×

NEPAL TIMES UPDATES

Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026

एमाले–कांग्रेसको गठबन्धनलाई तोड्दै माओवादीले गाड्यो झण्डा

१७ मंसिर २०८१

१७ मंसिर , काठमाण्डौ ।

रुकुमपूर्वको पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा विजयी भएकी छन् । यहाँ कांग्रेस–एमाले गठबन्धनको संयुक्त उमेद्वारलाई हराउँदै माओवादीले जितको झण्डा गाडेको हो । गठबन्धनको उम्मेदवार एमालेकी केशकुरमारी तुलाचनलाई पराजित गर्दै बुढा निर्वाचित भएकी हुन् ।

Advertisement
Advertisement

बुढाले ३६२७ मत ल्याउँदा एमालेकी तुलाचनले २१२८ मत पाइन् । एमालेकी तुलाचन कांग्रेसको चुनाव चिह्न रुख लिएर प्रतिस्पर्धामा थिइन् । यसअघि २०७९ मा माओवादीबाट निर्वाचित भूपेन्द्रा बुढाको दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो ।

त्यसबेला पनि यहाँ कांग्रेस–एमाले गठबन्धनलाई पराजित गर्दै भूपेन्द्रा विजयी भएकी थिइन् । बागुलुङमा भएको दुर्घटनामा उपाध्यक्ष भूपेन्द्रासँगै वडानम्बर २ का वडाध्यक्ष जयबहादुर सीर्पालीको पनि निधन भएको थियो ।

वडाध्यक्षको उपनिर्वाचनमा भने माओवादीकै जीतबहादुर घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् । यता हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा पनि माओवादी केन्द्रले अग्रता लिएको छ ।

माओवादीले स्थानीय तह निर्वाचन–२०७९ मा विजय हासिल गरेका अधिकांश वडा गुमाए पनि अन्य पार्टीले जितेका वडा खोसेर आफ्नो सिट संख्या कायम राख्न नेकपा माओवादी केन्द्र सफल भएको छ ।

२०७९ को आम निर्वाचनमा माओवादीले केन्द्रले जितेका ६ (एक निर्विरोधसहित) वटा वडामा यसपटक उपनिर्वाचन भएको थियो । कांग्रेसका ३ र एमालेका २ वटा वडा खोसेर माओवादीले २०७९ मा विजय हासिल गरेका वडासंख्या कायम गरेको हो ।

तर, माओवादी केन्द्रले विजय हासिल गरेका अन्य चारवटा वडा भने यसपटक गुमाएको छ । यसमध्ये हेटौँडा उपमहानगरपालिका–१२ नेपाली कांग्रेसले माओवादी केन्द्रबाट खोसेको छ । त्यहाँ नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी २ हजार ६३ मतसहित विजयी हुँदा माओवादी केन्द्रका रविकुमार प्रधान १ हजार ५ सय ६० मतसहित निकटतम प्रतिद्वन्द्वी मात्र बनेका छन् ।

यो वडामा यसअघि माओवादी केन्द्रका ललितकुमार घलान १ हजार ३ सय ७१ मतसहित विजयी भएका थिए । कांग्रेसका तिवारी १ हजार ३ सय ४० मतसहित दोस्रो स्थानमा थिए । जाजरकोटको कुशे गाउँपालिका–६ पनि नेपाली कांग्रेसले माओवादी केन्द्रबाट खोसेको छ ।

पहिले माओवादी केन्द्रका मनबहादुर घर्ती ३ सय ८० मतसहित विजयी भएको यो वडामा यसपटक कांग्रेस उम्मेदवार खम्बबहादुर सिंह ३ सय ४७ मतसहित विजयी भएका छन् । माओवादी उम्मेदवार गोरखबहादुर नेपाली ३ सय ३२ मतसहित निकटतम प्रतिद्वन्द्वी बनेका छन् ।

दार्चुलाको दुहुँ गाउँपालिका–५ पनि माओवादी केन्द्रबाट नेपाली कांग्रेसको पोल्टामा गएको छ । २०७९ मा माओवादी केन्द्रका मनोरथ भट्ट ५ सय ८२ मतसहित विजयी भएको यो वडामा यसपटक कांग्रेस उम्मेदवार धनसिंह कुँवर ३ सय ७६ मतसहित विजयी हुँदा एमालेका मानसिंह बडाल ३ सय ५८ मतसहित निकटतम प्रतिद्वन्द्वी बनेका छन् ।

