×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

रक्सी खुवाएर रावलविरुद्ध केटा परिचालन,ओलीका लागि लेखे कविता

१७ पुष २०८१

१७ पुष , काठमाण्डौ।

नेकपा (एमाले)बाट निष्कासित नेता भीम रावलले मातृभूमि जागरण अभियान चलाउने भएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेका रावलले मातृभूमि जागरण अभियान सञ्चालन गरेर देश र जनताको हक र हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति र समुदायलाई एकताबद्ध गर्ने बताएका छन् ।

Advertisement
Advertisement

“देश र जनताले भोगिरहेका समस्याहरूको समाधान र चुनौतीहरूको सामना गर्दै स्वाधीन, स्वतन्त्र र स्वाभिमानी नेपाललाई पुनर्जागरणको दिशामा अगाडि बढाउनुपर्छ । स्वदेश र प्रवासमा रहेका नेपालीहरूका आवाज, आकांक्षा र आवश्यकतालाई गहिरो गरी मनन र विश्लेषण गर्दै राज्य र राजनीतिलाई त्यसको सेवामा समर्पित गर्नुपर्छ,“ उनले भनेका छन् ।

देशको जनशक्ति र प्राकृतिक स्रोत सर्वप्रथम देशको सर्वोपरि हितमा परिचालित र उपयोग हुनुपर्ने कुरालाई नीति र निर्णयमा स्थापित गर्नुपर्ने उनको भनाइ छ । “राजनीति, राजनीतिक दल, सिद्धान्त सबै देशको सर्वोपरि हित पूरा गर्न माध्यम र साधन मात्र हुन्, देश सबैभन्दा माथि हुन्छ धारणालाई बलियो गरी अबलम्वन गर्नुपर्छ ।

राजनीति दल र राज्यका सबै अवयव र संयन्त्रहरू राष्ट्रिय हित, जनताको समृद्धि र कल्याणमा केन्द्रित र सञ्चालित हुनुपर्छ,“ उनले भनेका छन् । उनले अगाडि भनेका छन्, “यसका लागि विधि, पद्धति, प्रणाली र सुशासनको बाटोमा निस्वार्थरूपमा दृढताका साथ हिँड्नुपर्छ यस्ता मान्यताहरूको आधारमा देश र जनतासंग सम्बन्धित समग्र विचार, कार्यक्रम, नीति तय गर्दै देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको छ। यसैतर्फ हाम्रो पाइला र प्रयासहरू अगाडि बढ्ने छन् ।“

रावलले व्यङ्ग्यात्मक कवितामार्फत केपी शर्मा ओलीलाई जवाफ दिएका छन् । बुधबार बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन सुरु हुनुअघि उनले कविता वाचन गरेका हुन् ।
उनको कविता –

सिद्धान्त सोधे उत्तेजित हुने, के रोग लाग्यो नि,
गन्तव्य सोधे लाठो नै लाउने के झोँक जाग्यो नि
तथ्य र सत्य घोच्दछ तिम्लाई, के भयो भनन
के दियौ देशलाई घरिना हुँदा कुरा त सुनन

सुनलाई पित्तल, पित्तललाई सुन किन पो भन्दछौ ?
रातदिन केवल सत्ताको हिसाब लुब्ध भई गन्दछौ
चामल र ढुङ्गा उस्तै हो भन्छौ स्वार्थको बगरमा
फनफनी जनता घुमाउँछौ किन त्यो कालो कहरमा

भनन भन, तृप्ति तिमीलाई कहिले हुने हो
भ्रष्ट आचार बेलगाम कृते असह्य हुने भो
सामूहिक घर कसरी भन्छौ एकलौटी मेरै हो
पाखण्ड तन्त्र अवसर तन्त्र अब त धेरै पो

यहाँ मातृभूमि चित्कार गर्छिन्, अटट्हाँस गर्दछौँ
स्वाधीनता गौरव जोगाउनुपर्दा लुसुक्क पर्दछौँ
नठान यहाँ स्वाभिमान हाम्रो मरेर जानेछ
शक्तिको उन्माद सबैलाई अब खर्लप्प खानेछ ।

रावलले पार्टीबाट आफ्नै कारणले बाहिरिएको भनी प्रचार गरेको भन्दै त्यसप्रति आपत्ति जनाएका छन्। पत्रकार सम्मेलनमा उनले भने, ‘विधान महाधिवशेनबाट पारित विधानमा पदाधिकारीमा दिएको उम्मेदवारी केन्द्रीय सदस्यमा स्वतः नरहने भएकाले मैले केन्द्रीय सदस्यमा कसरी जिते भन्दै सपथ लिन नमानेको हुँ।’ उनले अगाडि भने, ‘अहिले आएर सदस्य पदमा म निर्वाचित नभएको भनेर उल्लेख भएको देख्दा सोध्न चाहान्छु, महाधिवेशनको बन्द सत्रमा गरिएको घोषणा ठिक थियो कि अलिहे पत्रमा फरक किसिमले लेखिएको कुरा साँचो हो?’

