×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

मुना पाण्डेको हत्या प्रकरणमा आयो फैसला

२१ मंसिर २०८१

२१ मंसिर , एजेन्सी ।

अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या अभियोगमा पक्राउ परेका बबी साहसँग दश लाख अमेरिकी डलर धरौटी माग गरिएको छ । ह्युस्टनस्थित एक अदालतमा भएको सुनुवाइमा न्यायाधीशले अभियुक्त बबीसँग सो धरौटी रकम माग गरेका हुन् ।

Advertisement
Advertisement

बबीका वकिल विल्भिन कार्टरले उक्त धरौटीलाई ५ लाख डलरमा घटाउन आग्रह गरेका थिए तर, न्यायाधीशले उक्त अनुरोध अस्वीकार गरेका छन् । ‘यो धेरै उच्च छ, साह गरिब हुनुहुन्छ, उहाँसँग एक मिलियन डलरको बन्ड बनाउन कोष छैन,’ कार्टरले भनेका थिए ।

गत अगष्ट २४ मा आफ्नै अपार्टमेण्टमा गोली हानी मारिएकी पाण्डेको हत्या अभियोगमा हाल ह्यारिस काउण्टी जेलमा रहेका साहलाई घटनाको केही दिनपछि स्थानीय प्रहरीले पक्राउ गरेको थियो । साहले १० लाख डलर धरौटी बुझाउन सके जेल बाहिर बसेर मुद्दा लड्न सक्ने क्लिकटुह्युस्टनले जनाएको छ ।

स्नातक अध्ययनका लागि सन् २०२१ मा अमेरिका गएकी २१ वर्षीया पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषय पढ्थिन् ।ह्यारिस काउन्टीको सरकारी वकिल कार्यालयले साहविरूद्ध हत्या र गैरकानुनी हातहतियार विरूद्धको मुद्दा दर्ता गरेको छ ।

मुनाको ह्युस्टन राज्यस्थित हिलक्रप्ट नजिक उनी बस्दै आएको अपार्टमेन्टमा भदौ ११ मा गोली हानी हत्या गरिएको थियो । उक्त दिन अपरान्ह ५ बजेर ३५ मिनेटमा घटनास्थल पुगेका प्रहरीले उनलाई मृत फेला पारेका थिए ।

हत्याको अभियोगमा गत भदौ १३ मा अमेरिकी प्रहरीले बबीसिंहलाई पक्राउ गरेको थियो । साह मुना बस्ने अपार्टमेन्टमा पेस्तोलसहित पुगेका थिए । पेस्तोलसहित पुगेका उनले केहीबेर ढोका ढक्ढकाए ।

ढोका खोलेर बाहिर निस्केकी मुनाले सोधखोज गर्न नपाउँदै उनले कोठा भित्रतर्फ धकेलेको र आफूपनि प्रवेश गरी भित्रबाटै चुकुल लगाएका थिए । प्रहरीले सार्वजनिक गरेको सीसीटीभी फुटेजअनुसार त्यसको एक घन्टापछि अभियुक्त घरबाहिर निस्किएका थिए ।

त्यही रात छिमेकीहरूले केही पड्केको असामान्य आवाज सुनेको पनि प्रहरीलाई बताएका थिए ।उनको शरीरका विभिन्न भागमा गोली प्रहार भएको अवस्थामा मृत भेटिएकी थिइन् । प्रहरीका अनुसार मुनाको टाउको पछाडिको भागमा पनि एउटा गोली प्रहार भएको थियो ।

घटनाको दुई दिनपछि प्रहरीले साहलाई सडकबाट पक्राउ गरेको थियो । सुरुमा उनलाई अदालतले जमानतमा छाड्न अस्वीकार गरेको थियो । उनी यसअघि पनि पटक–पटक जेल परेको थिए ।

उनीविरूद्ध दर्ता भएको अभियोगमा आजीवन कारावासदेखि मृत्युदण्डसम्मको सजाय माग गरिएको नेपयोर्कले जनाएको छ । स्नातक अध्ययनका लागि सन् २०२१ मा अमेरिका गएकी २१ वर्षीया पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषय पढ्थिन् ।

मुनाको मावलीघर भोजपुरको साल्पासिलिछो–३ चौकीडाँडा हो । उनको घर संखुवासभाको खाँदबारी नगरपालिका– २ चेवामा छ ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top