सिरियामा नयाँ युद्धको खतरा, टर्किएले कब्जा गर्न खोज्यो ?

४ पुष, विराटनगर।

सिरियामा बशर अल–असदको सत्ता खोसिएपछि अहिले जुन स्थिति देखिएको छ र त्यसमा टर्कीए र उ समर्थित समूहहरु र सिरियाली कुर्दिसहरुका बीच चलिरहेको संघर्षमा सिंगो विश्वको ध्यान गएको छ । असद शासनलाई पतन गराएपछि इस्लामवादी विपक्षी समूहहरुले कुर्दिसमाथि हमला गर्नका लागि टुर्कीएसंग हात मिलाएका छन् ।

कुर्द एक जातीय अल्पसंख्यक समूह हो, जसले उत्तरपूर्वी सीरियामा स्वायत्त प्रशासन चलाउँछ । गत २ सातामा कम से कम तीन इलाकामा कुर्दहरुमाथि हमला भइसकेको छ । यसबीच टर्कीएले सीमा पारीबाट कुर्द इलाकाहरुमा सैनिकहरु र उपकरणहरु भेला पारेको रिपोर्टहरु पनि प्रकाशित भएका छन् ।

जुन हेर्दा ठूलो हमलाको तयारी भइरहेको देखिन्छ । यी सूचनाहरुले इजरायल र अमेरिकालाई पनि चिन्तामा पारेको छ । वरिष्ठ अमेरिकी अधिकारीले वाल स्ट्रीट जर्नललाई भनेका छन्, टर्कीएले वर्दीधारी कमांडरहरु र तोपखाना सहित आफ्नो सेनाका साथ आफना मिलिशियालाई पनि सिरियाको कुर्द क्षेत्रको सीमामा तैनाथ गरेको छ, जुन एक ठूलो घुसपैठको तयारी गरेको प्रतीत हुन्छ ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रंपले पनि बसर अल असदलाई सत्ताच्युत गर्न टर्किएकै हात रहेको दाबी गरेका छन् । तर टर्किएले बुधवार उनको यो दाबीलाई खारेज गरेको छ । ट्रंपले भनेका थिए कि टर्किएले आफ्नो छिमेकी देशमा अमित्रतापूर्ण कब्जा गरेको छ ।

यसको जवाफमा अल जजीरासंग कुरा गर्दै टर्किएका विदेश मंत्री हाकान फिदानले भने, ’हामी यसलाई कब्जा भन्दैनौ । सिरियामा जे भइरहेको छ, त्यसलाई यसरूपमा पेश गर्नु एक ठूलो गल्ती हुनेछ ’ । उनले भने ’सीरियाका मानिसहरुका लागि यो कब्जा होइन । यो सीरियालीहरुको इच्छा हो’ ।

ट्रंपले सोमवार भनेका थिए कि सीरियामा जसले विद्रोह गरिरहेका छन्, तिनलाई टर्किएले नियंत्रित गरिरहेको छ । र यसमा कुनै समस्या नभएको पनि उनले भनेका थिए । कुर्दविरुद्ध इस्लामी समूहहरुद्वारा एक नयाँ युद्धले यसक्षेत्रमा आतंकवाद विरोधी अभियानहरुलाई प्रभावित पार्ने मात्रै होइन, इस्लामिक स्टेट (आईएस) सहित इस्लामी समूहहरुलाई फेरि पनि गतिबिधि बढाउन अवसर दिनेछ ।

त्यो गतिविधि इजरायली ढोकासम्मै जानसक्ने देखिन्छ । एकातर्फ अमेरिकाले अहिलेको अवस्थालाई शान्त पार्नका लागि कूटनीतिक प्रयासहरुको नेतृत्व गरिरहेको छ, अर्कातिर, इजरायलले भने सिरियामा कारबाही नै सुरु गरिसकेको छ ।

इजरायलले सिरियाको सीमावर्ती इलाकाहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ । जसको घोषित उद्देश्य आईएस जस्ता आतंकवादीहरुले इजरायललाई निशाना बनाउन यी क्षेत्रहरुमा आफ्नो अड्डा नबनाउन भन्ने हो ।

सिरियाका नयाँ इस्लामी शासकहरुबाट हुनसक्ने खतराको जवाफमा इजरायलका प्रधानमंत्री बेंजामिन नेतन्याहूले मंगलवार नै भनेका छन् कि इजरायली सेनाले इजरायली सीमामा रहेका सिरियाली क्षेत्रहरुमा त्यतिबेलासम्म कारबाही जारी राख्नेछ जतिबेलासम्म इजरायलको सुरक्षा गारंटी दिने कुनै अन्य व्यवस्था हुँदैन ।