रावलले पार्टीको जिम्मेवारी दिनेबारे अध्यक्ष केपी शर्मा ओली वा उनी पक्षका कुनै पनि नेताले आफूसँग परामर्श नगरेको दाबी गरे। ‘पत्रमा मलाई आफ्नै कारणले कार्यकारी भूमिकाबाट बाहिरिएको आरोप लगाइएको रहेछ,’ उनले भने, ‘के जिम्मेवारीबारे तपाईं अध्यक्ष केपी शर्मा ओली लगायत कसैले छलफल गरेको थियो? पार्टीमा पाँच दशक काम गरेको र अध्यक्षमा उम्मेदवारी दिएको मसँग अध्यक्ष मण्डल वा तपाईंबाट कुनै छलफल गरिएन।’

उनले थपे, ‘त्यसरी नै महाधिवेशनपछि तपाईं लगायत जिम्मेवारीबारे कसैले पनि कहिल्यै कुरा गरेन। यस्तो तथ्यमाथि पर्दा हाल्न आफ्नै कारणले बाहिरिएको भन्नु लज्जास्पद छ।’ उनले सल्लाहकार परिषद्को सदस्यमा बस्न नमाने भन्ने एमालेको आरोपको पनि खन्डन गरे।

उनले जिम्मेवारी दिनुअघि सम्बन्धित व्यक्तिसँग परामर्श गर्ने एमालेको सामान्य प्रचलन भए पनि आफूसँग कुनै सल्लाह नगरिएको गुनासो गरे। ‘जिम्मेवारी दिनुअघि सम्बन्धि व्यक्तिसँग परामर्श गर्नु र निजको राय लिनु नेकपा एमालेको जन्मकालदेखि नै गरिएको अभ्यास हो,’ रावलले भनाइ छ, ‘महाधिवेशनको समापन बैठकमा महाधिवेशनबाट निर्वाचित अध्यक्ष लगायतलाई पराजित अध्यक्षका उम्मेदवारले बधाई ज्ञापन गर्ने सामान्य परम्परा र अभ्यास अनुरुप मैले बधाई ज्ञापन गर्छु भन्दा त्यसो पनि गर्न नदिइएको तितो पृष्ठभूमिमा स्थिति सामान्य बनाउन महाधिवेशनपछि तपाईं वा तपाईं पक्षधर नेताले मसँग जिम्मेवारीबारे कुरासम्म गरिएको थिएन।’

आफूलाई सल्लाहकार परिषद्को जिम्मेवारी दिएको आफूले सञ्चारमाध्यमबाट मात्रै थाहा पाएको बताए। ‘मलाई जानकारी नै नदिइ सल्लाहकार परिषद्को सदस्य बनाउने भन्ने कुरा मैले संचारमाध्यमबाट अछाममा थाहा पाएँ,’ रावलको जिकिर छ, ‘यदि मलाई साँच्चै त्यही जिम्मेवारीमा पनि स्वच्छ मनले राख्न खोजेको भए मेरो असहमतिपछि मलाई बोलाएर सल्लाहकार परिषद्मा राख्नुको कारणबारे विधिवत जानकारी गराइन्थ्यो होला नि?’

रावलले चितवनको महाधिवेशनमा आफूले अध्यक्ष पदमा उम्मेदवार दिँदा अध्यक्ष ओलीले रक्सी खुवाएर पार्टीकै युवालाई आफूविरुद्ध नाराबाजी गर्न लगाएको आरोप पनि लगाएका छन् । ‘म आफ्नै व्यवस्थाले बसेको होटल बाहिर रक्सी खुवाएर केटाहरूलाई नाराबाजी गर्न लगाइयो’, रावलले भने, ‘मेरो आग्रहमा सशस्त्र प्रहरीको टोलीले त्यहाँबाट धपायो।’

Advertisement

२०७८ मंसिरमा चितवनमा भएको एमालेको दसौँ महाधिवेशनमा रावल ओलीविरुद्ध अध्यक्ष पदमा उठेका थिए तर उनी पराजित भए। त्यसयता उनी ओलीको आँखाको तारो बनेका थिए। यसै क्रममा उनलाई जिम्मेवारीविहीन बनाउँदै यही पुस १० गते एमाले सचिवालय बैठक राखेर साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निष्कासन गरिएको हो।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top