NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सुशीला सरकारलाई अदालतको लगाम, राजदूत फिर्ताको निर्णय उल्टियो आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो आइतवार कार्तिक १६ , २०८२
बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं ! आइतवार कार्तिक १६ , २०८२
कुलमानले खोले बञ्चरेडाँडाको फोहोर फाल्ने अवरोध, १५ दिनको समय आइतवार कार्तिक १६ , २०८२
मध्यरातमा बालेनको अश्लील स्टाटस, केहीबेरमा डिलिट आइतवार कार्तिक १६ , २०८२
Next
Prev

समाचार

सहकारी प्रकरणमा लेखा समिति सभापतिकी पत्नी अभियुक्त

सोमवार पुस १ , २०८१
Reading Time: 1 min read
A A
ऋषिकेशकी पत्नीलाई पक्राउ नगरी अदालतमा मुद्दा,सहकारी प्रकरण के हो ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१ पुष ,काठमाण्डौ।

संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी समेत सम्लग्न रहेको मोरङको धनपालथान गाउँपालिका–३ स्थित उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा संलग्न २६ जनालाई २२ करोड ४८ लाखको बिगो कायम गरिएको छ ।

प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा पोखरेलकी पत्नी अंजला कोइरालासहित २६ जनालाई उक्त बिगो कायम गरेको हो । जिल्ला अदालत मोरङले सहकारीका सञ्चालक सदस्य रोशन राजवंशीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने सांसद पत्नीसहित अन्य प्रतिवादी भने फरार छन् ।

LS Auto

सहकारीको ठगीका विषयमा प्रदेश रजिष्टारको कार्यालय इटहरीबाट कात्तिक २ गते १० जनाविरुद्ध अनुसनधान गर्न भनिआएकामा प्रहरी अनुसन्धानबाट पूर्वसंचालकलाई समेत मुद्दा दायर गर्नुपर्ने देखिएपछि २६ जनाविरुद्ध मुद्दा दायर गर्न सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको मोरङ प्रहरी पवक्ता बेदप्रकाश जोशीले जानकारी दिए ।

प्रहरीले राजवंशीसहित मोरङको क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवं सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला, सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार समेत २६ जनाविरुद्ध जाहेरी तयार गरी सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

सोही जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले अभियोग पत्र तयार गरेर मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । सरकारी वकिलको कार्यालय मोरङले दायर गरेको अभियोगपत्रमा ८ हजार ८ सय ४२ जना शेयर सदस्यहरूको ३ करोड ८ लाख ८० हजार ३ सय रुपैयाँ शेयर रकम रहेको र ७०७ जना ऋणीहरूले २४ करोड ३० लाख २२ हजार ८ सय रुपैयाँ संस्थाबाट ऋण लिएको सहकारीले देखाएको उल्लेख छ ।

यद्यपि उक्त ऋणमध्ये ८ करोड १३ लाख ६४ हजार ७ सय रुपैयाँ ऋण उठेको र बाँकी १६ करोड १६ लाख ५७ हजार ८३२ रुपैयाँ ऋण उठ्न बाँकी देखाइएको विवरण छ । ‘तर, उक्त ऋणहरूको निवेदन समेतको ब्यहोराबाट उमागौरी कृषि सहकारी संस्थाबाट महिला उद्यमशील कर्जा शीर्षकबाट ऋण उपलब्ध गराउने भनी तमसुक बनाएर धितोको लागि ऋणीहरूले घरजग्गा राखेकोमा सोही धितो राखिएको जग्गा नबिल बैंक लिमिटेडमा धितो राखी कर्जा निकाली माग गरेको धितो रकम भन्दा आधा रकम मात्र सम्बन्धित ऋणीलाई उपलब्ध गराई आधा रकम आफैँले खाइ मासी हिनामिना गरेको कारण हाल सफ्टवेयरमा संस्थाले लगानी गरेको ऋण बढी देखिएको पाइन्छ,’ अभियोगपत्रमा उल्लेख छ ।

सहकारीले प्रयोग गरेको सफ्टवेयरको अभिलेखअनुसार उक्त ऋणमध्ये हालसम्म ८ करोड १३ लाख ६४ हजार ७०१ रुपैयाँ ऋण असुल भएको र १६ करोड १६ लाख ५७ हजार ८३२ रुपैयाँ ऋण उठ्न बाँकी देखिएको आरोप पत्रमा उल्लेख गरिएको छ ।

आरोप पत्रमा बैकबाट लिएको ऋण संस्थाका अध्यक्ष रहेका शम्भुप्रसाद रौनियारले उमागौरी कृषि सहकारी संस्थाबाट ऋण दिएको तमसुक बनाएर धितोको लागि ऋणीहरूले घरजग्गा राखेको उल्लेख छ ।

आरोप पत्रमा भनिएको छ,‘ सोही धितो राखिएको जग्गा नविल बैङ्क लिमिटेडमा धितो राखी कर्जा निकाली माग गरेको धितो रकम भन्दा आधा रकम मात्र सम्बन्धित ऋणीलाई उपलब्ध गराई आधा रकम आफैले खाई मासी हिनामिना गरेको कारण हाल सफ्टवेयरमा संस्थाले लगानी गरेको ऋण बढी देखिएको पाइन्छ ।’

उक्त सहकारीले नियामक निकायबाट केन्द्र विस्तार गर्ने अनुमति समेत नलिई अमरदह, आमबारी, रमाइलो लगायतको ठाउँमा शाखा बिस्तार गरी सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने र बचतकर्ताहरूको दैनिक तथा मासिक किस्ताबाटै ऋणको साँवा ब्याज कटिने भनेर प्रलोभन देखाई रकम बचत जम्मा गर्न लगाएको देखिएको छ ।

