NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
समानुपातिकका लागि कुलमानको म्याराथन, अदालतसम्म जाने सोमवार पुस २८ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने सोमवार पुस २८ , २०८२
प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ? सोमवार पुस २८ , २०८२
जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए सोमवार पुस २८ , २०८२
केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ? सोमवार पुस २८ , २०८२
Next
Prev

समाचार

विष्फोटमा मारिएका मन्त्री, जसको टाउकाको मोल ५० लाख डलर

बिहिबार मंसिर २७ , २०८१
Reading Time: 1 min read
A A
अफगानिस्तानमा ६ महिनामा दादुराका कारण कम्तीमा १६० जनाको मृत्यु

National flag of Afghanistan flying from a pole

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२७ मंसिर , काठमाण्डौ।

अफगानिस्तानका शरणार्थी मामिलामन्त्रीको राजधानी काबुलमा भएको आत्मघाती बम विस्फोटमा मृत्यु भएको छ । बुधबार मन्त्रालयको कार्यालयमा भएको विष्फोटमा मन्त्रीसहित १२ जनाको मृत्यु भएको एएफपीले बताएको छ ।

दुर्भाग्यवश शरणार्थी मामिला मन्त्रालयमा विष्फोट भयो र मन्त्री खलील उर–रहमान हक्कानी आफ्ना केही सहकर्मीहरूसहित शहीद भए,सरकारी अधिकारीले बताएका छन् । उनले खोस्तबाट आएका एउटा समूहको आतिथ्य गरिरहेका बेला आक्रमण भएको थियो।

LS Auto

अहिलेसम्मको अनुसन्धानमा यसलाई आत्मघाती आक्रमण भनिएको छ। तर, आत्मघाती हमलावर कसरी मन्त्रालयभित्र पस्न सफल भयो भन्ने अझै स्पष्ट हुन सकेको छैन।तालिबानको समयमा सबैभन्दा धेरै हिंसात्मक आक्रमणहरूको लागि जिम्मेवार हक्कानी नेटवर्कको स्थापना गर्ने जलालुद्दीन हक्कानीका भाइ थिए ।

उनी वर्तमान आन्तरिक मन्त्री सिराजुद्दीन हक्कानीका काका पनि थिए । प्रान्तीय गभर्नर, कमाण्डर र धार्मिक धर्मगुरुहरू सत्तामा फर्किएपछि धेरै वरिष्ठ तालिबान नेताहरू मारिएका छन्, जसमा अधिकांश आक्रमण आफूले गरेको दाबी इस्लामिक स्टेट समूहले गरेको छ ।

तालिबानले सन् २०२१ मा देशमा कब्जा गरेपछि संयुक्त राज्य अमेरिका र नेटोको नेतृत्वमा विदेशी सेनाहरू विरुद्धको युद्ध समाप्त भएको थियो । आत्मघाती हमलामा मारिएका अफगानिस्तानको तालिबानी सरकारका शरणार्थी मामिलामन्त्री उर–रहमान खलील हक्कानीबारे अहिले विभिन्न तथ्य सार्वजनिक भइरहेका छन् ।

यसैबीच भर्खरै एउटा तथ्य सार्वजनिक भएको छ । जसअनुसार अमेरिकाले तत्कालीन तालिबान विद्रोही नेता हक्कानीको टाउकाको मूल्य तोकको विषय बाहिरिएको छ । कुनैबला अमेरिकाले उनको टाउको लिएर आउनेलाई ५० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको बीबीसीको समाचारमा उल्लेख छ ।

हक्कानी नेटवर्क अमेरिकामा ’विदेशी आतंकवादी संगठन’को सूचीमा रहेको पाइएको छ । अमेरिकी सरकारको रिवार्ड्स फर जस्टिस वेबसाइटले हक्कानीले सन् २०१० देखि अफगानिस्तानको लोगर प्रान्तमा तालिबानको नेतृत्व गरेको उल्लेख गरेको छ ।

अफगानिस्तानको पक्तिया प्रान्तमा जन्मिएका उनी पश्तुनहरूको जादरान जनजातिका थिए। हक्कानीले अफगान युद्धको समयमा अन्तर्राष्ट्रिय कोष जुटाउने जिम्मेवार पाएका थिए। उनी हक्कानी नेटवर्कका प्रमुख नेता थिए, यद्यपि उनी विगत धेरै वर्षदेखि तालिबानसँग काम गर्दै आएका थिए।

