×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

चीनमा डरलाग्दो भाइरस ःअफवाह कि वास्तविकता ?

२० पुष २०८१

२० पुष , विराटनगर।

पछिल्लो दुई दिनदेखि चीनमा नयाँ भाइरसको प्रकोप बढेको र यसका कारण अस्पतालहरुमा विरामीको अत्याधिक भिड रहेको भन्ने खबर विश्वभर फैलिए । नयाँ प्रकोपले चनि थलपरेपनि कोभिड जसरी नै उसले यो अवस्था लुकाइरहेको भन्ने आक्षेप समेत लागेका थिए ।

Advertisement
Advertisement

तर अहिले चीनले देशभित्र त्यस्तो कुनै महामारी नफैलिएको भन्दै स्वास्थ्य सम्बन्धी सबै खबरहरुको खण्डन गरेको छ । गत वर्षको तुलनामा यस वर्ष जाडोमा हुने श्वासप्रश्वाससम्बन्धी रोगहरू कम गम्भीर रहेको भन्दै चीनले देशमा ठूलो मात्रामा फ्लूको प्रकोप भएको खबरको खण्डन गरेको हो ।

चिनियाँ विदेश मन्त्रालयले विदेशीहरुलाई चीन यात्रा गर्न सुरक्षित रहेको पनि बताएको छ। देशमा इन्फ्लुएन्जा ए र अन्य श्वासप्रश्वाससम्बन्धी रोगहरू फैलिने बारेमा सोधिएको प्रश्नको जवाफमा मन्त्रालयकी प्रवक्ता माओ निङले भनेकी छन् ।

“जाडो मौसममा श्वासप्रश्वासको संक्रमण चरम हुन्छ“ । सामाजिक सञ्जालमा प्रसारित भिडियोहरूमा चीनका अस्पतालहरूमा बिरामीहरूको ठुलो भीड देखिएको छ। “गत वर्षको तुलनामा, यी रोगहरू कम गम्भीर देखिन्छन् र सानो मात्रामा फैलिरहेका छन् “, निङले भनेकी छन् । “म तपाईँलाई आश्वस्त पार्न सक्छु कि चिनियाँ सरकारले चिनियाँ नागरिक र विदेशीहरूको स्वास्थ्यको ख्याल राख्छ। चीनमा यात्रा गर्नु सुरक्षित छ। “

निङले जाडोमा श्वासप्रश्वाससम्बन्धी रोगहरूको रोकथाम र नियन्त्रणका लागि चीनको राष्ट्रिय रोग नियन्त्रण तथा रोकथाम प्रशासनले जारी गरेको दिशानिर्देशलाई पनि उल्लेख गरेकी छन्। पछिल्ला केही दिनदेखि चीनमा, विशेष गरी भारत र इन्डोनेसियामा ठूलो मात्रामा फ्लूको प्रकोप भएको खबर आएको छ।

चीनका मानिसहरूले विगत केही महिनादेखि कडा चिसोको सामना गरिरहेका छन् । यता चीनमा फैलिएको भनिएको महामारीका विषयमा कतैबाट औपचारिक वा प्रामाणिक कुरा आइनसकेको संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले बताएका छन्।

कोरोना महामारी फैलिएको ५ वर्षपछि चीनमा फेरि अर्को नयाँ भाइरस ‘ह्युमन मेटान्युमो’को संक्रमण फैलिएको समाचार आएपछि चिकित्सक सुवेदीले यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

उनले जारी गरेको वक्तव्यअनुसार ‘ह्युमन मेटान्युमो भाइरसबाट प्रायः हुने सामान्य रुघाखोकी हो र कहिलेकाहीँ मात्र यसले चुस्त रोगप्रतिरोधी प्रणाली भएकालाई पनि निमोनिया (तल्लो श्वासप्रश्वास प्रणालीको संक्रमण) गराउँछ।’

