NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बालेनःसतरंजका खुंखार खेलाडी,जेनजी आन्दोलनका किङमेकर शुक्रबार अशोज ३ , २०८२
एक्शनमा कुलमान,अलपत्र आयोजनाको ठेक्का तोडिने,सुनकोशी मरिन रद्ध शुक्रबार अशोज ३ , २०८२
नेताले गरे संविधान दिवस समारोह बहिष्कार,कुन नेताले के रटान लगाए ? शुक्रबार अशोज ३ , २०८२
ओलीमा अझै गएन घमण्ड, न पश्चाताप न क्षमा याचना शुक्रबार अशोज ३ , २०८२
ओलीको वाक्य फुट्यो,‘ताकी ताकी गोली हान्न आदेश दिएको थिइन’ शुक्रबार अशोज ३ , २०८२
Next
Prev

समाचार

रविविरुद्ध आज भएन मुद्दा दर्ता, अब आइतबार के हुन्छ ?

शुक्रबार पुस ५ , २०८१
Reading Time: 1 min read
A A
रविले कांग्रेसलाई मैदानमा बोलाए, तयार छन् गगन ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

५ पुष ,काठमाण्डौ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले आज रास्वपा सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीबाहेक १९ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

सहकारी ठगीमा पूरक उजुरी परेका १९ जनाविरुद्ध मात्र शुक्रबार मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिएकी छन् । लामिछाने र जोशीमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धान भइरहेकोले आइतबार मुद्दा दर्ता गर्ने तयारी छ ।

LS Auto

सहकारीको सम्पत्ति गोरखा मिडियामा ल्याएर संगठित अपराध गरेको भन्दै पूर्वडीआईजी तथा गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन उपाध्यक्ष छविलाल जोसीलाई असोज ६ गते प्रहरीले पक्राउ गरेको थियो । उनको पक्राउको ८९ दिन भइसकेहकाले भोलि अन्तिम दिन हो ।

अन्तिम दिन बिदाको दिन पर्दा त्यसपछि कार्यालय खुल्ने दिनलाई अन्तिम मिति मानिने हुँदा आइतबार ९० दिनहको हदम्याद सकिने भएकाले सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा आइतबार मुद्दा दायर गर्ने तयारी छ ।

सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीबी राई, उनका दाजु भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेल, सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराईविरूद्ध मुद्दा दर्ता गरिएको छ।

पूर्वसचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्यहरू शिवबहादुर गुरूङ, भविश्वर अर्याल र आइस्मा गुरूङ, लेखा समितिका संयोजक सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरूङविरूद्ध सहकारी ठगी मुद्दा अदालतमा विचाराधीन छ।

उनीहरूलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण निवारण ऐनअनुसार थप अभियोग पेस गर्ने तयारी सरकारी वकिलको छ। यसअघि उनीहरूविरूद्ध सहकारी ठगीको अभियोग मात्र लगाइएको थियो। सूर्यदर्शन सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा गैरकानुनी रूपमा रकम लगेर हिनामिना गरेको आरोप लागेका रवि लामिछानेसहित ५ जना विरूद्धको पूरक अभियोग भने आइतबार मात्र जिल्ला अदालतमा दर्ता हुने सरकारी वकिलको कार्यालयले जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, रामप्रसाद खनाल, लिला पछाई र कृष्ण गुरूङविरूद्ध आइतबार जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको हो। उनीहरूविरूद्ध पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण ऐन अनुसार अभियोग लैजाने सरकारी वकिलको तयारी छ।

जिल्ला सरकारी वकिलको कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले कानुन अनुसार हदम्यादभित्रै अदालतमा मुद्दा दर्ता हुने बताएकी छन् । कानुनअनुसार सहकारी ठगीमा २५ दिन, संगठित अपराधमा ६० दिन र सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसार ९० दिनसम्म अभियुक्तलाई हिरासतमा राखेर अनुसन्धान गर्न सक्छ।

सहकारी पीडितले गत वर्ष माघ २२ गते दिएको किटानी जाहेरीका आधारमा लामिछानेलाई कात्तिक २ गते काठमाडौंमा पक्राउ गरी पोखरा ल्याइएको थियो। पूर्वडीआईजी छविलाल जोशीलाई भने असोज ६ गते पक्राउ गरिएको थियो।

एउटै मुद्दा भएकाले जोशी पक्राउ परेको दिनदेखि हदम्याद गणना गरिएको छ। उनीहरूविरूद्ध एउटै मुद्दा दर्ता हुने सरकारी वकिलको कार्यालयले जनाएको छ। सूर्यदर्शन सहकारी पीडितले गत माघ २२ गते लामिछानेसहित विभिन्न कम्पनीका संचालक र कम्पनीका प्रबन्ध निर्देशकविरूद्ध जाहेरी दिएका थिए।

