NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
समानुपातिकका लागि कुलमानको म्याराथन, अदालतसम्म जाने सोमवार पुस २८ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने सोमवार पुस २८ , २०८२
प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ? सोमवार पुस २८ , २०८२
जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए सोमवार पुस २८ , २०८२
केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ? सोमवार पुस २८ , २०८२
Next
Prev

समाचार

भुटानी नरेश ५ घण्टाका लागि किन नेपाल आए ?

शुक्रबार मंसिर २१ , २०८१
Reading Time: 1 min read
A A
भुटानी नरेश ५ घण्टाका लागि किन नेपाल आए ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२१ मंसिर ,काठमाण्डौ।

भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौं आएका छन् । उनलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन् ।

भुटानी नरेश वाङचुकले काठमाडौं उत्रिएसँगै स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गरेका छन् । भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौंमा आएका हुन् । उनी आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

LS Auto

भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गरेका छन् । यसअघि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा भुटानी नरेशलाई स्वागत गरेका थिए ।

करिब आधा घण्टा त्यहाँ रहेका भुटानी नरेशले स्वयम्भूनाथ परिसरबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकन गरेका छन् । भुटानी नरेशले स्वयम्भूनाथ दर्शनपछि बौद्धनाथ दर्शन गरेका छन् । काठमाडौँमा रहेका बौद्धधर्मसम्बन्धी दुई महत्त्वपूर्ण तीर्थस्थलको भ्रमण र पूजाआजाका लागि भुटानी राजा जिग्मे खेसर नामग्याल काठमाडौँ आइपुगेका हुन् ।

बौद्धमार्गी राजा नामग्याल बौद्धनाथ र स्वयम्भूमा पूजाआजाका लागि काठमाडौँ आइपुगेका हुन्। विमानस्थलबाट उनी सिनामंगल–तिनकुने–नयाँबानेश्वर–माइतीघर–थापाथली–त्रिपुरेश्वर–टेकु–कालिमाटी–ताहाचल–छाउनी हुँदै स्वयम्भूनाथ गएका थिए ।

पूजा र प्रार्थनापछि उनले त्यहाँ तस्वीर खिचाएका छन् । त्यसपछि उनी स्वयम्भूबाट किमडोल–भगवान पाउ–शोभा भगवती–सोह्रखुट्टे–लैनचौर–केशरमहल–संग्रहालय गेट–जयनेपाल हल–कृष्ण पाउरोटी–ल्होत्से चोक–ज्ञानेश्वर–रातोपुल–गौशाला–चाबहिल–चुच्चेपाटी हुँदै बौद्धनाथ प्रस्थान गरे ।

उनी आजै स्वदेश फर्किएका छन् । भुटानका राजाको काठमाडौं आगमनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । गत बुधबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको सुरक्षा प्रबन्धका लागि नेपाली सेनाले रिहर्सल गरेको थियो ।

खासमा नेपालको राजधानी काठमाडौँ भुटानी राजाको जन्मस्थल पनि हो। ४५ वर्षीय राजा नामग्याल थापाथलीस्थित प्रसूतिगृहमा जन्मेका थिए। प्रसूति गृहको ‘डेलिभरी केस’सम्बन्धी दर्ता पुस्तिकामा उनको जन्म ९ फागुन २०३६ बिहानै छिरिङ याङ्दोनको कोखबाट भएको देखिन्छ।

उनको जन्मसम्बन्धी विवरण प्रसूतिगृहमा रहेको ५ मंसिर २०३६ देखि ७ चैत २०३६ सम्मको विवरण पुस्तिकामा यो विवरण छ। अस्पतालका तर्फबाट यो ‘डेलिभरी केस’लाई डा. दिव्येश्वरी मल्लले ‘ह्यान्डल’ गरेकी थिइन्।