उनले भनेका छन्, ‘त्यसैले भाइरसमा कुनै विशेष उत्परिवर्तन (म्युटेसन) नभईकन यसले मात्रै अहिले चीनमा देखिएको (देखिएकै हो भने) अस्पताल नै टनाटन हुने अवस्था ल्याउँदैन। यो भाइरस इन्फ्लुएन्जा वा पछिल्लो समयको कोभिडजस्तो चाँडो–चाँडो नयाँ उत्परिवर्तन हुने भनेर चिनिएको भाइरस पनि होइन।

उनका अनुसार प्रायः जाडो मौसममा श्वासप्रश्वास प्रणालीका धेरैथरी भाइरस र केही ब्याक्टेरियाको संक्रमण बढ्ने र त्यसले गर्दा एकैपटक धेरैजना अस्पताल भर्ना हुने गरेको देखिन्छ। उनले भनेका छन्, ‘चीनमा पनि सायद त्यस्तै भएको होला। चीन भनेपछि विशेषगरी कोभिडको अनुभवपछि पश्चिमा मिडियाले त्यसै अतिरञ्जना गर्ने गरेका छन्।

बरु अहिले बर्डफ्लुचाहिँ विश्वकै लागि चुनौती बनिरहेको उनको भनाइ छ। ‘बरु अहिले समग्र विश्वकै लागि सबैभन्दा ठूलो डरचाहिँ हामीले बर्डफ्लु भनेर सुन्ने गरेको इन्फ्लुएन्जा भाइरसहरूको समूहमध्ये एचफाइभएनवान भन्ने भाइरसको आसन्न वैश्विक महामारीको छ’, उनले भनेका छन्। तर यो कति महिनाभित्र फैलन्छ, त्यो भन्न नसकिने उनले बताएका छन्।

उनले अगाडि भनेका छन्, ‘तर विगत केही वर्षहरूमा जुन गतिले यसले पहिले समुद्री स्तनधारी जनावर अनि अमेरिका र क्यानडामा गाईवस्तु र अन्य जनावर, अनि तिनको हेरविचार गर्ने मानिसमा र पछिल्लो समय संक्रमित मानिस वा जनावर कसैसँग सम्पर्क नै नभएका मानिसलाई बिरामी बनाउँदै गएको छ, त्यसबारे चाहिँ सबै देश चनाखो भएर पूर्वतयारीमा जुट्न थालिहाल्नुपर्ने अवस्था आएको छ।’

चीनबाट कोभिड–१९ को उद्गम भएको पाँच वर्षपछि अर्को रहस्यमयी भाइरसले मानिसलाई त्रसित बनाएको खबरसले सनसनी मच्चाएकोछ । चिनियाँ अधिकारीहरूले देशका धेरै भागहरूमा मानव मेटाप्युमोभाइरस (एचएमपीभी) को प्रकोपको सामना गरिरहेको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

चिनियाँ अधिकारीहरूले नागरिकहरूलाई मास्क लगाउन र ह्युमन मेटाप्नेमोभाइरस (एचएमपीभी) बाट बच्न बारम्बार हात धुन आग्रह गरिरहेका छन् । चीनको सीडीसी वेबसाइटका अनुसार मानव मेटापन्यूमोभाइरस एक आरएनए भाइरस हो।

मेटान्यूमो भायरस एक आरएनए भाइरस हो, जुन पहिलो पटक २००१ मा डच अनुसन्धानकर्ताहरूले श्वासप्रश्वासको संक्रमण भएका बच्चाहरूको नमूनाहरू अध्ययन गर्दा पत्ता लगाएका थिए। सो अध्ययनले देखाएको छ कि मेटापनेउमो भाइरस कम्तिमा ६ दशकको लागि अवस्थित छ।

यो एक साझा जीवाश्म रूपमा संसारभर फैलिसकेको छ। मेटापनेउमो भाइरस मुख्यतया खोक्दा र हाछ्युँ गर्दा फैलिन्छ। संक्रमित व्यक्तिसँग नजिकको सम्पर्क र दूषित वातावरणको सम्पर्कबाट पनि संक्रमण हुन सक्छ।

सीडीसी वेबसाइटका अनुसार मेटापनेउमो भाइरस प्रायः जाडो र वसन्तमा पाइन्छ। एचएमपीभीले बच्चाहरूलाई आक्रमण गर्छ र कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसहरूमा खोकी, ज्वरो, नाक बन्द हुने र घरघराहट हुने लक्षणहरू देखा पर्छ ।