यसअघि हक्कानी केही समयका लागि अल कायदासँग पनि जोडिएका थिए। सन् २००२ मा हक्कानीलाई पक्तिया प्रान्तमा अल कायदालाई बलियो बनाउने जिम्मेवारी दिइएको थियो। हक्कानी नेटवर्कका शीर्ष नेता अमेरिकाले आतङ्कवादी खलील रहमान हक्काकीलाई अफगानिस्तानमा सक्रिय हक्कानी नेटवर्कको शीर्ष नेता घोषणा गरेको थियो।

हक्कानी नेटवर्क खलीलका भाइ जलालुद्दिन हक्कानीले स्थापना गरेका थिए। सन् १९९० को दशकमा नेटवर्क तालिबान शासनमा सामेल भयो। संयुक्त राष्ट्र संघले त्यस समयमा हक्कानी नेटवर्कलाई तालिबानका लागि कोष सङ्कलन गर्ने गतिविधिमा संलग्न भएको ठहर गरेको थियो ।

उनले इरान, अरब राज्यहरू र दक्षिण एसियाका विभिन्न देशहरूबाट तालिबानका लागि कोष सङ्कलन गर्दथे । हक्कानीलाई २०११ मा संयुक्त राज्य अमेरिकाले विश्वव्यापी आतङ्कवादी घोषणा गरेको थियो। अल कायदासँगको सम्बन्ध र तालिबानको निरन्तर समर्थनका लागि प्रतिबन्ध लगाइएको थियो।

हक्कानी नेटवर्कको अफगानिस्तानमा ठुलो प्रभाव छ। एउटा समय थियो जब यस समूहलाई अमेरिकी गुप्तचर एजेन्सी सीआईएको समर्थन थियो। त्यस समयमा यो समूह सोभियत सङ्घ विरुद्ध लडिरहेको थियो । पछि जब यो अमेरिकाका लागि समस्या बन्यो।

सीआईएले यसलाई आफ्नो समर्थन फिर्ता लियो र यसलाई आतङ्कवादी समूह घोषणा गरÞ्यो। हक्कानी नेटवर्कलाई अफगानिस्तान, भारत र धेरै पश्चिमी देशहरूमा भएका ठूला आक्रमणहरूका लागि दोषी ठहराइएको छ।

उक्त समूहलाई पाकिस्तानको पनि समर्थन रहेको मानिन्छ। यो समूहका लडाकुहरू कुनै समय आइएसआइद्वारा सञ्चालित थिए। अफगान सरकार गठन गर्दा खलिल रहमान हक्कानीको अफगानिस्तान सरकारका उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादरसँग पनि बहस भएको थियो।

वार्ताको कारण रणनीतिक समन्वयको अभाव रहेको बताइएको छ। अन्तर्राष्ट्रिय स्तरमा प्राप्त सहयोगलाई कसरी बाँड्नुपर्छ भन्ने मुख्य विवाद रहेको बताइएको छ। अमेरिका र नेटोसँग सम्बन्ध कसरी कायम राख्ने?

अर्को विवादको कारण तालिबान स्वतन्त्र रूपमा अगाडि बढ्न चाहन्थे भने हक्कानीहरू पाकिस्तानको निर्देशनमा सरकार गठन गर्न चाहन्थे। अफगानिस्तानको काबुलमा रहेको शरणार्थी मन्त्रालयको विस्फोटमा इस्लामिक स्टेटको हात रहेको आशङ्का गरिएको छ।

Tags: #विष्फोटमा मारिएका मन्त्री#आत्मघाती विस्फोट

लोकप्रीय

कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

समानुपातिकका लागि कुलमानको म्याराथन, अदालतसम्म जाने

सोमवार पुस २८ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

सोमवार पुस २८ , २०८२

विचार

थप समाचार

कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने
निर्वाचन

जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए
समाचार

जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए

सोमवार पुस २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

00:22:33

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२

हालका पोस्टहरू

कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

समानुपातिकका लागि कुलमानको म्याराथन, अदालतसम्म जाने

सोमवार पुस २८ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

सोमवार पुस २८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.