स्व. मल्ल राजा त्रिभुवनीका ल्याइतेतर्फकी श्रीमतितर्फकी छोरी हुन्। वर्तमान राजा जिग्मे काठमाडौँमा जन्मेका बेला उनका बाबु जिग्मे सिग्मे वाङचुक भुटानको राजगद्दीमा बसिसकेका थिए। औपचारिक रूपमा रानी घोषणा भइनसके पनि राजाकी श्रीमती भएकाले छिरिङ याङ्दोनको ‘डेलिभरी केस’लाई ‘ह्यान्डल’ गर्ने जिम्मा राजा त्रिभुवनकी छोरी डा. दिव्येश्वरीले पाएकी थिइन्।

राजाका तर्फबाट गर्भवती भए पनि वर्तमान राजा नामग्याल जन्मँदा तत्कालीन राजा जिग्मे सिग्मेसँग उनको औपचारिक बिहे भने भइसकेको थिएन। जिग्मे सिग्मेले याङ्दोनका चार दिदीबहिनीसँग बिहे गरेका थिए। तर कसैलाई पनि रानी घोषणा गरेका थिएनन्।

तीमध्ये वर्तमान राजाकी आमा याङ्दोन साइँली थिइन्। भुटानी राजदरबारले रानी याङदोनको काठमाडौँ आगमन र प्रयोजनबारे नारायणहिटी राजदरबारलाई जानकारी गराएको थियो। २०३६ मंसिरताका नै काठमाडौँ आइपुगेका भुटानका अघोषित महारानीहरूले टुँडिखेलमा १४ पुसमा मनाइने राजा वीरेन्द्रको जन्मोत्सवमा सहभागी हुने इच्छासमेत जाहेर गरेका थिए।

उनी औपचारिक रूपमा ट्रोङ्सा पेन्लोप (युवराज) बनेको घोषणा ३१ अक्टोबर २००५ मा गरिएको थियो । जीवित छँदै बाबु जिग्मे सिग्मे वाङचुकले गद्दी छाडेपछि उनी वर्ष २३ मंसिर २०६३ मा भुटानको राजा बनेका थिए ।

गत महिना मात्रै नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह भुटान पुगेका थिए। त्याहा उनलाई रातो कार्पेटसहित राजकीय सम्मानका साथ स्वागत गरिएको थियो । नेपाल आउनु अघि भुटानी राजाले दिल्लीको भ्रमण पूरा गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुक र रानीलाई भारतमा स्वागत गरेका थिए । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत भुटानको प्रगतिका लागि राजा वाङ्चुकले देखाएको दूरदर्शी सोचको प्रशंसा गर्दै क्षेत्रीय विकासका लागि भारत र भुटानबीचको स्थायी साझेदारीलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले लेखेका छन्, ’भुटानका राजा र रानीलाई भारतमा स्वागत गर्न पाउँदा अत्यन्त खुशी छु । राजा जिग्मे खेसर नामग्याल वाङ्चुकको विकासप्रतिको दूरदर्शी सोचको प्रशंसा गर्छु । भारत र भुटानबीचको अद्वितीय र स्थायी साझेदारीलाई अगाडि बढाउन हामी प्रतिबद्ध छौं ।’

भुटानका राजा नामग्याल र रानी जेट्सन पेमाले २ दिनका लागि भारतको राजकीय भ्रमणमा गरेका थिए। भारत र भुटानबीचको सम्बन्ध सन् १९४९ मा भएको मैत्री सन्धिबाट शुरू भएको हो । पछिल्ला वर्षमा दुई देशबीच ऊर्जा, व्यापार, शिक्षा र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा गहिरो सहकार्य हुँदै आएको छ ।

Tags: #भुटानी राजा काठमाडौंमा#भुटानी

लोकप्रीय

कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

समानुपातिकका लागि कुलमानको म्याराथन, अदालतसम्म जाने

सोमवार पुस २८ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

सोमवार पुस २८ , २०८२

विचार

थप समाचार

कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने
निर्वाचन

जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए
समाचार

जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए

सोमवार पुस २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

00:22:33

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२

हालका पोस्टहरू

कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

समानुपातिकका लागि कुलमानको म्याराथन, अदालतसम्म जाने

सोमवार पुस २८ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

सोमवार पुस २८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.