NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कर्णाली याक्सको नयाँ जर्सी सार्वजनिक बिहिबार कार्तिक ६ , २०८२
आजको विदेशी मुद्राको विनिमय दर बिहिबार कार्तिक ६ , २०८२
५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा मङ्लबार कार्तिक ४ , २०८२
ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता मङ्लबार कार्तिक ४ , २०८२
पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी मङ्लबार कार्तिक ४ , २०८२
Next
Prev

समाचार

भीम रावलले छाडे एमाले, नयाँ पार्टी बारे यसो भने

बुधबार पुस १७ , २०८१
Reading Time: 1 min read
A A
भीम रावलले भने – यस्तै हो भने पार्टीमा बस्न सकिदैँन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१७ पुष , काठमाण्डौ।

नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले पत्रकार सम्मेलनबाटै केपी ओलीलाई स्पष्टीकरण सोधेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै रावलले यस्तो प्रश्न गरेका हुन् । ओलीले पार्टीमा अन्तरविरोध बढाएको, फरक मतलाई सम्मान नगरेको लगायतका विषयमा प्रश्न उठाउँदै बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनबाटै उनले स्पष्टीकरण सोधेका हुन् ।

ओलीले आफूले उठाएको विषयमा चित्तबुझ्दो जवाफ नदिए मिसन ०८४ मा जनताले देखाइदिने चेतावनी दिए । त्यसक्रममा उनले ओलीलाई विभिन्न समयमा राष्ट्रहित विपरीत गरेका निर्णय, गुठी आन्दोलन, राजनीतिलाई अस्थिर तुल्याउने गतिविधि, सरकारमा रहँदा आफूले गरेका प्रतिवद्धता पुरा नगरेको, सङ्क्रमणकालीन काम, द्रुतमार्ग, ६ लेनको राजमार्ग, विद्युतीय रेल, चक्रपथ रेल, मेट्रो, मनोरेल, प्रतिव्यक्ति आय, असमान सन्धि सम्झौताबारे के गर्नुभयो ? भनेर प्रश्न गरे ।

उनले घरघरमा खाना पकाउने ग्यास पाइप, पानी जहाज, अन्तरिक्षमा आफ्नै यान र नेकपा विवादबारे प्रश्न गरेका छन् । यस्तै उनले तत्कालीन नेकपा फुटाएको आरोप लगाएका छन् । नेकपामा अन्तरभेद सृजना गरेको उनको भनाइ छ । यस्तै, उनले आलोचक तथा विरोधीको उम्मेदवारी दिन रोक्ने गरेको आरोपसमेत लगाएका छन् ।

बालुवाटारमा रअका प्रमुख सामन्त गोयलसँग भेट्नु पदीय मर्यादाअन्तर्गत थियो ? उनले प्रश्न गरेका छन् । लुम्बिनी प्रदेशका तत्कालीन सांसद विमला वलीलाई अपहरणको आरोप समेत लगाएका छन् । ‘पद हत्याउन लुम्बिनी प्रदेशका तत्कालीन सांसद विमला वलीलाई अपहरण तपाईंको गुटिया महासचिव शंकर पोखरेल होइन ?’ उनले भने ।

उनले प्रधानमन्त्री रहँदा ओली भारत सरकारसामु लम्पसार परेको आरोपसमेत बताएका छन् । ओलीले केही युवालाई रक्सी खुवाएर आफू बसेको होटलबाहिर नाराबाजी गर्न लगाएको आरोप लगाएका छन् । उनले भने, ‘उद्घाटन सत्रको अघिल्लो दिनको साँझ म सौराहा पुगेको थिएँ । बस्ने ठाउँको अतोपतो थिएन । उहाँ (केपी ओली)ले आफ्ना पक्षधरलाई भने रोजेको खोजेको व्यवस्था गर्नु भएको थियो । म आफ्नै व्यवस्थाले बसेको होटलबाहिर रक्सी खुवाएर केटाहरुलाई नाराबाजी गर्न लगाइयो । मेरो आग्रहमा सशस्त्र प्रहरी बलले उनीहरुलाई हटायो ।’

