NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम बिहिबार अशोज २ , २०८२
नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ? बिहिबार अशोज २ , २०८२
अमेरिकामा प्रहरीमाथि गोली प्रहारः ३ को मृत्यु, २ गम्भीर घाइते बिहिबार अशोज २ , २०८२
प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै बिहिबार अशोज २ , २०८२
काठमाडौंका ६ प्रहरी वृत्तमा इन्चार्ज फेरिए, १० कार्यालयको कमाण्डर बिहिबार अशोज २ , २०८२
Next
Prev

समाचार

बसर अल असदलाई जसले सिरियाबाट लेखेटे,टाउको इनाम १० मिलियन

आइतवार मंसिर २३ , २०८१
Reading Time: 1 min read
A A
सिरियाबाट सुरु हुन लागेको हो ’वल्र्ड वार’ ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२३ मंसिर, एजेन्सी ।

सिरियाका विद्रोही देश कब्जा गरेको छ । विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएएस)ले आक्रमण गरेपछि राष्ट्रपति बशर अल असद राजधानी दमास्कस छोड्न बाध्य भएका छन् । विद्रोहीहरूले देशका प्रमुख सहरहरू कब्जा गर्दै राजधानी प्रवेश गरेपछि राष्ट्रपति असदले आइतबार बिहान दमास्कस छोडेको रोयर्टसले जनाएको छ ।

सिरियाका दुई वरिष्ठ अधिकारीको स्रोत उद्धृत गर्दै रोयटर्सले असदले राजधानी छाडेको समाचार लेखेको छ । यद्यपि विमानबाट दमास्कस छाडेका उनी कहाँ गए भन्ने जानकारी छैन । विद्रोही समूह एचटीएएसले दमास्कसतर्फ अघि बढिरहेको भन्दै असदले राजधानी छोडेको खबर आएको हो ।

LS Auto

यसबीच एचटीएएस प्रमुख अबु मोहम्मद अल–जुलानी को हुन् भन्ने जिज्ञासा बढेको छ । अबु मोहम्मद अल–जुलानी उनको उपनाम हो । उनको वास्तविक नाम र उमेर विवादित छ । अमेरिकी प्रसारक पीबीएसले फेब्रुअरी २०२१ मा अल–जुलानीसँग अन्तर्वार्ता लिएका थिए ।

त्यसबेला जुलानीले आफ्नो जन्मजात नाम अहमद अल–शारा रहेको र उनी सिरियाली भएको बताएका थिए । उनको परिवार गोलान क्षेत्रबाट आएको थियो । उनले आफ्नो जन्म साउदी अरेबियाको राजधानी रियादमा भएको बताएका थिए, जहाँ उनका बुवा काम गर्थे ।

तर, उनी सिरियाको राजधानी दमास्कसमा हुर्केका हुन् । यद्यपि, केही रिपोर्टमा उनको जन्म पूर्वी सिरियाको देइर एज–जोरमा भएको बताइएको छ र त्यहाँ पनि अफवाहहरू छन् कि उनले इस्लामिक चरमपन्थी हुनुअघि चिकित्सा अध्ययन गरेका छन् ।

संयुक्त राष्ट्र संघ र युरोपेली संघको रिपोर्टअनुसार उनको जन्म सन् १९७५ र १९७९ को बीचमा भएको थियो । उनको जन्म सन् १९७९ मा भएको इन्टरपोलले जनाएको छ । जबकि अस–सफिरको रिपोर्टमा उनको जन्म मिति १९८१ उल्लेख गरिएको छ ।

सन् २००३ मा अमेरिकी र गठबन्धन सेनाले इराकमा गरेको आक्रमणपछि अल जुलानी त्यहाँ रहेको जिहादी समूह अल–कायदामा सामेल भएको विश्वास गरिन्छ । अमेरिकी नेतृत्वको गठबन्धन सेनाले राष्ट्रपति सद्दाम हुसेन र उनको बाथ पार्टीलाई सत्ताबाट हटायो तर, विभिन्न चरमपन्थी समूहहरूको प्रतिरोधको सामना ग¥यो ।

सन् २०१० मा इराकमा अमेरिकी सेनाले अल जुलानीलाई गिरफ्तार गरी कुवेत नजिकैको जेल शिविर बुकामा बन्दी बनाएको थियो । यहाँ उनले इस्लामिक स्टेट (आईएस) समूह बनाएका जिहादीहरूलाई भेटेको हुनसक्ने अनुमान गरिन्छ ।

यहाँ उनले अबु बकर अल–बग्दादीलाई पनि भेटेका हुनसक्छन्, जो पछि इराकमा आईएसका नेता बनेका थिए । अल–जुलानीले सन् २०११ मा सिरियामा राष्ट्रपति बसर अल–असदविरुद्ध सशस्त्र द्वन्द्व सुरु हुँदा अल–बग्दादीले समूहको शाखा खोल्न उनलाई त्यहाँ पठाउने व्यवस्था गरेको बताएका थिए ।

अल–जुलानी त्यसपछि नुस्रा फ्रन्ट (वा जबात अल–नुसरा) को कमाण्डर बने, जो इस्लामिक राज्यसँग गोप्य सम्बन्ध भएको सशस्त्र समूह हो । यसले युद्धको मैदानमा धेरै सफलता हासिल गर्यो । सन् २०१३ मा अल–जुलानीले आईएससँग नुस्रा फ्रन्टको सम्बन्ध तोडेर यसलाई अल–कायदाको नियन्त्रणमा ल्याए ।

