×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

रविले हिरासतमा रहदा अस्पताल किन रोजेनन् ?

२८ मंसिर २०८१

२८ मंसिर , काठमाण्डौ।

सहकारी प्रकरणमा गएको कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधानतथा गृहमन्त्री रवि लामिछाने त्यसयता प्रहरी हिरासतमा छन् । यो अवधिमा उनले ५ जिल्लामा प्रहरी हिरासतमा रात विताएका छन् ।

Advertisement
Advertisement

सबैभन्दा बढी रवि कास्की प्रहरीको हिरासतमा बसेका छन् । सहकारीबाट रकम स्थानान्तरण गर्न उनको प्रत्यक्ष संलग्नता नभए पनि त्यहाँबाट गोरखा मिडिया प्रालिमा रकम पुगिसकेपछि अपचलन गर्न सामेल भएकाले उनीमाथि कारबाही गर्नुपर्ने सिफारिस संसदीय समितिले गरेपछि रवि अनुसन्धानमम तानिएका छन् ।

त्यसैका आधारमा गत कात्तिक २ मा पक्राउ परेका लामिछानेलाई प्रहरीले रकम सारिएका सहकारी रहेका जिल्लामै पु–याएर बयान लिइसकेको छ । पछिल्लो पटक वीरगञ्ज लगिएका उनलाई त्यहाँबाट काठमाडौं हुँदै पुनः पोखरा लगिसकिएको छ ।

लामिछानेसँग प्रहरीले बयान लिइसके पनि अनुसन्धान अझै बाँकी रहेको जिकिर गर्दै बिहीबार ९ दिनको समय माग गर्दै जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो । अदालतले ५ दिनको समय दिएको छ ।

योसँगै लामिछाने आगामी ४ दिन प्रहरी नियन्त्रणमै रहने पक्कापक्की भएको छ । अब यो अवधिमा प्रहरीले उनीमाथिको बयान सकिसकेकाले प्रतिवेदन तया पारी सरकारी वकिललाई राय दिनेछ त्यही अनुरुप रविमाथि पुस ५ भित्र अदालतमा मुद्दा दायर गर्ने प्रहरीको तयारी छ ।

रवि कहिले हिरासतमुकत हुने हुन् अन्योल छ । अद अदालतमा मुद्दा पुगिसकेपछि रवि साधारण तारिखमा, धरौटीमा रिहा हुन् सक्नेछन् भने र्पूपक्षका लागि हिरासतमा जाने संभावना पनि रहन्छ। तर लगातार डेढ महिना भन्दा लामो समयदेखि रवि हिरासतमा रहदा समेत उनले अस्पतालमा बसेर आफ्नो हिरासत अवधि कटाउने प्रयत्न भने गरेनन् ।

भिआइपी अभियुक्तहरूमा हिरासत छल्ने प्रवृत्ति आम बनेको छ । तर लामिछाने भने यसमा अन्यभन्दा फरक देखिएका छन् । लामिछानेलाई चितवनमा बयान सकेर रातारात चितवन लगिएको थियो । आराम गर्न नदिएर रातारात अड्डासार गरिएको भन्दै उनको सरकारको चौतर्फी आलोचनासमेत भइरहेको छ ।

लामिछानेको परिवारले उनको मानव अधिकार हनन भएको उजुरी राष्ट्रिय मानव अधिकार आयोगमा दिएपछि नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरलाई बयानका लागि बोलाइएको थियो । तर उनले आफू नगएर प्रतिनिधिलाई मात्र पठाएका थिए ।

अदालतमा समेत न्यायाधीशले रविको स्वास्थ्य बारे ध्यान दिन प्रहरीलाई निर्देशन दिएका छन् भने हिरासतको बसाइबारे रविसँगपनि चासो राखेका छन् । चिकित्सकको रिपोर्टअनुसार उक्त दिन लामिछानेको ब्लड प्रेसर ह्वात्तै बढेर १८०÷९० पुगेको थियो ।

रवि लामिछानेको सार्वजनिक स्वाथ्य रिपोर्टअनुसार, त्यसयता उनको ब्लड प्रेसर लगातार बढिरहेको छ । उनको स्वास्थ्य अवस्थाका बारेमा विभिन्न खबर आएपछि रास्वपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा चन्दा कार्कीले रविलाई पोखरामा पुगेर भेट गरेकी छन् ।

उनले रविको स्वास्थ्य अवस्था अस्पतालमा गएरै बस्नु पर्ने भएपनि उनले प्रहरी हिरासतमा नै बस्ने बताएपछि आवश्यक औषधि सेवन गर्न आफूले अनुरोध गरेको बताएकी छन् । रविको ब्लड प्रेसर बढेपछि बुधबार अस्पताल लगिएका उनलाई चिकित्सकले त्यही बसेर उपचार गर्न सुझाएका थिए ।

तर त्यसलाई अस्वीकार गरेर लामिछाने हिरासता बस्दै आएका छन् । कुनै व्यक्तिको ब्लड प्रेसर १८०÷९० हुनु चुनौतीपूर्ण मानिन्छ । अझ व्यक्तिको ब्लड प्रेसर पहिलो पटक यसरी बढेको छ भने आकस्मिक कक्षमा राखेर बिरामीको उपचार गर्नुपर्छ ।

तर रवि अस्पताल गएर नबस्ने पक्षमा रहेको रास्वपा केन्द्रीय सदस्य दीपक बोहोराले बताएका छन् । गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई गोरखा मिडिया रकम सारिएका सबै सहकारीमा लगेर बयान लिइसकिएको छ । बयान सकिएकाले प्रहरीले अब भने रायसहितको फाइल बझाउने तयारी गरेको छ ।

Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top