माओवादीले गुमाएको अर्काे वडा कालिकोटको तिलागुफा नगरपालिका–४ हो, नेमकिपाले जित हासिल गर्न सफल भएको छ । कांग्रेसको हातबाट ३ र नेमकिपाको हातबाट १ वडा गुमाएको माओवादी केन्द्रले एक वडा एमालेको हातबाट पनि गुमाउनुपरेको छ ।

महोत्तरीको रामगोपालपुर नगरपालिका–२ एमालेले माओवादी केन्द्रबाट खोस्न सफल भएको हो । यहाँ एमाले उम्मेदवार सकिबुल खाँ ६ सय ३१ मतसहित विजयी हुँदा माओवादी उम्मेदवार आइतीकुमारी यादव ५ सय ३४ मतसहित निकटतम प्रतिद्वन्द्वी बनेकी छन् ।

उपनिर्वाचनमा तीन वडा कांग्रेस र एक वडा एमालेलाई बुझाएको माओवादी केन्द्रले कांग्रेसका ३ र एमालेका २ वडा खोस्न सफल भएको छ । कांग्रेसले जितेका दुई पालिकाका प्रमुख र उपप्रमुख पनि उसले यसपटक एक्लै निर्वाचन लडेर आफ्नो पोल्टामा पारेको छ ।

यसमध्ये यसअघि नेपाली कांग्रेसले विजय हासिल गरेको उदयपुरको त्रियुगा नगरपालिका–१२ मा माओवादी केन्द्रका नवीनकुमार वान्तवा राई विजयी भएका छन् । यसैगरी नुवाकोटको ककनी गाउँपालिका–२ पनि माओवादी कांग्रेसबाट खोस्न सफल भएको छ ।

२०७९ मा सो वडामा पराजित माओवादी केन्द्रका कृष्ण घिमिरे १ हजार ८५ मतसहित विजयी भएका छन् । माओवादी केन्द्रले नेपाली कांग्रेसबाट खोसेको अर्काे वडा धनुषाको धनुषाधाम नगपालिका–१ हो।

नेपाली कांग्रेसको गढ मानिएको सो वडामा यसपटक माओवादी उम्मेदवार सुनील कापर केवट ६ सय ८४ मतसहित विजयी भएका छन्। निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अशोककुमार मण्डलले ६ सय २ मत प्राप्त गरेका छन् ।

रामगोपालपुर नगरपालिका–२ (महोत्तरी) मा एमालेबाट प्राप्त हारको क्षतिपूर्ति माओवादी केन्द्रले गोरखा नगरपालिका–५ (गोरखा) बाट गरेको छ । त्यहाँ माओवादी उम्मेदवार विष्णुबहादुर मगर ४ सय ८६ मतसहित विजयी भएका छन्।

निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भाइकाजी आलेले यहाँ ४ सय २ मत प्राप्त गर्दा एमाले उम्मेदवार दुर्गामाया थापा राना यहाँ ३ सय ४५ मतमा खुम्चिएकी छन् । यस्तै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ पनि माओवादी केन्द्रले एमालेबाट खोस्न सफल भएको छ ।

त्यहाँ माओवादी केन्द्रका नरबहादुर झाँक्री १ सय ६१ मत सहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका नरबहादुर रोकाले १ सय १६ मतमात्र प्राप्त गरेका छन् । यता मोरङको ग्रामथान गाउँपालिकाको प्रमुख र जाजरकोटको नलगाढ नगरपालिकाको उपप्रमुख पद माओवादीले कांग्रेसबाट आश्चर्यजनक रूपमा खोस्न सफल भएको छ ।

यसमध्ये ग्रामथान गाउँपालिकामा माओवादीको उम्मेदवार नमोनारायण माझी ६ हजार ९ सय ६९ मतसहित विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम सरदारले यहाँ ५ हजार ३ सय ३३ मतमात्र प्राप्त गरेका छन् भने तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार तुलसीराम विश्वासलाई ४ हजार १ सय ५९ मतमात्र प्राप्त भएको छ ।

साढे दुई वर्षपछि भएको उपनिर्वाचन परिणाम उलटपुलट पार्दै माओवादी केन्द्रले त्यहाँ आश्चर्यजनक हासिल गरेको हो ।

Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top