×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

विद्युत् प्राधिकरणमा ठूलो संख्यामा विज्ञापन खुल्यो, कुन पदमा कति ?

५ पुष २०८१

५ पुष , काठमाण्डौ।

सरकारी संस्थान मध्ये सबैभन्दा बढी नाफामुखी नेपाल विद्युत प्राधिकरणले एक हजारभन्दा बढी पदका लागि रोजगारीका अवसर खोलेको छ।बढ्दो बेरोजगारीले वैदेशिक रोजगारीमा जानुको विकल्प नरहेको अवस्थामा प्राधिकरणमा अधिकृत र सहायकस्तर गरी एक हजार ८३ जनालाई रोजगारी खुलेको छ ।

Advertisement
Advertisement

प्राधिकरणले शुक्रबार विभिन्न समूहका सातौँदेखि दशौँ तहसम्मका अधिकृतस्तरमा १९५ जना र विभिन्न समूहमा ८८८ जना खुला÷समावेशी प्रतिस्पर्धाबाट स्थायी नियुक्त गर्न विज्ञापन गरेको छ। सबै पदको लिखित परीक्षा लोकसेवा आयोगले लिनेछ ।

अधिकृतस्तरमा सबैभन्दा बढी अर्थात् ६२ जना तह ७ इलेक्ट्रिकल इन्जिनियर माग गरिएको छ । इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तह उतीर्णले दरखास्त दिन सक्नेछन् । प्रशासनतर्फ तह ७ प्रशासकीय अधिकृमा ३८ जना माग गरिएको छ ।

जुनसुकै विषयमा स्नातकोत्तर उतीर्णले दरखास्त दिन पाउनेछन् । तह ७ लेखा अधिकृतमा ३१ जना माग गरिएको छ । वाणिज्यशास्त्र वा व्यापार प्रशासनमा स्नातकोत्तर तह उतीर्णले दरखास्त दिन पाउनेछन् ।

प्राविधिकतर्फ तह ७ कम्प्युटर इन्जिनियर २१ जना माग गरिएको छ । कम्प्युटर इन्जिनियरिङमा स्नातक तह उतीर्णले आवेदन दिन सक्नेछन् । प्राविधिकतर्फ तह ७ सिभिल इन्जिनियर ९ जना माग गरिएको छ ।

सिभिल इन्जिनियरिङमा स्नातक तह उतीर्णले आवेदन दिन सक्नेछन् । प्राधिकरणतर्फ तह ८ सहायक प्रबन्धक इलेक्ट्रिकलका लागि ८ जना माग गरिएको छ । इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातकोत्तर तह उतीर्ण र नेपाल सरकार वा संगठित संस्थाको अधिकृतस्तरको पदमा पाँच वर्षको कार्यानुभव भएकाले आवेदन दिन सक्नेछन् ।

प्रशासनतर्फ ७ तहमा ८ जना चार्टर्ड एकाउन्टेन्ट माग गरिएको छ । सीए उतीर्णले आवेदन दिन सक्नेछन् ।प्राविधिकतर्फ तह १० प्रबन्धक इलेक्ट्रिकल समूह, प्रशासनतर्फ तह ८ सहायक निर्देशक, लेखातर्फ ८ तह सहायक निर्देशक १÷१ जना माग गरिएको छ ।

प्राविधिकतर्फ तह ७ सर्भे इन्जिनियर, तह ७ वातावरणविद् र तह ७ जियोलोजिस्ट २÷२ जना माग गरिएको छ । तह ५ मिटररिडिङ सुपरभाइजर ४१ जना माग गरिएको छ । कोशी प्रदेशमा १२, मधेसमा १६, गण्डकीमा ५, कर्णालीमा ३ र सुदूपश्चिममा ५ जना माग गरिएको छ ।

मिटररिडिङ सुपरभाइजरका लागि न्यूनतम योग्यता प्रविणता प्रमाण पत्र तह वा १२ कक्षा उतीर्ण तोकिएको छ । तह ५ लेखापाल ३९ जना माग गरिएको छ । लेखापालाको न्यूनतम योग्यता वाणिज्य शाष्त्र वा व्यापार प्रशासन लिई प्रवीणता प्रमाणपत्र तह वा १२ कक्षा उतीर्ण तोकिएको छ ।

तह ५ इलेक्ट्रिकल सुपरभाइजरतर्फ ७४० जना माग गरिएको छ । यसका पदका लागि न्यूनतम योग्यता इलेक्ट्रिकल इन्जिनियरिङमा प्रवीणता प्रमाणपत्र तह वा डिप्लोमा उत्तीर्ण वा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट प्रदान गरिएको सम्बन्धित विषयमा तह तीनको सीप परीक्षा उतीर्ण भएको हुनुपर्नेछ ।

तह ५ मेकानिलकल सुपरभाइजर १९ जना माग गरिएको छ । यसका लागि न्यूनतम योग्यता मेकानिकल इन्जिनियरिङमा प्रवीणता प्रमाणपत्र तह वा डिप्लोमा उत्तीर्ण वा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट प्रदान गरिएको सम्बन्धित विषयमा तह तीनको सीप परीक्षा उतीर्ण भएको हुनुपर्ने तोकिएको छ ।

५ तह सिभिल सुपरभाइजर ३ जना माग गरिएको छ । सिभिलतर्फ सुदूरपश्चिम प्रदेशमा २ र सर्भेतर्फ वाग्मती प्रदेशमा १ जना माग गरिएको हो । अधिकृतस्तरका कर्मचारीले नेपाल भर काम गर्नुपर्नेछ भने सहायकस्तरका कर्मचारीले आवेदन फारम बुझाउने प्रदेशअन्तर्गतका प्राधिकरणका विभिन्न कार्यालयमा काम गर्नुपर्नेछ ।

प्रादेशिकस्तरको विज्ञापनबाट छनोट भई नियुक्त हुने कर्मचारीको ७ वर्षसम्म त्यस क्षेत्रका कार्यालयबाहेक अन्यत्र सरुवा हुने छैन । दरखास्त पुस २५ गतेसम्म दिन सकिनेछ । अधिकृतस्तर तह ८ वा त्यसभन्दा माथिका पदका लागि दरखास्त दिने अन्तिम मितिसम्ममा २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र तह ७ को पदमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ ।

Advertisement

तर, महिला र अपांगता भएका उमेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ । सहायक स्तर तह ५ का पदमा १८ वर्ष पूरा भई ३५ ननाघेको हुनुपर्नेछ ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top