बागमती नदीको किनारामा बसेको सुकुम्बासीका लागि बनाइएको भवन आफ्नी पत्नीको मानव सेवा आश्रमलाई निःशुल्क प्रयोग गर्न दिएको उनको आरोप छ । रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन ल्याउन खोजेको भनेर पत्याउनुपर्ने हो भन्दै प्रश्न गरेका छन् ।

‘मेरो ४९ वर्षको पार्टी सदस्यता खोस्ने र ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोज्ने, पार्टीले प्रतिक्रियावादी र देशद्रोही भनिएकाहरू भ्रष्ट, अनैतिक, विचौलिया र दलालहरूसँग साँठगाँठ गरी केपी ओलीले देशमा के सुशासन र समाजवाद ल्याउन खोजेको भनेर पत्याइदिनुपर्ने हो र ?,’ रावलको प्रश्न छ ।

उनले वर्तमान सरकारले भ्रष्टाचार काण्डहरूमा ठूला भनिएकाहरूलाई जोगाउने काम गरिरहेको आरोप पनि लगाएका छन् । ‘सत्तामा हालीमुहाली गर्ने भनिएकाहरू नै हस्तक्षेप गर्ने उपकरण बनेका छन्,’ रावलले भने, ‘भाडाका सिपाही, श्रमीक, सुसारे, सेवक भएर विदेशमा पसिना बगाउन थुप्रै नेपाली बाध्य भइरहेका छन् ।’

यस्तै रावलले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफूले चाहिँ माधव नेपाल र झलनाथ खनालसँग अध्यक्ष पदमा किन प्रतिस्पर्धा गरेको भनेर प्रतिप्रश्न गरेका छन्। रावलले पार्टीको दसौँ महाधिवेशनमा आफू अध्यक्षमा उठ्दा ओलीले किन उठेको भनेर प्रश्न गरेको सुनाउँदै उक्त प्रतिप्रश्न गरेका हुन्।

‘मलाई महाधिवेशनमा अध्यक्ष पदमा किन उठेको भन्नेजस्तो प्रश्न गरेको पढ्दा प्रतिप्रश्न गर्न मन लाग्यो’, रावलले भने, ‘तपाईं केपी ओलीले चाहिँ आठौँ महाधिवेशनमा झलनाथ खनाल र नवौँ महाधिवेशनमा माधवकुमार नेपालसँग अध्यक्षमा किन प्रतिस्पर्धा गरेको?’

रावलले देश र जनतासँग सम्बन्धित समग्र विचार, कार्यक्रम, नीति तय गर्दै देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण गर्ने भएका छन् । उनले ‘अबको बाटो’ देखाउँदै भनेका छन्, “देशको जनशक्ति र प्राकृतिक स्रोत सर्वप्रथम देशको सर्वोपरी हितमा परिचालित र उपयोग हुनुपर्ने कुरालाई नीति र निर्णयमा स्थापित गर्नुपर्छ ।”

रावलले एमाले ओलीप्रति आक्रोश पोख्दै झुटा कुरामा लत बसेको आरोप लगाएका छन् । “तपाईंको झुटा कुराको सहारामा लत बसेछजस्तो छ,” रावलले ओलीप्रति आक्रोश पोख्दै भने, “म ९०४ मतसहित सदस्यमा विजयी भएको थिएँ । मलाई सपथ लिन लगाउनुभएको होइन र ? तपाईंलाई बा भन्नेहरुबाट सपथ लिएन भनेर प्रचार गराइएको होइन र ?”