सोही जाहेरीका आधारमा सूर्यदर्शन सहकारी ठगी मुद्दामा लामिछानेलाई पक्राउ गरी पूरक अभियोग अदालतमा पेस गरेको हो । प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयलाई सोमबार बुझाएको प्रतिवेदनमा ५१ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ।

थप १४ जनाको ठेगाना नखुलेकाले ठेगाना खुलेपछि अनुसन्धान गर्ने र प्रतिवादी बनाउने राय दिएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्त शर्माले बताएका छन् । उनका अनुसार सूर्यदर्शन सहकारी ठगीमा अहिले ९ जना पुर्पक्षका लागि कारागारमा छन् भने ५ जना हिरासतमा छन्।

सहकारी ठगीका मुख्य योजनाकार मानिएका जिबी राइसहित ३७ जना फरार छन्। प्रहरीले उनीहरूसँग १ अर्ब ५१ करोड ४० लाख रुपैया बिगो असुल गर्न पनि सरकारी वकिलको कार्यालयलाई राय दिएको छ।

Tags: #रविविरुद्ध आज भएन मुद्दा दर्ता#सहकारी ठगीमा मुद्दा दर्ता#सूर्यदर्शन सहकारी ठगी प्रकरण

लोकप्रीय

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनःसतरंजका खुंखार खेलाडी,जेनजी आन्दोलनका किङमेकर

शुक्रबार अशोज ३ , २०८२
फेरि तातिए कुलमान,उद्योगमा लाइन फेरि काट्ने

एक्शनमा कुलमान,अलपत्र आयोजनाको ठेक्का तोडिने,सुनकोशी मरिन रद्ध

शुक्रबार अशोज ३ , २०८२
जेनजीको आवाजलाई संविधानले कहिले समेट्छ ?

नेताले गरे संविधान दिवस समारोह बहिष्कार,कुन नेताले के रटान लगाए ?

शुक्रबार अशोज ३ , २०८२

विचार

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनःसतरंजका खुंखार खेलाडी,जेनजी आन्दोलनका किङमेकर

शुक्रबार अशोज ३ , २०८२
फेरि तातिए कुलमान,उद्योगमा लाइन फेरि काट्ने

एक्शनमा कुलमान,अलपत्र आयोजनाको ठेक्का तोडिने,सुनकोशी मरिन रद्ध

शुक्रबार अशोज ३ , २०८२
जेनजीको आवाजलाई संविधानले कहिले समेट्छ ?

नेताले गरे संविधान दिवस समारोह बहिष्कार,कुन नेताले के रटान लगाए ?

शुक्रबार अशोज ३ , २०८२

थप समाचार

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर
ताजा समाचार

बालेनःसतरंजका खुंखार खेलाडी,जेनजी आन्दोलनका किङमेकर

शुक्रबार अशोज ३ , २०८२
फेरि तातिए कुलमान,उद्योगमा लाइन फेरि काट्ने
ताजा समाचार

एक्शनमा कुलमान,अलपत्र आयोजनाको ठेक्का तोडिने,सुनकोशी मरिन रद्ध

शुक्रबार अशोज ३ , २०८२
जेनजीको आवाजलाई संविधानले कहिले समेट्छ ?
ताजा समाचार

नेताले गरे संविधान दिवस समारोह बहिष्कार,कुन नेताले के रटान लगाए ?

शुक्रबार अशोज ३ , २०८२
ओलीमा अझै गएन घमण्ड, न पश्चाताप न क्षमा याचना
ताजा समाचार

ओलीमा अझै गएन घमण्ड, न पश्चाताप न क्षमा याचना

शुक्रबार अशोज ३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

00:17:46

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२

हालका पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनःसतरंजका खुंखार खेलाडी,जेनजी आन्दोलनका किङमेकर

शुक्रबार अशोज ३ , २०८२
फेरि तातिए कुलमान,उद्योगमा लाइन फेरि काट्ने

एक्शनमा कुलमान,अलपत्र आयोजनाको ठेक्का तोडिने,सुनकोशी मरिन रद्ध

शुक्रबार अशोज ३ , २०८२
जेनजीको आवाजलाई संविधानले कहिले समेट्छ ?

नेताले गरे संविधान दिवस समारोह बहिष्कार,कुन नेताले के रटान लगाए ?

शुक्रबार अशोज ३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.