तर, सन् २०१६ मा उनले रेकर्ड गरिएको सन्देशमा अलकायदाबाट अलग भएको घोषणा गरेका थिए । सन् २०१७ मा अल–जुलानीले उनका लडाकु अन्य सिरियाली विद्रोही समूहहरूसँग विलय भएको बताएका थिए । त्यसपछि हयात तहरीर अल–शाम गठन गरेका थिए ।

अल–जुलानीले यो सम्पूर्ण समूहलाई आदेश दिन्छन् । अल–जुलानीको नेतृत्वमा एचटीएस उत्तरपश्चिमी सिरियाको इदलिब र वरपरका क्षेत्रहरूमा सक्रिय विद्रोही समूह बन्यो । युद्धअघि यस सहरको जनसंख्या २७ लाख थियो ।

कतिपय अनुमानअनुसार विस्थापितको आगमनले शहरको जनसंख्या एक समय ४० लाख पुगेको थियो । यो समूहले इदलिब प्रान्तमा ‘साल्भेसन गभर्नमेन्ट’ नियन्त्रण गर्छ । यसले स्वास्थ्य, शिक्षा र आन्तरिक सुरक्षामा स्थानीय प्रशासन जस्तै काम गर्छ ।

सन् २०२१ मा अल–जुलानीले पीबीएसलाई भनेका थिए कि उनले अल–कायदाको विश्वव्यापी जिहादको रणनीतिलाई पछ्याएनन् । उनले आफ्नो मुख्य उद्देश्य सिरियाली राष्ट्रपति बसर अल–असदलाई सत्ताबाट हटाउनु रहेको र ‘अमेरिका र पश्चिमा राष्ट्रको पनि यही उद्देश्य रहेको’ बताए ।

उनले भनेका थिए, ‘यो क्षेत्र युरोप र अमेरिकाको सुरक्षाका लागि खतरा होइन । यो क्षेत्र विदेशी जिहाद गर्ने मञ्च होइन ।’ सन् २०२० मा एचटीएसले इडलिबमा अल–कायदाका आधारहरू बन्द ग¥यो, हतियार जफत ग¥यो र यसका केही नेतालाई जेल हाल्यो ।

यसले इदलिबमा इस्लामिक स्टेटको गतिविधिलाई पनि रोकेको छ । एचटीएसले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रहरूमा इस्लामिक कानुन लागू गरेको छ । तर, यो अन्य जिहादी समूहहरूको तुलनामा कम कडा छ । यसले इसाई र गैर–मुस्लिमहरूसँग सार्वजनिक रूपमा अन्तरक्रिया गर्दछ ।

आफ्नो ‘अधिक’ उदारवादी अडानका लागि जिहादी समूहहरूबाट आलोचनाको लक्ष्य बनेको छ । यद्यपि, मानवअधिकार सङ्गठनहरूले एचटीएसलाई सार्वजनिक विरोध र मानवअधिकार उल्लङ्घनलाई दबाएको आरोप लगाएका छन् ।

अल–जुलानीले यी आरोपहरू अस्वीकार गरेका छन् । एचटीएसलाई पश्चिम र मध्य पूर्वका सरकारहरू र संयुक्त राष्ट्र सुरक्षा परिषद्द्वारा अतिवादी सङ्गठनको रूपमा वर्गीकृत गरिएको छ । किनभने अल–जुलानीको विगत अल कायदासँग जोडिएको छ ।

अमेरिकी सरकारले उनलाई गिरफ्तार गराउने सूचना दिनेलाई १० मिलियन डलर पुरस्कार तोकेको छ । वास्तवमा बशर अल–असद विगत २४ वर्षदेखि सिरियामा शासन गरिरहेका थिए । उनले सिरियामा सत्ता विरासतमा पाएका थिए ।

उनका बुबा अल–असद हाफेजले सिरियामा २९ वर्ष शासन गरेका थिए । रुस र अन्य देशको सहयोगमा उनको सरकार चलिरहेको थियो । तर, यसपटक उनको सरकार अबु जुलानीको आँधीले ध्वस्त भयो । उनी सन् २००० मा राष्ट्रपति बनेका थिए । असदको जन्म ११ सेप्टेम्बर १९६५ मा दमास्कसमा भएको थियो ।

Tags: #असद#बसर अल असद#सिरिया#हयात तहरीर अल–शाम

लोकप्रीय

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?

नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?

बिहिबार अशोज २ , २०८२
अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?

अमेरिकामा प्रहरीमाथि गोली प्रहारः ३ को मृत्यु, २ गम्भीर घाइते

बिहिबार अशोज २ , २०८२

विचार

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?

नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?

बिहिबार अशोज २ , २०८२
अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?

अमेरिकामा प्रहरीमाथि गोली प्रहारः ३ को मृत्यु, २ गम्भीर घाइते

बिहिबार अशोज २ , २०८२

थप समाचार

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?
अन्तर्राष्ट्रिय

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?
खेलकुद

नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?

बिहिबार अशोज २ , २०८२
अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?
अन्तर्राष्ट्रिय

अमेरिकामा प्रहरीमाथि गोली प्रहारः ३ को मृत्यु, २ गम्भीर घाइते

बिहिबार अशोज २ , २०८२
प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै
ताजा समाचार

प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै

बिहिबार अशोज २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२

हालका पोस्टहरू

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?

नेपालसँग खेल्न वेस्ट इन्डिजले किन पठायो बी टिम ?

बिहिबार अशोज २ , २०८२
अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?

अमेरिकामा प्रहरीमाथि गोली प्रहारः ३ को मृत्यु, २ गम्भीर घाइते

बिहिबार अशोज २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.