एसिया कपमा हङकङविरुद्ध बलिङ गर्दै नेपाल

३० मंसिर ८१, सोमबार

१ पुष , काठमाण्डौ।

मलेसियामा शनिवारबाट सुरु भएको एसिसी यु १९ महिला एसिया कपमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ । समूह बी मा रहेका नेपाल र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार बिहान १२ः४५ बजे क्वालालम्पुरस्थित बायुमास ओभलमा सुरु हुनेछ ।

पहिलो पटक आयोजना भईरहेको यु १९ महिला एसिया कपमा नेपालले आफ्नो पहिलो खेल खेल्दैछ । पाकिस्तानको टोलीले भने दोस्रो खेल खेल्दैछ । पाकिस्तानको टोली आइतवार भारत यु १९ को टोलीसँग ९ विकेले पराजित भएको थियो ।

Advertisement

पाकिस्तान पहिलो खेलमै भारतसँग पराजित भएकोले नेपालले आजको खेल जित्न सके सुपर फोर मा प्रवेश गर्नेछ । पुजा महतोको कप्तानीमा रहेको नेपाली टोली उच्च मनोबलका साथ मलेसिया पुगेको छ ।

आईसीसी यू१९ महिला टी२० विश्वकप एसिया छनोटको विजेता बनेपछि नेपाल यू१९ विश्वकप र यू १९ एसिया कपमा छनोट भएको थियो । नेपालले दोस्रो खेलमा भारतसँग पुस २ गत (डिसेम्बर १७) प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको समूह ‘ए’ मा श्रीलंका, बंगलादेश र मलेसिया रहेका छन् ।

यु १९ महिला विश्व कप आगामी बर्षको जनवरीमा मलेसियामा नै आयोजना हुँदैछ । विश्व कपमा नेपाल अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग समूह ‘डी’ मा रहेको छ । नेपाली टोलीमा सोनी पाख्रिन, किरन कुमारी कुवँर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत रहेका छन् ।

यता हङकङविरुद्धको ३ खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल यु १९ ले टस जितेको छ । मुलपानी क्रिकेट मैदानमा भएको टस जितेर नेपालका कप्तान अभिषेक तिवारीले पहिले बलिङ रोजेका हुन् ।

नेपाल र हङकङबीचको दोस्रो खेल पुस ३ र तेस्रो खेल पुस ५ गते हुनेछ । नेपालले यु १९ विश्व कप एसिया छनोटको तयारीमा यो सिरिज खेल्दैछ । विश्व कप एसिया छनोट आगामी वर्षको अप्रिलमा काठमाडौंमा हुनेछ ।

नेपालको प्लेईङ–११ अभिषेक तिवारी (कप्तान), सुर्यान्सु कोइराला, दयानन्द मण्डल, सोहेल कुवँर, दिलसाद अली, राजेश बोहोरा, अपराजित पौडेल, सन्तोष यादव, रोशन विश्वकर्मा, सिब्रिन श्रेष्ठ, नरेन भट्ट रहेका छन् ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top