धवनले अब एनपिएलका बाँकी खेल नखेल्ने, अर्काे वर्ष खेल्ने

२२ मंसिर ८१, आइतबार

२३ मंसिर, काठमाण्डौ।

Advertisement

कर्णाली याक्समा अनुबन्धित भारतीय चर्चित क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपीएल)का अब बाँकी खेल नखेल्ने भएका छन् । कर्णालीले उनलाई कम्तीमा ४ खेलका लागि टोलीमा अनुबन्ध गरेको थियो । ४ खेल खेलेसँगै उनी अब स्वदेश फर्किने भएका छन् ।

कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेका अनुसार ११ तारिखदेखि अर्को प्रतियोगितामा सहभागी हुनुपर्ने भएकाले शिखर स्वदेश फर्किन लागेका छन् । ‘उहाँको ११ तारिखपछि अर्को टुर्नामेन्ट रहेछ । उहाँ मार्की प्लेयर हुनुहुँदो रहेछ ।

Advertisement

हाम्रो गेम भोलि या पर्सि भएको भए उहाँ खेल्नुहुन्थ्यो, तर १० तारिखमा त उहाँ जानुपर्ने भएकाले आगामी खेल खेल्नुहुन्न’, उनले भनेका छन् । शिखरको ठाउँ अर्को खेलाडी लिने वा नलिने भन्ने विषयमा प्रशिक्षकले निर्णय लिने घिमिरेले बताएका छन् ।

शिखरले एनपिएलमा दर्शको उपस्थितीको उच्च प्रशंसा गरेका छन् ।उनले आफूले एनपिएल खेल्न पाएकोमा खुशी ब्यक्त गर्दै अर्काे वर्षसमेत अवसर पाए खेल्ने बताएका छन् । एनपिएलमा ४ खेल खेलेका शिखरले १३६ रन बनाए ।

Advertisement

उनले विराटनगर किंग्सविरुद्ध ५, चितवन राइनोजविरुद्ध ४५, जनकपुर बोल्ट्सविरुद्ध १४ र काठमाडौं गुर्खाजविरुद्ध अविजित ७२ रन बनाएका थिए । पहिलो खेलमा १४ रनबनाउदै शिखर बोल्ड आउट भएपछि नेपाल र भारतमा समेत उनको आलोचना भएको थियो ।

पहिलो खेलमा कर्णाली जनकपुरसँग ८ विकेटले पराजित भएको थियो । ४ खेल खेलेको कर्णालीले २ खेलमा जित र २ खेलमा हार व्यहोरेको छ । एनपिएलको अंक तालिकामा कर्णाली ४ अंकका साथ चौथो स्थानमा रहेको छ ।

धवन एनपिएलमा अनुबन्ध भएका मध्ये सबैभन्दा महँगा र सर्वाधिक चर्चित खेलाडी मानिएका छन् । उनले प्रत्येक खेलबापत ३० हजार डलर लिएको बताइएको छ । धवनले भारतीय क्रिकेटबाट संन्यास घोषणा गरिसकेका छन्।

भारतले संन्यास घोषणाअघि कुनै पनि खेलाडीलाई अर्को देशमा खेल्न अनुमति दिँदैन। गत वर्ष अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट संन्यास लिएपछि उनलाई अर्को देशमा खेल्ने बाटो खुलेको थियो। धवनले भारतका लागि आफ्नो पहिलो ओडिआई सन् २०१० मा अस्ट्रेलियाविरूद्ध विशाखापट्टनममा खेलेका थिए।

उनले १६७ खेलमा ६७९३ रन बनाएका छन्। धवनले ४४.११ को औसत र ९१.३५ को स्ट्राइक रेटमा रन बनाएका छन्। उनको नाममा १७ शतक र ३९ अर्धशतक छ। आफ्नो टी–२० करियरमा धवनले ६८ खेलमा १७५९ रन बनाएका छन्।

उनको ब्याटबाट ११ अर्धशतक प्रहार भएका छन्। धवनले अन्तिम पटक सन् २०१८ मा टेस्ट खेल्ने मौका पाएका थिए। उनले टेस्टमा ४०.६१ को औसतमा २३१५ रन बनाएका छन्। उनले टेस्टमा सात शतक र पाँच अर्धशतक प्रहार गरे। धवनले सर्वाधिक १९० रन हानेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top