×

NEPAL TIMES UPDATES

Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026

क्यालिफोर्नियामा विमान दुर्घटना

१९ पुष २०८१

१९ पुष , काठमाण्डौ।

एक दिनअघि मात्रै आतंकवादी आक्रमण तथा गोलीकाण्डमा परी डेढ दर्जन नागरिक गुमाएको अमेरिकामा फेरि अर्काे शोक थपिएको छ। दक्षिणी क्यालिफोर्नियामा कम्तीमा दुई सयजना काम गरिरहेको फर्निचर निर्माण भवनको छतमाथि बिहीबार एउटा सानो विमान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

Advertisement
Advertisement

मृत्यु भएका व्यक्तिहरूको पहिचान, र तिनीहरू विमानमा थिए वा जमिनमा, अहिलेसम्म थाहा नभएको फुलर्टन प्रहरी प्रवक्ता क्रिस्टी वेल्सलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ । फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरका अनुसार डिज्निल्यान्डबाट ६ माइल (१० किलोमिटर) टाढा रहेको ओरेन्ज काउन्टीको फुलरटन म्युनिसिपल एयरपोर्टबाट उडान भरेको दुई मिनेटभन्दा कम समयमै विमान दुर्घटना भएको थियो।

दुर्घटनापछि आगो लागेको थियो ।दमकलकर्मी र पुलिस घटनास्थलमा पुगेर आगो निभाएका थिए । आगलागीले एउटा गोदामलाई क्षति पुर्यायो जसमा सिलाई मेसिन र कपडाको स्टक राखिएको थियो। फुलर्टन लस एन्जलसको ४० किलोमिटर दक्षिणपूर्वमा रहेको लगभग १ लाख ४० हजार मानिसहरूको शहर हो।

एबीसी न्यूजका अनुसार, नौ जनालाई अस्पतालमा भर्ना गरिएको छ भने बाँकी घाइतेहरुलाई घटनास्थलमा उपचार गरी घर फर्काइएको छ । क्यालिफोर्नियाको फुलर्टनको रेमर एभिन्यूको २३०० ब्लकमा दुर्घटना भएको हो।

घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। स्थानीय टेलिभिजन फुटेज र तस्बिरहरूले भवनबाट धुवाँ उठेको देखाएको छ । संघीय उड्डयन प्रशासनले विमानलाई एकल इन्जिन भ्यानको आरभी–१० को रूपमा पहिचान गरेको छ।

डिज्नील्याण्डबाट करिब ६ माइल टाढा रहेको फुलर्टन म्युनिसिपल एयरपोर्ट नजिकै दुर्घटना भएको हो। विमानस्थलमा एकल रनवे र हेलिपोर्ट छ। उडान भरेको केही समयपछि विमान दुर्घटना भएको थियो।

फ्लाइट–ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरले चार सिट भएको, एकल इन्जिनको विमान उडान भरेको करिब एक मिनेटपछि दुर्घटनाग्रस्त भएको सङ्केत गरेको छ। यसअघि नोभेम्बरमा, अर्को चार सिटर विमान टेकअफको केही समयपछि आपतकालीन अवतरण गर्ने प्रयास गर्दा विमानस्थलबाट आधा माइल टाढा रूखमा ठोक्किएको थियो।

Advertisement

सो दुर्घटनामा ओरेन्ज काउन्टी रजिस्टरका अनुसार विमानमा रहेका दुवै व्यक्तिलाई हल्का चोट लागेको थियो।

भर्खरको समाचार

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

सम्बन्धित खबरहरु

Scroll to Top