बलियो लिभरपुल, सिटी हारेको हार्यै

१६ मंसिर ८१, सोमबार

१७ मंसिर , एजेन्सी ।

लिभरपुलले आइतबार राति इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई २–० ले पराजित गर्दै शीर्ष स्थानमा आफ्नो अग्रता नौ अंकले बढाएको छ । यो जितमा मोहम्मद सलाहले एक गोल गर्दै अर्को गोलको लागि पास दिए ।

यता घरेलु समर्थकहरूले सिटीका प्रशिक्षक पेप ग्वार्डिओलामाथि कटाक्ष गर्दै बर्खास्तीको माग गरेका थिए । यस हारसँगै सिटीले सन् २००८ पछि पहिलो पटक लगातार चार प्रिमियर लिग खेलमा पराजय भोगेको छ ।

लिभरपुलले १३ खेलपछि आर्सनललाई ९ अंकले पछि पार्दै शीर्ष स्थान सुरक्षित गरेको छ । लिभरपुलको ३४ र समान खेल खेलेको आर्सनल र चेल्सीको २५ अंक छ । लिभरपुलका नयाँ प्रशिक्षक आर्ने स्लटको नेतृत्वमा यो २० खेलमा १८औं जित हो ।

उनले भने, ‘आर्सनल र चेल्सीजस्ता टोलीले पनि जितको लय बनाउन सक्छन् । त्यसैले एक–दुई जितपछि उत्साहित हुनु आवश्यक छैन।’ त्यस्तै, म्यानचेस्टर युनाइटेडका नयाँ प्रशिक्षक रुबेन अमोरिमले प्रिमियर लिगको पहिलो खेलमै शानदार जित निकाल्दै एभर्टनलाई ४–० ले हराए ।

मार्कस रासफोर्ड र जोशुआ जिर्कजीले दुई–दुई गोल गरेका थिए । यो जितसँगै युनाइटेड अंक तालिकामा तीन स्थान उक्लिएको छ । युनाइटेड चौथो स्थानको ब्राइटनभन्दा मात्र चार अंकले पछि परेको छ ।

खेलको ३४औं मिनेटमा रासफोर्डले युनाइटेडका लागि पहिलो गोल गरेका थिए । ४१औं मिनेटमा अमाद डायलोले गोल गर्दै अग्रता दोब्बर बनाए ।जोशुआ जिर्कजीले दोस्रो हाफमा अर्को गोल थप्दै नतिजा युनाइटेडको पक्षमा सुनिश्चित गरे ।

अमोरिमले जितपछि भने, ‘यो जितले हामीलाई आत्मविश्वास दिएको छ । समर्थकले पनि हाम्रो प्रदर्शनमा गर्व गर्न सक्छन्, तर अझै धेरै गर्न बाँकी छ।’ यसैगरी, चेल्सीले एन्जो मारेस्काको नेतृत्वमा एस्टन भिल्लालाई ३–० ले हराउँदै अपराजित यात्रालाई निरन्तरता दिएको छ ।

निकोलस ज्याक्सन, एन्जो फर्नान्डेज र कोल पामरले चेल्सीका लागि गोल गरेका थिए । चेल्सी अहिले लिगका पाँच खेलमा अपराजित छ । अर्को खेलमा टोटेनह्यामले फुलह्यामसँग १–१ को बराबरी खेलेको थियो ।

ब्रेनन जोन्सनले टोटेनह्यामका लागि अग्रता दिलाए पनि टम केर्नीले फुलह्यामका लागि बराबरी गोल गरे । टोटेनह्याम २० अंकसहित सातौं स्थानमा छ ।यो सिजन लिभरपुल शीर्ष स्थानमा बलियो देखिएको छ भने सिटीको खराब प्रदर्शनले लिग दौड थप रोचक बनेको छ ।

उता केलियन एमबाप्पेले रियल मड्रिडका समर्थकसामू आफ्नो प्रदर्शन सुधारको संकेत दिएका छन् । स्पेनिस ला लिगाअन्तर्गत रियलले आइतबार राति गेटाफेमाथि २–० को सहज जित निकाल्दा एमबाप्पेले गोल गरे ।

यो सिजन रियलमा आबद्ध भएयता उनी आलोचनाको सामना गरिरहेका थिए । उनले ३८औं मिनेटमा गोल गर्दै सान्टियागो बेर्नाबेउ रंगशालामा रियलको जित सुनिश्चित गरे । यसअघि बुधबार च्याम्पियन्स लिगमा लिभरपुलविरुद्ध एमबाप्पेले पेनाल्टी गुमाएका थिए ।

पछिल्ला केही खेलमा खराब प्रदर्शन देखाइरहेका जुड बेलिङ्घमले ३०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि उनले एमबाप्पेको गोलमा पनि सहयोग गरे ।एमबाप्पेले पछिल्ला ६ खेलमा मात्र एक गोल गरेका थिए ।

तर, यस खेलमा उनको प्रदर्शन प्रभावशाली देखियो । रियलका प्रशिक्षक कार्लो एन्सेलोट्टीले भने, ‘उनले निकै राम्रो खेले । सक्रिय थिए र सधैंजस्तै खतरनाक देखिए । उनले गोल गरे र अवसर सिर्जना गरे। हामी उनलाई यस्तै देख्न चाहन्छौं।’ तर, एमबाप्पे आफ्नो उत्कृष्ट लयमा अझै फर्किएका छैनन् ।

पेनाल्टी किक बेलिङ्घमले लिएका थिए । प्रशिक्षक एन्सेलोट्टीले पेनाल्टीको प्राथमिकता एमबाप्पे र भिनिसियस जुनियरलाई दिइएको बताए । भिनिसियस अनुपस्थित हुँदा बेलिङ्घमले जिम्मेवारी लिएका थिए । यो जितसँगै रियल शीर्ष स्थानको बार्सिलोनाभन्दा अंक तालिकामा एक अंकले पछि परेको छ ।

बार्सिलोनाले शनिबार लास पाल्माससँग २–१ को हार बेहोरेको थियो। बार्सिलोनाको १५ खेलबाट ३४ अंक छ । एक खेल कम खेलेको रियलको ३३ अंक छ । रियलका डिफेन्डर एन्टोनियो रुडिगरले भने, ‘ला लिगामा पछिल्लो जितले हाम्रो आत्मविश्वास बढाएको छ।

तर, रियलले सधैं उच्च प्रदर्शन गर्नुपर्ने हुन्छ। हामीलेअझै सुधार गर्नैपर्छ।’ त्यस्तै, एथ्लेटिको मड्रिडले भालाडोलिडलाई ५–० को फराकिलो अन्तरले हरायो । एथ्लेटिकोले च्याम्पियन्स लिगका पाँचमध्ये तीन खेलमा हार व्यहोरेको छ भने ला लिगामा लगातार तीन जित हात पारेको छ ।

अन्य खेलमा भिल्लारियलले जिरोनासँग २–२ गोलको बराबरी खेलेको छ । एथ्लेटिक बिल्बाओले रायो भालेकानोमाथि २–१ को जित निकाल्दा रियल सोसिडाडले रियल बेटिसलाई २–० ले पराजित ग¥यो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top