×

NEPAL TIMES UPDATES

Playing
विश्व राजनीतिमा नयाँ संकेत, नेपालजस्ता मुलुकका लागि के अर्थ राख्छ ?|| Nepal Times
May 16, 2026
Playing
विश्वकप यात्रा जोगाउन नेपाललाई जित अनिवार्यजस्तै|| Nepal Times
May 16, 2026
Playing
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का || Nepal Times
May 16, 2026
Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026

एनपिएलमा कसका कस्ता कीर्तिमानी बने ?

२ पुष २०८१

२ पुष , काठमाण्डौ ।

प्लेअफ समीकरण टुङ्गो लागेसँगै नेपाल प्रिमियर लिग (एनपिएल) मा आज मंगलबार ‘ब्रेक’ छ । भोलि बुधरबार क्वालिफायर १ र एलिमिनेटर विजेताको टुङ्गो लाग्ने छ । भोलिको पहिलो खेल क्वालिफायर १ बिहान ९ः१५ बजे सुरु हुने छ, जसमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स आमने–सामने हुनेछन् ।

Advertisement
Advertisement

यसअघि लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । क्वालिफायर १ मा जित्ने टोली सिधै फाइनलमा पुग्ने छ भने हार्ने टोलीका लागि अर्को एक मौका हुने छ । हार्ने टोलीले भोलि दिउँसो १ः१५ मा हुने एलिमिनेटर विजेतासँग पर्सि प्रतिस्पर्धा गर्ने छ ।

एलिमिनेटर प्रतिस्पर्धामा चितवन राइनोज र कर्णाली याक्स मैदान उत्रनेछन् । लिग चरणको भेटमा कर्णालीले चितवनमाथि ७ रनको जित निकालेको थियो । एलिमिनेटर प्रतिस्पर्धामा जित्ने टिमले पर्सि क्वालिफायर १ मा हार्ने टिम जनकपुर वा सुदूरपश्चिममध्ये एकसँग खेल्ने छ ।

त्यो क्वालिफायर २ हुने छ । क्वालिफायर २ मा जुन टिमले जित्छ त्यो फाइनलमा पुग्ने छ । २१ डिसेम्बर एनपिएल पहिलो संस्करणको फाइनल डे हुने छ ।

एनपिएलमा सहभागी ८ टिममध्ये दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स, अनिलकुमार साहको कप्तानीमा रहेको जनकपुर बोल्ट्स, कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोज र सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्स अर्को चरणमा प्रवेश गर्दा रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्स, सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्स, कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेञ्जर्स र करण केसीको कप्तानीमा रहेको काठमाडौं गुर्खाज लिग चरणबाट बाहिरिएका छन् ।

समूह चरणका खेल सकिँदासम्म एनपिएलमा सबैभन्दा बढी टार्गेट रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सले दिएको छ । लुम्बिनीले विराटनगरलाई १९२ रनको टार्गेट दिएको थियो । विराटनगरले उक्त टार्गेट ८ विकेटको क्षतिमा १९.५ ओभरमा भेटाउँदै १९३ रन हान्यो ।

एनपीएलबाट बाहिरिए पनि यो रनसँगैको जित नै अहिलेसम्म एनपिएलको सबैभन्दा ठूलो स्कोर हो । यस्तै समूह चरणका खेल सकिँदासम्म एनपिएलको सर्वाधिक रनकर्ताको कीर्तिमान रोहितकुमार पौडेलकै पोल्टामा छ । एनपीएलमा उनले ७ खेल खेल्दा २६ चौका र ११ छक्कासहित २७९ रन हानेका छन् ।

उनको यो कीर्तिमानलाई २३३ रनसहित चितवन राइनोजका रवि बोपराले पछ्याइरहेका छन् । चितवनकै कुशल मल्ल पनि २०२ रन पु¥याएर चौथो स्थानमा छन् । चितवन प्लेअफमा पुगेकाले उनीहरूसँग रोहितको यो रेकर्ड तोड्ने मौका छ ।

मल्लले नै रेकर्ड तोडे भने बलिङमा पनि ८ विकेट लिइसकेका उनले कार जित्ने सम्भावना पनि कायमै छ । यो एनपिएलमा अहिलेसम्म एकजना मात्रै खेलाडीले शतक हान्न सकेका छन्। ती हुन्, अमेरिकाका विकेटकिपर ब्याटर आन्द्रेस गौस ।