यस्तै ‘कर्जाको लागि धितो राखेको घरजग्गा सम्बन्धित ऋणीहरूको सहमति बिना नै नबिल बैंकमा धितो राखी उक्त रकम निकासा भए पश्चात् अपचलन गरेको देखिन्छ,’ अभियोग पत्रमा उल्लेख छ । ‘प्रमाणहरू समेतबाट संस्थामा आबद्ध प्रतिवादी अंजलासहितका २६ जनाले समयमा साधारण सभा गरी संस्थालाई नाफामा देखाउने उद्देश्यले गलत लेखा परीक्षण गराउने, संस्थाका पदाधिकारीहरू संस्थाको आयोजनामा हुने मिटिङमा सहभागी हुने, निर्णयमा दस्तखत गर्ने कार्यले सबैको संलग्नता समेत स्थापित भएको…,’ अभियोगपत्रमा भनिएको छ ।

उक्त अभियोगपत्रमा शम्भु प्रसाद रौनियार, लक्ष्मण साह रौनियार, आलम अनसारी मियाँ, शम्भु प्रसाद सिंह, आमोद कुमार मण्डल, जितमान ठाकुर, विजय कुमार यादव, सुरेन्द्र कुमार राजवंशी, अशोक कुमार विश्वास, दिलमाया राई, अंजला कोइराला, उपासी राजवंशी, सोनु यादव, मोहमद नजाम उद्दिन, चम्पा गिरी, शम्भु प्रसाद सिंह, संतलाल खवास, लक्ष्मीदेवी कार्की राजवंशी, ज्योति बास्कोटा, सुमन लोहनी, मित्र प्रसाद सिवाकोटी, सरदराज सिंह, मो. नसरुदिन, मनोज कुमार सोनी, यशोदा कुमारी राजवंशी फरार रहेका प्रतिवादीमा राखिएको छ ।

प्रतिवादीहरूले सहकारी ऐन, २०७४ बमोजिम बिगो २२ करोड ४८ लाख ३७ हजार ७ सय रुपैयाँ बिस पैसा बिगो कायम गरी संस्था मार्फत नै पीडित जाहेरवालाहरूलाई बिगो भराई सो बाहेकको दायित्व समेतको बाँकी रकम समेत संस्थालाई दिलाई भराई प्रतिवादीहरूलाई बिगो बमोजिम जरिवाना गरी ६ वर्षदेखि ८ वर्षसम्म कैद सजायको माग गरिएको छ ।

सर्वसाधारणको बचत तथा ऋण अपचलन गरेपछि करिब डेढ वर्षयता सहकारीको कार्यालय भने अहिले बन्द छ । अनुसन्धानमा असहयोग गरेको भन्दै प्रहरीले गत १४ कात्तिकमा सहकारीको कार्यालयको ताला फोडेर कागजात जफत गरेको थियो । उजुरीका लागि सार्वजनिक आह्वान पनि गरेको थियो ।

आह्वान गर्दा अहिलेसम्म २३ जना ऋणीले आफूहरू ठगिएको भन्दै प्रहरीमा निवेदन दिएको प्रवक्ता जोशीले बताएका छन् । उनले कारागार चलान भएका राजवंशीवाहेक पक्राउ पुर्जी जारी भएका ९ जना फरार रहेको र बाँकीका १६ जनाका हकमा पक्राउ पुर्जीसमेत जारी नभएको बताएका छन् । उमागौरी कृषि सहकारी २०६८ सालमा स्थापना भएको हो । सांसदपत्नी कोइराला दुई कार्यकाल सहकारीमा सदस्य रहेकी थिइन् ।

Tags: #उमागौरी कृषि सहकारी संस्था#ऋषिकेश पत्नी#ऋषिकेश पोखरेल#सहकारी ठगी प्रकरण#सार्वजनिक लेखा समिति सभापति

लोकप्रीय

प्रधानमन्त्रीले बोलाएको वार्तामा एमाले कसरी प्रस्तुत हुँदैछ ?

सुशीला सरकारलाई अदालतको लगाम, राजदूत फिर्ताको निर्णय उल्टियो

आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

आइतवार कार्तिक १६ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२

विचार

थप समाचार

प्रधानमन्त्रीले बोलाएको वार्तामा एमाले कसरी प्रस्तुत हुँदैछ ?
ताजा समाचार

सुशीला सरकारलाई अदालतको लगाम, राजदूत फिर्ताको निर्णय उल्टियो

आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो
अन्तर्राष्ट्रिय

सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

आइतवार कार्तिक १६ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर
ताजा समाचार

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा
ताजा समाचार

कुलमानले खोले बञ्चरेडाँडाको फोहोर फाल्ने अवरोध, १५ दिनको समय

आइतवार कार्तिक १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

00:19:43

World News: रुसको पनडुब्बी ड्रोन, बधशाला बन्यो अस्पताल, युकेको घातक अपरेसन स्टर्लिङ || Nepal Times

00:18:20

World News: गिरोहलाई पैसा नदिदा ह*त्या, किमको मिसाइल, गाजामा फेरि भीषण ह*म*ला || Nepal Times

00:15:40

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

आइतवार कार्तिक १६ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

कुलमानले खोले बञ्चरेडाँडाको फोहोर फाल्ने अवरोध, १५ दिनको समय

आइतवार कार्तिक १६ , २०८२

हालका पोस्टहरू

प्रधानमन्त्रीले बोलाएको वार्तामा एमाले कसरी प्रस्तुत हुँदैछ ?

सुशीला सरकारलाई अदालतको लगाम, राजदूत फिर्ताको निर्णय उल्टियो

आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

आइतवार कार्तिक १६ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.