गम्भीर अवस्थामा मेटापनेउमोभाइरसले ब्रोंकाइटिस र निमोनिया पनि निम्त्याउन सक्छ। लङ्ग ओआरजीको अनुसार गम्भीर अवस्थामा डाक्टरहरूले ब्रोन्कोस्कोपी गर्न सक्छन्। यसमा एउटा सानो, लचिलो क्यामेरा फोक्सोमा घुसाइन्छ र भाइरसको परीक्षण गर्न तरल पदार्थको नमूना निकालिन्छ।

एचएमपीभीले पहिले नै रोग भएका मानिसहरूको ज्यान सजिलै लिन सक्छ। सन् २०२१ मा द ल्यान्सेट ग्लोबल हेल्थको एउटा लेखले तीव्र श्वासप्रश्वाससम्बन्धी रोग भएका पाँच वर्ष मुनिका बालबालिकाहरूमा हुने मृत्युको १ प्रतिशतको लागि एचएमपीभी जिम्मेवार रहेको तथ्यांक देखाइएको थियो ।

एनकेएल डटकमका अनुसार एसिटामिनोफेन वा इबुप्रोफेन जस्ता ओभर द काउन्टर औषधिहरूले मद्दत गर्न सक्छ। डिकन्जेस्टेन्टहरूले नाकको सिगानलाई कम गर्न पनि मद्दत गर्न सक्छ।दम, र पल्मोनरी फाइब्रोसिस भएका व्यक्तिहरूमा गम्भीर लक्षणहरू हुन सक्छन् ।

घरघराहट र खोकी नियन्त्रण गर्न औषधिको आवश्यकता पर्न सक्छ।अर्काे तर्फ हालसम्म, चीनमा फैलिएको भनिएको मेटापन्यूमोभाइरस सम्बन्धमा विश्व स्वास्थ्य संगठनले कुनै औपचारिक प्रतिक्रिया दिएको छैन् ।

सामान्यतया, विश्व स्वास्थ्य संगठनले नयाँ वा पुनःउदीयमान रोगहरूको निगरानी गर्दै आवश्यक परामर्श र निर्देशनहरू प्रदान गर्ने गर्छ। यदि मेटापन्यूमोभाइरसको प्रकोपले जनस्वास्थ्यमा गम्भीर असर पु¥याउने खतरा देखियो भने अवश्यपनि आवश्यक कदम चाल्ने सम्भावना रहन्छ ।

चीनले आफ्नो देशभित्र कुनै स्वास्थ्य खतरा नरहेको बताउँदै विदेशीहरूलाई भ्रमणका लागि खुला निमन्त्रणा दिएको छ। तर, सञ्चारमाध्यमहरूमा देखिएका दृश्यहरू र मेटापन्यूमोभाइरसको संक्रमणको खबरहरूले चीन भित्रको फरक कथा सुनाइरहेका छन्।

अस्पतालहरूमा बिरामीको भिड, स्वास्थ्य सेवा प्रणालीमाथि दबाब र बढ्दो संक्रमणका खबरहरूले चीनको आधिकारिक दाबीमाथि गम्भीर प्रश्न त खडा गरेका छन्। चिनियाँ सरकार नियन्त्रित सञ्चारमाध्यमले जे दाबी गरे पनि, स्वास्थ्य संकटजस्तो विषय लुकाएर लुकाउन सकिँदैन।

सत्यको प्रकृति नै यस्तो छ कि यो समयमै सतहमा आउँछ। महत्वपूर्ण प्रश्न चाँही चीनले यो सम्भावित स्वास्थ्य संकटलाई पारदर्शी रूपमा व्यवस्थापन गर्नेछ वा यसलाई पनि मात्रै चिसोको प्रभावका रुपमा परिभाषित गरेर फेरि पनि विश्वसामु गहिरो अविश्वासको छायाँ छोड्नेछ ? भन्ने रहेको छ । यस बारेमा तपाईका टिप्पणी अवश्य ब्यक्त गर्नुहोला ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top