पोखरा एभेन्जर्सबाट खेलेका उनले लुम्बिनीविरुद्धको १०४ रन हान्दै नटआउट खेलेका छन् । लुम्बिनीका रोहितले सोही खेलमा ९५ रन हानेका थिए तर शतक पु¥याउन सकेनन् । यता बढी अर्धशतक हान्ने खेलाडीको कीर्तिमान भने अहिलेसम्म राष्ट्रिय टोलीका समेत कप्तान रहेका रोहितकुमार पौडेलकै नाममा छ ।

उनले पोखरा र चितवनविरुद्धको खेलमा गरेर दुई अर्धशतक हानेका छन् । चितवनका रवि बोपराले पनि दुई अर्धशतक हानिसकेका छन् । यस्तै सबैभन्दा बढी छक्का जनकपुरबाट खेलिरहेका न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसमले हानेका छन। उनले ६ खेलमा १५ छक्का हानेका छन्।

छक्काको यो कीर्तिमानमा उनलाई पछ्याइरहेका छन्, चितवनका कुशल मल्ल । उनले ७ खेलमा १४ छक्का हानेका छन् । सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरीको रन बहिखातामा पनि ११ छक्का छ। यी तीनैजनाको टिम प्लेअफमा पुगेकाले पनि यो रेकर्डमा फेरबदल हुनसक्ने सम्भावना छ ।

सर्वाधिक विकेट लिने खेलाडीमा सुदूरपश्चिम रोयल्सबाट खेलिरहेका न्युजिल्यान्डका स्कट कुगलाइन अगाडि छन्। उनले ७ खेलमा १५ विकेट लिएका छन् । पोखराविरुद्धको खेलमा मात्रै उनले एक्लै ५ विकेट लिएर टिमलाई रोमाञ्चक जित दिलाएका थिए।

कुगलाइनपछि जनकपुरका ललित राजवंशी १३ विकेटसहित दोस्रो स्थानमा छन्। तेस्रो स्थानमा भने चितवन राइनोजका रिजन ढकाल छन्। उनले पनि १३ विकेट लिएका छन्। फिल्डिङ रेकर्डअन्तर्गत अहिलेसम्म जनकपुर बोल्ट्सका कप्तान अनिल साहले सबैभन्दा बढी खेलाडीलाई क्याच आउट गरेका छन् ।

उनले अहिलेसम्म १२ क्याच गरेका छन् । त्यसपछि सुदूरपश्चिम रोयल्सका नरेश बुढायर छन्। उनले ९ क्याच गरेका छन् । यो एनपिएलको सबैभन्दा ठूलो साझेदारीको रेकर्ड पनि पोखराकै खातामा छ । लुम्बिनी लायन्सविरुद्धको खेलमा पोखराका ओपनर्स आन्द्रेस गौस र दिनेश खरेलले १७६ रनको ब्याटिङ पार्टनरसिप गरेका थिए ।

एनपिएलमा अशिलेसम्म एक बलमा १५ रन बनेको अनौठो कीर्तिमान बनेको छ । विराटनगर किंग्स र चितवन राइनोजबीचको खेलमा एकै बलमा १५ रनको कीर्तिमान बनेको हो । चितवन राइनोजका बलर अमर सिंह रौटेलाले एकै बलमा १५ रन खर्चिंदै विराटनगरका बसिर अहमदलाई यो अनौठौ कीर्तिमान बनाउन सघाएका हुन् ।

एनपिएलमा अहिलेसम्म सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडीको सूचीमा जनकपुर बोल्ट्सका अलराउन्डर जिमी निसमको नाम अग्रपंक्तिमा छ । उनले चितवन राइनोजविरुद्धको खेलमा ४ चौका र ५ छक्काको मद्दतमा १८ बलमै अर्धशतक प्रहार गरेका छन् ।

Advertisement
Advertisement

उनले बासिल हमिदले बलिङ गर्दा एकै ओभरमा ४ चौका र १ छक्का २४ रन हानेका थिए । यो कीर्तिमान यसअघि पोखरा एभेन्जर्सका आन्द्रेस गौसको नाममा थियो । उनले २० बलमा अर्धशतक हान्दै कीर्तिमान बनाएका थिए । फाइनल खेलसम्म फेरि पनि यो कीर्तिमान नतोडिएला भन्न सकिन्न ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top