यस्तै रावलले एमालेका अध्यक्ष केपी शर्मा ओली आफैंले प्रतिगामी भनेकाहरुसँगको साँठगाँठमा रहेको आरोप लगाएका छन् । उनले ओलीको निर्णयविरुद्ध प्रश्न उठाउने र देशभक्तहरुलाई निरंकुश शैलीमा हटाउन थालेको बताएका छन् । उनले भने, ‘निरंकुश र अन्यायपूर्ण ढंगले सदस्यता नै खाएपछि पार्टीको कर्मठ सदस्यको रुपमा जीवन पर्यन्त रहिरहने मेरो अवस्था रहेन।

त्यसैले आज देश र जनताको हितको लागि नयाँ विकल्पमा हिँड्न बाध्य भएँ ।’ उनले सत्ता र पद हत्याउने होडको कारणले ठूला दलहरु सिद्धान्तहीन, गन्तव्यहीन बाटोमा लागेको टिप्पणी पनि गरे , रावलले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै व्यङ्ग्यात्मक कविताबाट पत्रकार सम्मेलनको सुरु गरेका थिए ।

ओलीले आफूलाई पूर्वाग्रही शैलीमा आफूलाई हटाएको भन्दै पत्रका सम्मेलनको अशिकांश समय उनले आक्रोश पोखेका छन्।

Tags: #भीम रावल#भीम रावलले ओलीलाई सोधे स्पष्टीकरण

लोकप्रीय

कर्णाली याक्सको नयाँ जर्सी सार्वजनिक

कर्णाली याक्सको नयाँ जर्सी सार्वजनिक

बिहिबार कार्तिक ६ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आजको विदेशी मुद्राको विनिमय दर

बिहिबार कार्तिक ६ , २०८२
५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

मङ्लबार कार्तिक ४ , २०८२

विचार

कर्णाली याक्सको नयाँ जर्सी सार्वजनिक

कर्णाली याक्सको नयाँ जर्सी सार्वजनिक

बिहिबार कार्तिक ६ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आजको विदेशी मुद्राको विनिमय दर

बिहिबार कार्तिक ६ , २०८२
५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

मङ्लबार कार्तिक ४ , २०८२

थप समाचार

कर्णाली याक्सको नयाँ जर्सी सार्वजनिक
खेलकुद

कर्णाली याक्सको नयाँ जर्सी सार्वजनिक

बिहिबार कार्तिक ६ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह
आर्थिक

आजको विदेशी मुद्राको विनिमय दर

बिहिबार कार्तिक ६ , २०८२
५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा
आर्थिक

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

मङ्लबार कार्तिक ४ , २०८२
ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता
अन्तर्राष्ट्रिय

ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

मङ्लबार कार्तिक ४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएलासँग ५००० रूसी मिसाइल, क्यानडाले माग्यो नेतन्याहुको गिरफ्तारी || Nepal Times

World News: भेनेजुएलासँग ५००० रूसी मिसाइल, क्यानडाले माग्यो नेतन्याहुको गिरफ्तारी || Nepal Times

00:17:50

World News: उत्तरले हान्यो ब्यालिस्टिक मिसाइल, बेलायती ‘स्टोर्म श्याडो’ रुसी प्लान्टमा|| Nepal Times

00:15:42

World News: पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आह्वान || Nepal Times

00:14:56

World News: Russiaमा माओवादी पूर्वलडाकु कमान्डर, कोलम्बियाली राष्ट्रपति ‘लागू औषध नेता’

00:19:42

World News: मोरोक्कोको जेनजी आन्दोलन उग्र, गाजामा फेरि यु*द्ध || Nepal Times

00:12:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

आइतवार कार्तिक २ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आजको विदेशी मुद्राको विनिमय दर

बिहिबार कार्तिक ६ , २०८२

हालका पोस्टहरू

कर्णाली याक्सको नयाँ जर्सी सार्वजनिक

कर्णाली याक्सको नयाँ जर्सी सार्वजनिक

बिहिबार कार्तिक ६ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आजको विदेशी मुद्राको विनिमय दर

बिहिबार कार्तिक ६ , २०८२
५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

मङ्लबार कार्तिक ४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.