता कयौं कुराहरु हुने गरेका छन्, जसले हमलाको डर सधैं कायम रहन्छ । ताइवानका साथ चीनले यही रणनीति नै अहिलेसम्म अपनाइरहेको छ । चीनले सेप्टेम्बर २०२० देखिनै ’ग्रे जोन’ रणनीतिको कयौं पटक प्रयोग गर्दै आएको छ ।

विश्लेषकहरुका अनुसार ग्रे जोन युद्ध रणनीति खासगरी, एक तरिका हो, जसले लामो अवधिमा विस्तारै विस्तारै प्रतिद्वंद्वीलाई कमजोर बनाउँदै लैजान्छ । र चीनले पनि ताइवानका साथ ठिक यस्तै गर्ने प्रयास गरिरहेको छ । चीनको यो रणनीति तपाइँलाई कस्तो लाग्यो ? अनि ताइवानका राष्ट्रपति प्रशान्त क्षेत्रको दौरामा रहेका बेला अमेरिकाले उसलाई थप हतियार विक्रीका लागि दिएको अनुमतिबारे पनि आफ्ना टिप्पणी पनि अवस्य ब्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #अमेरिकी द्वीप#ताइवानी राष्ट्रपतिलाई रेड कार्पेट#नेपाल टाइम्स् ट्रेडिंग

लोकप्रीय

हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२
बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ?

बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ?

शनिबार भदौ २८ , २०८२
सुशीला प्रधानमन्त्री बन्दा मोदीदेखि कुलमानसम्म गद्गद्

सुशीला प्रधानमन्त्री बन्दा मोदीदेखि कुलमानसम्म गद्गद्

शनिबार भदौ २८ , २०८२

विचार

हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२
बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ?

बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ?

शनिबार भदौ २८ , २०८२
सुशीला प्रधानमन्त्री बन्दा मोदीदेखि कुलमानसम्म गद्गद्

सुशीला प्रधानमन्त्री बन्दा मोदीदेखि कुलमानसम्म गद्गद्

शनिबार भदौ २८ , २०८२

थप समाचार

हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?
ताजा समाचार

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२
बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ?
ताजा समाचार

बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ?

शनिबार भदौ २८ , २०८२
सुशीला प्रधानमन्त्री बन्दा मोदीदेखि कुलमानसम्म गद्गद्
ताजा समाचार

सुशीला प्रधानमन्त्री बन्दा मोदीदेखि कुलमानसम्म गद्गद्

शनिबार भदौ २८ , २०८२
धेरै क्षेत्रमा हट्यो कफ्र्यु–निषेधाज्ञा,जनजीवन लयमा, अब सबै सच्चिऔं
ताजा समाचार

धेरै क्षेत्रमा हट्यो कफ्र्यु–निषेधाज्ञा,जनजीवन लयमा, अब सबै सच्चिऔं

शनिबार भदौ २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

World News: Indiaसंग Americaले वार्ता गर्ने, Qatarमा Israelको आ*क्र*मण || Nepal Times

00:16:07

World News: नेपालको प्रदर्शनमा ७ देशको ध्यानाकर्षण, अमेरिकामा विशाल समर्थन || Nepal Times

00:13:12

World News: Russiaविरुद्ध नयाँ प्रतिबन्ध, अदालतले Tariff रद्द गरे Americaले पैसा फिर्ता गर्नुपर्ने

00:16:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२

हालका पोस्टहरू

हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२
बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ?

बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ?

शनिबार भदौ २८ , २०८२
सुशीला प्रधानमन्त्री बन्दा मोदीदेखि कुलमानसम्म गद्गद्

सुशीला प्रधानमन्त्री बन्दा मोदीदेखि कुलमानसम्म गद्गद्

शनिबार भदौ २८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.