×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

बसर अल असदलाई जसले सिरियाबाट लेखेटे,टाउको इनाम १० मिलियन

२३ मंसिर २०८१

२३ मंसिर, एजेन्सी ।

सिरियाका विद्रोही देश कब्जा गरेको छ । विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएएस)ले आक्रमण गरेपछि राष्ट्रपति बशर अल असद राजधानी दमास्कस छोड्न बाध्य भएका छन् । विद्रोहीहरूले देशका प्रमुख सहरहरू कब्जा गर्दै राजधानी प्रवेश गरेपछि राष्ट्रपति असदले आइतबार बिहान दमास्कस छोडेको रोयर्टसले जनाएको छ ।

Advertisement
Advertisement

सिरियाका दुई वरिष्ठ अधिकारीको स्रोत उद्धृत गर्दै रोयटर्सले असदले राजधानी छाडेको समाचार लेखेको छ । यद्यपि विमानबाट दमास्कस छाडेका उनी कहाँ गए भन्ने जानकारी छैन । विद्रोही समूह एचटीएएसले दमास्कसतर्फ अघि बढिरहेको भन्दै असदले राजधानी छोडेको खबर आएको हो ।

यसबीच एचटीएएस प्रमुख अबु मोहम्मद अल–जुलानी को हुन् भन्ने जिज्ञासा बढेको छ । अबु मोहम्मद अल–जुलानी उनको उपनाम हो । उनको वास्तविक नाम र उमेर विवादित छ । अमेरिकी प्रसारक पीबीएसले फेब्रुअरी २०२१ मा अल–जुलानीसँग अन्तर्वार्ता लिएका थिए ।

त्यसबेला जुलानीले आफ्नो जन्मजात नाम अहमद अल–शारा रहेको र उनी सिरियाली भएको बताएका थिए । उनको परिवार गोलान क्षेत्रबाट आएको थियो । उनले आफ्नो जन्म साउदी अरेबियाको राजधानी रियादमा भएको बताएका थिए, जहाँ उनका बुवा काम गर्थे ।

तर, उनी सिरियाको राजधानी दमास्कसमा हुर्केका हुन् । यद्यपि, केही रिपोर्टमा उनको जन्म पूर्वी सिरियाको देइर एज–जोरमा भएको बताइएको छ र त्यहाँ पनि अफवाहहरू छन् कि उनले इस्लामिक चरमपन्थी हुनुअघि चिकित्सा अध्ययन गरेका छन् ।

संयुक्त राष्ट्र संघ र युरोपेली संघको रिपोर्टअनुसार उनको जन्म सन् १९७५ र १९७९ को बीचमा भएको थियो । उनको जन्म सन् १९७९ मा भएको इन्टरपोलले जनाएको छ । जबकि अस–सफिरको रिपोर्टमा उनको जन्म मिति १९८१ उल्लेख गरिएको छ ।

सन् २००३ मा अमेरिकी र गठबन्धन सेनाले इराकमा गरेको आक्रमणपछि अल जुलानी त्यहाँ रहेको जिहादी समूह अल–कायदामा सामेल भएको विश्वास गरिन्छ । अमेरिकी नेतृत्वको गठबन्धन सेनाले राष्ट्रपति सद्दाम हुसेन र उनको बाथ पार्टीलाई सत्ताबाट हटायो तर, विभिन्न चरमपन्थी समूहहरूको प्रतिरोधको सामना ग¥यो ।

सन् २०१० मा इराकमा अमेरिकी सेनाले अल जुलानीलाई गिरफ्तार गरी कुवेत नजिकैको जेल शिविर बुकामा बन्दी बनाएको थियो । यहाँ उनले इस्लामिक स्टेट (आईएस) समूह बनाएका जिहादीहरूलाई भेटेको हुनसक्ने अनुमान गरिन्छ ।

यहाँ उनले अबु बकर अल–बग्दादीलाई पनि भेटेका हुनसक्छन्, जो पछि इराकमा आईएसका नेता बनेका थिए । अल–जुलानीले सन् २०११ मा सिरियामा राष्ट्रपति बसर अल–असदविरुद्ध सशस्त्र द्वन्द्व सुरु हुँदा अल–बग्दादीले समूहको शाखा खोल्न उनलाई त्यहाँ पठाउने व्यवस्था गरेको बताएका थिए ।

