मेसीले थपे अर्काे महत्वपूर्ण अवार्ड

२३ मंसिर ८१, आइतबार
Share this
686shares

२३ मंसिर, काठमाण्डौ।

Advertisement

अर्जेन्टिनी सुपरस्टार लिओनल मेसीले मेजर लिग सकर (एमएलएस) कै ‘मोस्ट भ्याल्युएबल’ प्लेयरको अवार्ड जितेका छन् । बार्सिलोना र पेरिस–सेन्ट जर्मेनका पूर्वफरवार्ड मेसी जुलाई २०२३ मा इन्टर मियामी पुगेका थिए ।

उनले नियमित सिजनमा कीर्तिमान ७४ अंक दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । मियामीको पहिलो उपाधिको रुपमा स्पोर्ट्स शिल्ड जिते पनि उनको टिम गत नोभेम्बरमा एमएलएस कप प्लेअफको पहिलो चरणमै पराजित भएको थियो ।

Advertisement

इन्टर मियामीमा आबद्ध भएपछि पहिलो पूर्ण सिजनमै उनले यो प्रतिष्ठित अवार्ड हात पारेका हुन्। ३७ वर्षीय मेसीले १९ खेलमा सर्वाधिक ३६ गोलको योगदान गरे । जसमा २० गोल गरे भने १६ गोलमा असिस्ट गरे ।

चोटले पिरोलेको सिजन नियमित लिगमा मियामीको लागि १९ खेल र प्लेअफमा दुई खेल मात्रै खेलेर पनि मेसीले एमएलएसकै सर्वोत्कृष्ट खेलाडीको अवार्ड हात पारेका हुन् । मेसीको नेतृत्वमा इन्टर मियामीले नियमित सिजनमा कीर्तिमानी अंक जोड्दै शीर्ष स्थान हासिल ग¥यो।

Advertisement

यद्यपि, प्लेअफको पहिलो चरणमा टोली पराजित भयो। एमएलएसको व्यक्तिगततर्फ सबैभन्दा प्रतिष्ठित मानिने यो अवार्ड मेसीले जित्नु इन्टर मियामीको इतिहासमा पहिलो पटक हो। मेसीको आगमनले एमएलएसमा उनको प्रभाव र योगदानलाई यस अवार्डले थप पुष्टि गरेको छ।

उनले समग्रमा १ हजार ४८५ मिनेट मात्रै खेलेका छन् । उनी एमएलएसमा एक सिजनमै कम्तीमा २० गोल र १५ असिस्ट गर्ने तेस्रो खेलाडी हुन् । यसअघि सन् २०१९ मा लस एन्जलसका कार्लोस भेलाले ३४ गोल र १५ असिस्ट तथा २०१५ मा टोरोन्टोका सेवास्टिन जियोभिन्कोले २२ गोल र १६ असिस्ट गरेका थिए ।

यो अवार्डमा विजेताको घोषणा खेलाडी, टेक्निकल स्टाफ र पत्रकारको मतबाट छनोटबाट गरिन्छ । यसमा मेसीले ३८.४३ प्रतिशत मत पाए भने कोलम्बस क्र्युका कुचो हर्नान्डेजले ३३.७ प्रतिशत मत पाए ।

कोलम्बियाका यी फरवार्डले १९ गोल र ११ असिस्ट गरेका थिए । पोर्टल्यान्ड टिम्बर्सका मिडफिल्डर इभान्डार, डीसी युनाइटेडका क्रिस्टियन बेन्टेके, इन्टर मायामीमा मेसीका सहकर्मी लुइस सुआरेज पनि प्रतिस्पर्धामा थिए ।

यसअघि यो अवार्ड अमेरिकाका पूर्वफरवार्ड ल्यान्डन डोनभान, आयरल्यान्डका रोबी किन, स्पेनका डाभिड भियाले पनि जितेका थिए । मेसीको लागि यो अर्को एक व्यक्तिगत सफलता हो।

उनले बालोन डि’ओर आठपल्ट, फिफा बेस्ट प्लेयर आठपल्ट, स्पेनिस ला लिगाका सर्वोत्कृष्ट खेलाडीको अवार्ड सातपल्ट, युइएफए प्लेयर अफ द इयर, च्याम्पियन्स लिगका सर्वोत्कृष्ट खेलाडी, विश्वकप, क्लब विश्वकप लगायतमा सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितिसकेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top