×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

थुनछेक बहसमा रविको अब्जेक्सन, रविका पक्षमा १५ अधिवक्ता

१९ पुष २०८१

१९ पुष , काठमाण्डौ।

सूर्यदर्शन सहकारी ठगी मुद्दामा आज चौथो दिनको थुनछेक बहस हुँदैछ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा हिजो तेस्रो दिनको थुनछेक बहसमा जाहेरवालाको तर्फबाट बहस गरेका थिए ।

Advertisement
Advertisement

वरिष्ठ अधिवक्ताद्वय दीनेश त्रिपाठी, डा. सुरेन्द्र भण्डारीसहित अधिवक्ता बेदबहादुर विष्ट, रामचन्द्र गौतम, युवराज पराजुली र हरि कट्टेलले बहस गरेको जिल्ला अदालत कास्कीले जनाएको छ । जाहेरवालाको तर्फबाट केही बाकी रहेको र आज पुनः हुने कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

त्यसलगत्तै प्रतिवादीको तर्फका वकिलले बहस गर्नेछन् । प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, डा. नारायण घिमिरे, हरि सुवेदी, रोहित बाँस्तोला, डा. नारायणदत्त कँडेल, सुदीज्ञ पन्त लगायतले बहस गर्ने तयारी गरेका छन् ।

रास्वपा सांसद समेत रहेकी सोविता गौतम पनि प्रतिवादी लामिछाने लगायतको पक्षमा बहस गर्ने तयारीमा छिन् ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित पूर्वडिआईजी छविलाल जोशी, लिला पछाईं, आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङमाथि बहस भएको हो ।

जाहेरवाला तर्फका बहस गरेका कानुनी व्यवसायीले सार्वजनिक रुपमा महत्वपूर्ण पदमा रहेकाले बाहिर निस्कदा प्रमाण नष्ट गर्न सक्ने भएकाले थुनामा राख्नुपर्ने बताएका थिए । प्रमाण, मिसिल हेर्दा यो सामाजिक, आर्थिक, सांगठागिक र सम्पत्ति शुद्धीकरण अपराध रहेको उनीहरुको तर्फ थियो ।

जिल्ला अदालत कास्कीमा सूर्यदर्शन सहकारी पीडितका कानुन व्यवसायीले बहस गर्दैगर्दा रवि लामिछानेले आपत्ति जनाएका थिए । जाहेरवाला सहकारी पीडितका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बहस गर्दैगर्दा लामिछानेले आपत्ति जनाएका हुन्।

लामिछानेले नेपालमा मात्र नभएर अमेरिकामा पनि कर छली गरेर नेपाल आएको र अमेरिकाको विभिन्न अदालतमा मुद्दा रहेको कुरा उठाएका थिए। भण्डारीले उक्त कुरा उठाउन थालेपछि लामिछानेले हात उठाएर ‘अब्जेक्सन’ भनेको सहकारी पीडितका अर्का कानुन व्यवसायी अधिवक्ता युवराज पराजुलीले बताएका छन् ।

लामिछानेले आपत्ति जनाएपछि न्यायाधीश नीतिज राईले रोकेका थिए। उनले तपाईंका कानुन व्यवसायीले पछि बहस गर्नुहुन्छ भनेर रोकेको अधिवक्ता पराजुलीले बताए। त्यसपछि लामिछानेले बहस सुनेका थिए।

बिहीबार जाहेरवाला सहकारी पीडितका तर्फबाट ६ जना कानुन व्यवसायीले बहस गरेका सकेका छन्। आजदेखि प्रतिवादीका कानुन व्यवसायीले बहस गर्नेछन्। आज प्रतिवादी पूर्वडिआइजी छविलाल जोशीका ६ जना कानुन व्यवसायीले बहस गर्नेछन् भने त्यसपछि रवि लामिछानेका १५ जना कानुन व्यवसायीले बहस गर्नेछन्।

लिला पछाईंका तर्फबाट १ जना कानुन व्यवसायीले बहस गर्नेछन् भने बाँकी प्रतिवादीका तर्फबाट २÷२ जना कानुन व्यवसायीले बहस गर्नेछन्। थुनछेक बहसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने, पूर्वडिआइजी जोशी, नेचर हब्र्स इन्टरनेसनलका सञ्चालक रामप्रसाद खनाल, लिला पछाईं, मिना गुरूङ, कृष्णबहादुर गुरूङ र आरती गुरूङ प्रतिवादी छन्।

उनीहरूविरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण निवारण ऐन विपरीत कसुर गरेको अभियोग छ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरेको थियो ।

Advertisement

वकिल कार्यालयले १ करोड ५१ लाखभन्दा बढी विगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो । सूर्यदर्शन सहकारी ठगीमा मुछिएका सहकारी सञ्चालक लगायत व्यक्तिविरूद्ध सुरूमा दर्ता गरिएको मूल अभियोग, थप अभियोग र रवि लामिछानेसहित जोडिएको पूरक अभियोग गरी ८ वटा कम्पनीसहित ६३ जनालाई प्रतिवादी बनाइएको छ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top