काठमाडौं १६ मा ठूला दल पाखा लागे,रास्वपा विजयी, स्वतन्त्रलाई शुन्य

काठमाडौं १६ मा ठूला दल पाखा लागे,रास्वपा विजयी, स्वतन्त्रलाई शुन्य

१७ मंसिर, काठमाण्डौ।

स्थानीय तहको उपनिर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । अहिलेसम्मको मतपरिणाम अनुशार नेपाली कांग्रेसले सबैभन्दा बढी स्थानमा जित हासिल गरेको छ भने एमाले र माओवादी दोस्रो र तेस्रो स्थानमा देखिएका छन् ।

कांग्रेसले १५ वडाध्यक्षमा जित हासिल गरेपनि मेयर र अध्यक्षमा भने जित्न सकेको छैन् । कीर्तिपुरको मेयरमा भने कांग्रेसका उम्मेदवार अगाडि रहेका छन् । पालिका प्रमुख र उपप्रमुखमा एमाले र माओवादीले समान १, १ स्थानमा जित हासिल गरेका छन् ।

एमाले र माओवादीले समान ५, ५ वडाध्यक्षमा जित हासिल गरेका छन् । यस्तै जसपाले २ वडाध्यक्षमा जित हासिल गरेको छ । उपनिर्वाचानमा मतपरिणाम आउने क्रम जारी रहदा शीर्ष दलहरुकै दबदबा देखिदा संघीय राजधानी काठमाडौंका मतदाताले भने शीर्ष दलका उम्मेदवारलाई पाखा लगाउँदै चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवारलाई विजयी बनाएका छन् ।

काठमाडौं महानगरपालिका–१६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रोजिना श्रेष्ठ विजयी भएकी छन् । आइतबार भएको उपनिर्वाचनमा २ हजार ९०२ मत प्राप्त गर्दै श्रेष्ठ वडाध्यक्षमा निर्वाचित भएकी हुन् ।

यहाँ नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्र पाठकले २ हजार २०४ मत प्राप्त गर्दा नेकपा (एमाले)का उम्मेदवार लक्ष्मी रत्न तुलाधरले २ हजार २२० मत प्राप्त गरे । यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का श्याम कृष्ण श्रेष्ठले ७७४ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)का मीन बहादुर मानन्धरले १ हजार ८२ मत पाए ।

यहाँ स्वतन्त्र उमेदवार उठेका विक्रम चित्रकारले एक मत पनि पाएनन् । आयोगका अनुसार पाँचजना स्वतन्त्र उमेदवारले १० मत पनि कटाउन सकेनन् । स्वतन्त्र उमेदवार श्यामप्रसाद तिवारी ८, हीराप्रसाद सेति ७, अञ्जन श्रेष्ठ ६, सूर्यबहादुर बैदार ४ र प्रकाश पन्तले एक मत पाएका छन् ।

पन्तले भने उमेदवारी निष्क्रिय गरी राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठलाई समर्थन गरेका थिए । उपनिर्वाचनमा स्वतन्त्र उमेदवार पशुपति कठायतले ९२, राप्रपा, नेपालका राजकुमार थापाले ६१, नेमकिपाका न्यूह मर्जनले २५, जसपाका सानुमैया राउत क्षेत्रीले २४ मत पाएका छन् ।

यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं महानगरपालिका १६ मा विजयी ¥याली निकालेको छ । आइतबारको उपनिर्वाचनमा काठमाडौं महानगरपालिका १६ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा अध्यक्ष उम्मेदवार रोजिना श्रेष्ठ विजयी भएपछि विजयी ¥याली निकालेका हुन् ।

स्थानीय तहमा यो रास्वपाको पहिलो जित हो । यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी भएको थिएन । यो वडामा यसअघि कांग्रेस विजयी भएको थियो । कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.