×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

भुटानी नरेश ५ घण्टाका लागि किन नेपाल आए ?

२१ मंसिर २०८१

२१ मंसिर ,काठमाण्डौ।

भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौं आएका छन् । उनलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन् ।

Advertisement
Advertisement

भुटानी नरेश वाङचुकले काठमाडौं उत्रिएसँगै स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गरेका छन् । भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौंमा आएका हुन् । उनी आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गरेका छन् । यसअघि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा भुटानी नरेशलाई स्वागत गरेका थिए ।

करिब आधा घण्टा त्यहाँ रहेका भुटानी नरेशले स्वयम्भूनाथ परिसरबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकन गरेका छन् । भुटानी नरेशले स्वयम्भूनाथ दर्शनपछि बौद्धनाथ दर्शन गरेका छन् । काठमाडौँमा रहेका बौद्धधर्मसम्बन्धी दुई महत्त्वपूर्ण तीर्थस्थलको भ्रमण र पूजाआजाका लागि भुटानी राजा जिग्मे खेसर नामग्याल काठमाडौँ आइपुगेका हुन् ।

बौद्धमार्गी राजा नामग्याल बौद्धनाथ र स्वयम्भूमा पूजाआजाका लागि काठमाडौँ आइपुगेका हुन्। विमानस्थलबाट उनी सिनामंगल–तिनकुने–नयाँबानेश्वर–माइतीघर–थापाथली–त्रिपुरेश्वर–टेकु–कालिमाटी–ताहाचल–छाउनी हुँदै स्वयम्भूनाथ गएका थिए ।

पूजा र प्रार्थनापछि उनले त्यहाँ तस्वीर खिचाएका छन् । त्यसपछि उनी स्वयम्भूबाट किमडोल–भगवान पाउ–शोभा भगवती–सोह्रखुट्टे–लैनचौर–केशरमहल–संग्रहालय गेट–जयनेपाल हल–कृष्ण पाउरोटी–ल्होत्से चोक–ज्ञानेश्वर–रातोपुल–गौशाला–चाबहिल–चुच्चेपाटी हुँदै बौद्धनाथ प्रस्थान गरे ।

उनी आजै स्वदेश फर्किएका छन् । भुटानका राजाको काठमाडौं आगमनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । गत बुधबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको सुरक्षा प्रबन्धका लागि नेपाली सेनाले रिहर्सल गरेको थियो ।

खासमा नेपालको राजधानी काठमाडौँ भुटानी राजाको जन्मस्थल पनि हो। ४५ वर्षीय राजा नामग्याल थापाथलीस्थित प्रसूतिगृहमा जन्मेका थिए। प्रसूति गृहको ‘डेलिभरी केस’सम्बन्धी दर्ता पुस्तिकामा उनको जन्म ९ फागुन २०३६ बिहानै छिरिङ याङ्दोनको कोखबाट भएको देखिन्छ।

उनको जन्मसम्बन्धी विवरण प्रसूतिगृहमा रहेको ५ मंसिर २०३६ देखि ७ चैत २०३६ सम्मको विवरण पुस्तिकामा यो विवरण छ। अस्पतालका तर्फबाट यो ‘डेलिभरी केस’लाई डा. दिव्येश्वरी मल्लले ‘ह्यान्डल’ गरेकी थिइन्।

स्व. मल्ल राजा त्रिभुवनीका ल्याइतेतर्फकी श्रीमतितर्फकी छोरी हुन्। वर्तमान राजा जिग्मे काठमाडौँमा जन्मेका बेला उनका बाबु जिग्मे सिग्मे वाङचुक भुटानको राजगद्दीमा बसिसकेका थिए। औपचारिक रूपमा रानी घोषणा भइनसके पनि राजाकी श्रीमती भएकाले छिरिङ याङ्दोनको ‘डेलिभरी केस’लाई ‘ह्यान्डल’ गर्ने जिम्मा राजा त्रिभुवनकी छोरी डा. दिव्येश्वरीले पाएकी थिइन्।

राजाका तर्फबाट गर्भवती भए पनि वर्तमान राजा नामग्याल जन्मँदा तत्कालीन राजा जिग्मे सिग्मेसँग उनको औपचारिक बिहे भने भइसकेको थिएन। जिग्मे सिग्मेले याङ्दोनका चार दिदीबहिनीसँग बिहे गरेका थिए। तर कसैलाई पनि रानी घोषणा गरेका थिएनन्।

तीमध्ये वर्तमान राजाकी आमा याङ्दोन साइँली थिइन्। भुटानी राजदरबारले रानी याङदोनको काठमाडौँ आगमन र प्रयोजनबारे नारायणहिटी राजदरबारलाई जानकारी गराएको थियो। २०३६ मंसिरताका नै काठमाडौँ आइपुगेका भुटानका अघोषित महारानीहरूले टुँडिखेलमा १४ पुसमा मनाइने राजा वीरेन्द्रको जन्मोत्सवमा सहभागी हुने इच्छासमेत जाहेर गरेका थिए।

उनी औपचारिक रूपमा ट्रोङ्सा पेन्लोप (युवराज) बनेको घोषणा ३१ अक्टोबर २००५ मा गरिएको थियो । जीवित छँदै बाबु जिग्मे सिग्मे वाङचुकले गद्दी छाडेपछि उनी वर्ष २३ मंसिर २०६३ मा भुटानको राजा बनेका थिए ।

गत महिना मात्रै नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह भुटान पुगेका थिए। त्याहा उनलाई रातो कार्पेटसहित राजकीय सम्मानका साथ स्वागत गरिएको थियो । नेपाल आउनु अघि भुटानी राजाले दिल्लीको भ्रमण पूरा गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुक र रानीलाई भारतमा स्वागत गरेका थिए । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत भुटानको प्रगतिका लागि राजा वाङ्चुकले देखाएको दूरदर्शी सोचको प्रशंसा गर्दै क्षेत्रीय विकासका लागि भारत र भुटानबीचको स्थायी साझेदारीलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले लेखेका छन्, ’भुटानका राजा र रानीलाई भारतमा स्वागत गर्न पाउँदा अत्यन्त खुशी छु । राजा जिग्मे खेसर नामग्याल वाङ्चुकको विकासप्रतिको दूरदर्शी सोचको प्रशंसा गर्छु । भारत र भुटानबीचको अद्वितीय र स्थायी साझेदारीलाई अगाडि बढाउन हामी प्रतिबद्ध छौं ।’

Advertisement

भुटानका राजा नामग्याल र रानी जेट्सन पेमाले २ दिनका लागि भारतको राजकीय भ्रमणमा गरेका थिए। भारत र भुटानबीचको सम्बन्ध सन् १९४९ मा भएको मैत्री सन्धिबाट शुरू भएको हो । पछिल्ला वर्षमा दुई देशबीच ऊर्जा, व्यापार, शिक्षा र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा गहिरो सहकार्य हुँदै आएको छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top