यसबीच नेतन्याहूले मंगलवार नै माउंट हर्नन इलाकाको भ्रमणमा गरेका थिए । माउंट हर्नन इजराइल र सीरियाबीच बफर जोनमा रहेको छ । जहां इजरायलले असद हटेको केही घण्टा भित्रै प्रवेश गरेको थियो ।

इजराइल अहिले पनि एक साथ कयौं मोर्चामा युद्ध लडिरहेकै छ । हुनत हिज्बुल्लाहका साथ सीजफायर भएको छ तर इजराइलमा हमला अहिले पनि जारी छ । यो हमला अब २ हजार किलोमिटर परको यमनबाट गरिदैछ ।

हूथी विद्रोहीहरुका मिसाइलहरु र ड्रोनहरुले इजराइलमा हमला जारी राखेका छन् । यी हमलाहरुको बदला लिनकालागि इजराइली एयर फोर्सका फाइटरहरुले राती उडान भरे र यमनको राजधानी सानामा भीषण बमबारी गरेका छन् ।

हमलापछि इजराइली डिफेंस फोर्सका प्रवक्ता हगारीले यसको घोषणा गरे । उनले आफ्नो बयानमा भने, ‘इजराइल डिफेंस फोर्सले यमनमा हूथीका सैन्य ठेगानाहरुमा सटीक हमला गरेको छ । यसमा सनाको बंदरगाह र एनर्जी इंफ्रास्ट्रक्चर पनि सामेल छन् ।

जसलाई हूथीले आफ्नो सैन्य गतिविधिहरुका लागि प्रयोग गरिरकेको थियो । उनले अगाडी भने, इजराइलले कुनै पनि मूल्यमा आफना नागरिकहरुको रक्षा गर्नेछ र हूथीका हमलाहरुको जवाफ दिनेछ’। पछिल्ला १४ महिनामा यमनमा रहेको इरान समर्थित हूथी विद्रोहिहरुले इजरायलमा सैंयौं मिसाइल र ड्रोन हमला गरेका छन् ।

आईडीएफका प्रवक्ताले भने गएका २ हप्तामा कयौं हमला हुथीले गरेका छन् । हुथी आतंकवादीहरुले एक ड्रोन पठाएका थिए, जो दक्षिणी इजराइलमा एक अपार्टमेंट ब्लकसंग ठोक्किएको थियो । आइतबार पनि उनीहरुले मध्य इजराइलतर्फ एक लामो दूरीको मिसाइल हानेका थिए ।

आईडीएफ प्रवत्ताले भने इजराइलले पहिला पनि आफ्नो शत्रुहरुको अलग–अलग क्षेत्रहरुमा हिट गरेको थियो, आगामी दिनहरुमा पनि गरिरहने छ । रेड सी इलाका विश्वकै लाइफ लाइन हो । विश्वभरका व्यापार र तेल यसै रेड सी इलाकाबाट गुज्रिन्छ ।

यो इलाकामा तैनाथ वा यहाँ भएर जाने सैन्य वा व्यापारिक जहाजहरुलाई हुथीले निशाना बनाउने गरेको छ । उसले मध्य–पूर्व, अमेरिका र विश्वभरमा अंतरराष्ट्रीय शिपिंग जहाजहरुमा हमला गरिरहेको छ । खासरुपमा अमेरिकी र उसकोे सहयोगि देशहरुमाथि हमला गर्दै आएको छ ।

हूथीले अमेरिकी एयरक्राफ्ट क्यारियर अब्राहम लिंकन र २ डेस्ट्रायरलाई पनि गत महिनाहरुमा ड्रोन र मिसाइलले निशाना बनाएको थियो । अमेरिकाले पनि यसको बदला लियो र हूथीका ठेगानाहरुलाई नष्ट पार्यो । यसबीच यता इजरायली सैनिकहरुले लेबनानमा पनि हिजबुल्लाको एक भूमिगत कमांड सेंटरलाई खोजेर नष्ट पारेको छ ।

आईडीएफले भनेको छ कि १८८ औं बख्तरबंद ब्रिगेडका इंजीनियरिंग सैनिकहरुले एक लामो भूमिगत सुरंग पता लगाए र त्यसलाई नष्ट गरे जो हिजबुल्लाहको कमांड सेंटरसम्म जान्थ्यो । हिजबुल्लाले यो सेंटरको प्रयोग गत वर्ष ग्यालीलमा इजराइली समुदायहरुमाथि आतंकवादी हमला र सिधा रकेट हमलाको योजना बनाउनका लागि प्रयोग गरेका थिए ।

यो सेंटरमां हतियार, निगरानी उपकरण र अन्य सैन्य सामग्रिहरु राखिएको थियो । नजिकै रहेको एक मस्जिदभित्र पनि भारी मात्रामा विस्फोटक, राइफलहरु, ग्रेनेड र अन्य हतियार जम्मा गरिएको आईडीएफले जनाएको छ । यसबारे आफ्ना टिप्पणी पनि अवस्य ब्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top