×

NEPAL TIMES UPDATES

Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटपछि जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026

दिल्लीमा विधानसभा चुनावः आपको तयारी के छ ?

३० मंसिर २०८१

३० मंसिर ,एजेन्सी।

दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालले फेरि दिल्ली विधानसभा चुनाव लड्ने भएका छन् । आम आदमी पार्टीले दिल्ली विधानसभा चुनावका लागि उम्मेदवारहरूको चौथो र अन्तिम सूची जारी गरेको छ । जसमा पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाललाई नयाँ दिल्ली विधानसभा सीटबाट उम्मेदवार बनाइएको छ ।

Advertisement
Advertisement

त्यस्तै कालकाजीबाट मुख्यमन्त्री आतिशीलाई उम्मेदवार बनाइएको छ । यसबाहेक बुरारीबाट सञ्जीव झालाई टिकट दिइएको छ । चौथो सूचीमा आम आदमी पार्टीले ३८ जना उम्मेदवारलाई टिकट दिइएको छ । पार्टीले नांगलोई जाटबाट रघुविन्दर शौकीन र सुल्तानपुर माजराबाट मुकेशकुमार अहलावतलाई उम्मेदवार बनाएको छ ।

आम आदमी पार्टीको चौथो सूची जारी गरेपछि अरविन्द केजरीवालले सोसल मिडिया प्लेटफर्म एक्समा बीजेपी हराएको भन्दै पोस्ट गरेका छन् । मदिरासम्बन्धी कानुन बनाउने क्रममा भ्रष्टाचार गरेको आरोपमा आर्थिक अपराध हेर्ने निकाय ईडीले केजरीवाललाई २१ मार्चमा पक्राउ गरेको थियो ।

त्यतिबेला उनी मुख्यमन्त्री पदमा थिए । तिहाड जेलमा पाँच महिना बिताएका उनी सर्वोच्चको आदेशमा धरौटीमा रिहा भएका थिए । त्यसको दुई दिनपछि उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि आपकी नेता आतिशी दिल्लीकी मुख्यमन्त्री बनेकी हुन् ।

अहिले उनै केजरीवाल र आतिशी लगायतका नेताहरुलाई आम आदमी पार्टीले दिल्ली विधान सभा निर्वाचनको प्रतिस्पर्धामा उतार्ने निर्णय गरेको हो । टिकट पाएपछि केजरीवालले दिल्ली विधान सभाका सबै ७० सिटमा पार्टीले उम्मेदवार घोषणा गरेको र पार्टी पूरै आत्मविश्वासका साथ चुनाव लड्न लागेको लेखेका छन् ।

उनले भाजपा भने ‘गायब’ भएको पनि लेखेका छन्, ‘भाजपा गायब छ । ऊसँग न मुख्यमन्त्रीको अनुहार छ, न योजना छ र दिल्लीका लागि कुनै दृष्टिकोण छ ।’ आफूहरुसँग भने दिल्लीको विकासका लागि दृष्टिकोण, योजना र त्यसलाई लागू गर्ने पढेलेखेका राम्रो टिम रहेको दाबी केजरीवालको छ ।

उनले भनेका छन्, ‘भाजपासँग केबल केजरीवाललाई हटाउने मिसन छ । हामीसँग दस वर्षमा काम गरेको लामो सूची छ ।’ आपले हाल विधायक रहेका २० जनालाई भने टिकट दिएको छैन । यस्तै मनिष सिसोदियासहित दुई प्रभावशाली नेताहरुको क्षेत्र परिवर्तन भएको छ ।

Advertisement

जसमा सिसोदियालाई जंगपुराबाट टिकट दिइएको छ । यसअघि यहाँ प्रविण कुमार थिए । मनिष सिसोदिया तीन पटक पटपडगंज सीटबाट विधायक चुनिएका थिए । दिल्लीमा विधानसभा चुनाव हुनेवाला छ । छिटै नै चुनाव आयोग केन्द्रले शासित प्रदेशमा चुनावको मिति घोषणा गर्ने बताइएको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top