बिजुलीको आपूर्ति भन्दा माग बढी,लोडसेडिङको डर

२९ मंसिर ८१, आइतबार

३० मंसिर ,काठमाण्डौ ।

हिउँदयाममा विद्युत् उत्पादन घट्दा नेपालमा बिजुली आपूर्ति व्यवस्थापन कठिन भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार पीक आवर (साँझ ५ देखि ९ बजेसम्म) मा विद्युत् माग झन्डै १,९०० मेगावाट पुग्दा उत्पादन मात्र १,५६७ मेगावाटमै सीमित छ।

प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले ५००–६०० मेगावाट बिजुली अभाव भइरहेकाले समस्या झन् गहिरिएको बताएका छन् । नेपालका अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित भएकाले सुक्खायाममा उत्पादन एकतिहाइले घट्ने जानकारहरू बताउँछन्।

बढ्दो माग पूर्ति गर्न नेपालले भारतबाट ६५४ मेगावाट आयातको अनुमति पाएको छ। तर, पीक आवरमा भारतले बिजुली उपलब्ध नगराउँदा समस्या समाधान हुन सकेको छैन। बाढीपहिरोले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा क्षति पु¥याएपछि ४५६ मेगावाट उत्पादन रोकिएको छ।

मर्मत कार्य तीव्र रूपमा भइरहेको र पुस महिनाभित्र आयोजनाले आंशिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ। प्राधिकरणले पीक आवरमा घरेलु उपभोक्तालाई प्राथमिकता दिँदै कतिपय उद्योगहरूको आपूर्ति बन्द गरेको छ।

तर, उत्पादन र आयातको कमी जारी रहे पुनः लोडशेडिङको सम्भावना रहेको संकेत प्रवक्ता घोषले दिएका छन्। ०७३ सालदेखि लोडशेडिङ अन्त्य भएको नेपालमा ऊर्जा संकट समाधानका लागि दीर्घकालीन रूपमा जलाशययुक्त आयोजनाहरूको विकास अपरिहार्य देखिएको छ।

देशले जलविद्युत् उत्पादनमा पर्याप्त सम्भावना राखेपनि, जलवायु र मौसमी प्रवृत्तिका कारण वर्षायाममा अधिक उत्पादन र हिउँदमा ऊर्जा अभावको समस्या रहेको छ। यस समस्याको दिगो समाधानका लागि जलाशययुक्त आयोजना अपरिहार्य मानिन्छन्।

जलाशययुक्त आयोजनाले पानी सञ्चय गरेर हिउँदको समयमा ऊर्जा माग पूरा गर्न सक्ने क्षमता प्रदान गर्दछ। रन–अप–द–रिभर आयोजनाहरूले तुरुन्त पानीको प्रवाहमा भर पर्नु पर्ने हुँदा ऊर्जा आपूर्ति अस्थिर रहन्छ।

जलाशययुक्त आयोजनाले निरन्तर ऊर्जा आपूर्ति सुनिश्चित गर्न भूमिका खेल्छ। यस्तै हिउँदमा भारतबाट आयात गर्नुपर्ने विद्युतको आवश्यकता कम गर्न जलाशययुक्त आयोजना प्रभावकारी हुनेछ।

यसबाट आवश्यकता भन्दा बढी ऊर्जा उत्पादन हुँदा निकट भविष्यमा भारत र अन्य छिमेकी देशहरूमा निर्यात गर्न सकिनेछ। यसबाहेक जलाशयले बाढी नियन्त्रण, सिँचाइ र खानेपानी आपूर्तिमा समेत सहयोग पु¥याउँछ।

नेपालका संभावित जलाशययुक्त आयोजनामा बुढीगण्डकी जलाशय आयोजना जुन ज्ञ२ सय मेगावाटको रहेको छ। यो गोरखा र धादिङ जिल्लामा अवस्थित छ । यस्तै नेपालकै सबैभन्दा ठुलो प्रस्तावित जलाशय आयोजनामा निजगढ जलाशय आयोजना रहेकोछ । मधेश प्रदेशमा प्रस्तावित, सिंचाइ र विद्युत् उत्पादनका लागि यो महत्त्वपूर्ण छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top