NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सुशीला सरकारलाई अदालतको लगाम, राजदूत फिर्ताको निर्णय उल्टियो आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो आइतवार कार्तिक १६ , २०८२
बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं ! आइतवार कार्तिक १६ , २०८२
कुलमानले खोले बञ्चरेडाँडाको फोहोर फाल्ने अवरोध, १५ दिनको समय आइतवार कार्तिक १६ , २०८२
मध्यरातमा बालेनको अश्लील स्टाटस, केहीबेरमा डिलिट आइतवार कार्तिक १६ , २०८२
Next
Prev

समाचार

रविलाई रातारात गाडीमा पोखरा पुर्याइयो

बिहिबार मंसिर २० , २०८१
Reading Time: 1 min read
A A
स्वर्णिम, मनिषसहितका नेताविरुद्ध सर्वाेच्चमा रिट, तोकियो पेसी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२० मंसिर, काठमाण्डौ।

सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रातारात गाडीमा पोखरा पुर्याइएको छ। चितवनमा बयान सकेर उनलाई बुधबार राती नै पोखरा पुर्याइएको हो ।

काठमाडौंमा बयान सकिएलगत्तै साहारा चितवन सहकारीको रकम हिनामिनामा पनि संलग्न देखिएको भन्दै पक्राउ पुर्जी जारी भएका रविलाई सिधै बयानका लागि मंगलबार बिहान चितवन पु¥याइएको थियो ।

LS Auto

चितवनमा २ दिनसम्म बयान सकेर राति नै स्थलमार्ग हुँदै रविलाई बिहान साढे ३ बजे कास्की प्रहरी कार्यालयमा ल्याइपु¥याएको प्रहरीले जनाएको छ । चितवनमा रविको बयान चलिरहेका बेला रास्वपाका आन्दोलनका क्रममा प्रहरी र नेता कार्यकर्ताबीच झडपसमेत भएपछि बिहीबार बिहान जहाजमा पोखरा ल्याउनुभन्दा रातारात नै गाडीमार्फत पोखरा ल्याउनु उचित देखिइएको प्रहरीको भनाइ छ ।

जिल्ला सरकारी वकिल कार्यालय, चितवनका न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलको रोहवरमा जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत ज्ञानकुमार महतोले रविसँग मंगलबार र बुधबार गरी २३ घण्टा बयान लिएका थिए ।

मंगलबार १० घण्टा र बुधबार १३ घण्टा बयान भएको थियो । गोर्खा मिडिया नेटवर्कमा १५ प्रतिशत सेयर लिएर प्रबन्ध निर्देशकसमेत भएका रविले चितवन सरकारी वकिल कार्यालयमा बयान दिँदा दुई दिनमा ७४ वटा प्रश्नको सामना गर्नुपरेको छ ।

उनले आफूले ठगी गर्ने नियतले कुनै काम नगरेको जवाफ दिएका छन् । ‘पैसा कहाँबाट आयो थाहा छैन । प्रबन्ध निर्देशका हैसियतले मैले चेक काटेको हुँ,’ रविको बयान थियो । उनले यसअघि संसदीय समितिमा दिएको बयानकैसँग मिल्ने व्यहोरा चितवनमा पनि टिपाएका छन् ।

काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा रविलाई पनि आरोपित गरेर जाहेरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो । त्यसैले बयानका लागि रविलाई गत बिहीबार पोखराबाट काठमाडौं लागिएको थियो ।

गत कात्तिक २ गते रविलाई काठमाडौं पार्टी कार्यालयबाटै पक्राउ गरी पोखरा लगिएको थियो । रविलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि पाँचौ पटक म्याद थपिएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्धामा रविमाथि अनुसन्धान भइरहेको छ ।

उनको र परिवारको नाममा रहेको सम्पत्ति रोक्का गरेर अनुसन्धान गरिरहेको प्रहरीलाई सम्पत्ति शुद्धीकरणको मुद्धामा गत मंसिर ९ गते थप अनुसन्धानका लागि १५ दिन म्याद थप भएको छ । अब भने रविको अनुसन्धान सकेर जिल्ला अदालतमा मुद्धा दायर गर्ने तयारी प्रहरीको छ ।

रविविरुद्ध पोखरा, बुटवलसँगै काठमाडौं, चितवन र पर्सामा पक्राउ पुर्जी जारी भएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविलाई त्यहीअनुसार बुटवल, काठमाडौं र चितवनमा बयान सकेर ल्याइएको छ भने अब पर्सासमेत लैजाने तयारी देखिएको छ ।

पर्सामा रविसहित१४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । संसदीय समितिको प्रतिवेदनमा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्न संलग्नता देखाउँदै कारबाहीका लागि सिफारिस गरेको छ ।

जीबी राई नेतृत्वको देशभरका सहकारीबाट ६५ करोड प्रत्यक्ष रुपमा गोर्खा मिडिया नेटवर्कमा गएको छानविन समितिको प्रतिवेदनले देखाएको छ । समितिले गोर्खा मिडियामार्फत रकम अपचलन भएको भन्दै जीवी, रवि, छविलाल र कुमार रम्तेललाई कारबाही गर्न सिफारिस गरेको थियो ।

त्यसमध्ये जीवी फरारै छन् भने रवि र छविमाथि अनुसन्धान भइरहेको छ । झण्डै डेढ अर्ब अपचलन भएको सूर्यदर्शन सहकारीका कोषाध्यक्षसमेत रहेका कुमार रम्तेल भने पुर्पक्षका लागि कास्की कारागारमै थुनामा छन् ।

Tags: #रविलाई रातारात पोखरा पुर्याइयो#सहकारी ठगी प्रकरण

लोकप्रीय

प्रधानमन्त्रीले बोलाएको वार्तामा एमाले कसरी प्रस्तुत हुँदैछ ?

सुशीला सरकारलाई अदालतको लगाम, राजदूत फिर्ताको निर्णय उल्टियो

आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

आइतवार कार्तिक १६ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२

विचार

थप समाचार

प्रधानमन्त्रीले बोलाएको वार्तामा एमाले कसरी प्रस्तुत हुँदैछ ?
ताजा समाचार

सुशीला सरकारलाई अदालतको लगाम, राजदूत फिर्ताको निर्णय उल्टियो

आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो
अन्तर्राष्ट्रिय

सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

आइतवार कार्तिक १६ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर
ताजा समाचार

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा
ताजा समाचार

कुलमानले खोले बञ्चरेडाँडाको फोहोर फाल्ने अवरोध, १५ दिनको समय

आइतवार कार्तिक १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

00:19:43

World News: रुसको पनडुब्बी ड्रोन, बधशाला बन्यो अस्पताल, युकेको घातक अपरेसन स्टर्लिङ || Nepal Times

00:18:20

World News: गिरोहलाई पैसा नदिदा ह*त्या, किमको मिसाइल, गाजामा फेरि भीषण ह*म*ला || Nepal Times

00:15:40

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

आइतवार कार्तिक १६ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

कुलमानले खोले बञ्चरेडाँडाको फोहोर फाल्ने अवरोध, १५ दिनको समय

आइतवार कार्तिक १६ , २०८२

हालका पोस्टहरू

प्रधानमन्त्रीले बोलाएको वार्तामा एमाले कसरी प्रस्तुत हुँदैछ ?

सुशीला सरकारलाई अदालतको लगाम, राजदूत फिर्ताको निर्णय उल्टियो

आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

आइतवार कार्तिक १६ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.