अल–जुलानी त्यसपछि नुस्रा फ्रन्ट (वा जबात अल–नुसरा) को कमाण्डर बने, जो इस्लामिक राज्यसँग गोप्य सम्बन्ध भएको सशस्त्र समूह हो । यसले युद्धको मैदानमा धेरै सफलता हासिल गर्यो । सन् २०१३ मा अल–जुलानीले आईएससँग नुस्रा फ्रन्टको सम्बन्ध तोडेर यसलाई अल–कायदाको नियन्त्रणमा ल्याए ।

तर, सन् २०१६ मा उनले रेकर्ड गरिएको सन्देशमा अलकायदाबाट अलग भएको घोषणा गरेका थिए । सन् २०१७ मा अल–जुलानीले उनका लडाकु अन्य सिरियाली विद्रोही समूहहरूसँग विलय भएको बताएका थिए । त्यसपछि हयात तहरीर अल–शाम गठन गरेका थिए ।

अल–जुलानीले यो सम्पूर्ण समूहलाई आदेश दिन्छन् । अल–जुलानीको नेतृत्वमा एचटीएस उत्तरपश्चिमी सिरियाको इदलिब र वरपरका क्षेत्रहरूमा सक्रिय विद्रोही समूह बन्यो । युद्धअघि यस सहरको जनसंख्या २७ लाख थियो ।

कतिपय अनुमानअनुसार विस्थापितको आगमनले शहरको जनसंख्या एक समय ४० लाख पुगेको थियो । यो समूहले इदलिब प्रान्तमा ‘साल्भेसन गभर्नमेन्ट’ नियन्त्रण गर्छ । यसले स्वास्थ्य, शिक्षा र आन्तरिक सुरक्षामा स्थानीय प्रशासन जस्तै काम गर्छ ।

सन् २०२१ मा अल–जुलानीले पीबीएसलाई भनेका थिए कि उनले अल–कायदाको विश्वव्यापी जिहादको रणनीतिलाई पछ्याएनन् । उनले आफ्नो मुख्य उद्देश्य सिरियाली राष्ट्रपति बसर अल–असदलाई सत्ताबाट हटाउनु रहेको र ‘अमेरिका र पश्चिमा राष्ट्रको पनि यही उद्देश्य रहेको’ बताए ।

उनले भनेका थिए, ‘यो क्षेत्र युरोप र अमेरिकाको सुरक्षाका लागि खतरा होइन । यो क्षेत्र विदेशी जिहाद गर्ने मञ्च होइन ।’ सन् २०२० मा एचटीएसले इडलिबमा अल–कायदाका आधारहरू बन्द ग¥यो, हतियार जफत ग¥यो र यसका केही नेतालाई जेल हाल्यो ।

यसले इदलिबमा इस्लामिक स्टेटको गतिविधिलाई पनि रोकेको छ । एचटीएसले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रहरूमा इस्लामिक कानुन लागू गरेको छ । तर, यो अन्य जिहादी समूहहरूको तुलनामा कम कडा छ । यसले इसाई र गैर–मुस्लिमहरूसँग सार्वजनिक रूपमा अन्तरक्रिया गर्दछ ।

आफ्नो ‘अधिक’ उदारवादी अडानका लागि जिहादी समूहहरूबाट आलोचनाको लक्ष्य बनेको छ । यद्यपि, मानवअधिकार सङ्गठनहरूले एचटीएसलाई सार्वजनिक विरोध र मानवअधिकार उल्लङ्घनलाई दबाएको आरोप लगाएका छन् ।

अल–जुलानीले यी आरोपहरू अस्वीकार गरेका छन् । एचटीएसलाई पश्चिम र मध्य पूर्वका सरकारहरू र संयुक्त राष्ट्र सुरक्षा परिषद्द्वारा अतिवादी सङ्गठनको रूपमा वर्गीकृत गरिएको छ । किनभने अल–जुलानीको विगत अल कायदासँग जोडिएको छ ।

अमेरिकी सरकारले उनलाई गिरफ्तार गराउने सूचना दिनेलाई १० मिलियन डलर पुरस्कार तोकेको छ । वास्तवमा बशर अल–असद विगत २४ वर्षदेखि सिरियामा शासन गरिरहेका थिए । उनले सिरियामा सत्ता विरासतमा पाएका थिए ।

Advertisement

उनका बुबा अल–असद हाफेजले सिरियामा २९ वर्ष शासन गरेका थिए । रुस र अन्य देशको सहयोगमा उनको सरकार चलिरहेको थियो । तर, यसपटक उनको सरकार अबु जुलानीको आँधीले ध्वस्त भयो । उनी सन् २००० मा राष्ट्रपति बनेका थिए । असदको जन्म ११ सेप्टेम्बर १९६५ मा दमास्कसमा भएको थियो ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top