रवि निर्दाेष रहेको बहस गर्ने अधिवक्ताहरु को–को छन् ?

२० पुस ८१, आइतबार

२१ पुष ,काठमाण्डौ।

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेतलाई मुख्य प्रतिवादी बनाइएको कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा आजपनि चलिरहेको छ ।

शुक्रबारदेखि सुरु भएको प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस आज पनि जारी रहने अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए । प्रतिवादी लीला पछाईँ र छविलाल जोशी पक्षका कानुनी व्यवसायीहरूले शुक्रबार बहस गरेका थिए ।

Advertisement

पछाईँ र जोशीका कानुन व्यवसायीको बहस अझै नसकिएको श्रेस्तेदार खनालले बताएका छन् । आज उनीहरुको बहस सकिएपछि सम्भवत मध्यान्नदेखि रवि पक्षको बहस हुनेछ ।वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाल र अपूर्व खतिवडाले जोशीका तर्फबाट बहस गरेका थिए भने पछाईका तर्फबाट अधिवक्ता गणेश भट्टराईले बहस गरेका थिए ।

उनीहरुले हद म्याद नाघेको र सहकारी ठगी अभियोग पुष्टि नहुने आधार र संगठित अपराध र सम्पत्ति शुद्धीकरणका कमजोर तथ्य ल्याएको भन्दै आरोप पुष्टि नहुने आधार र तर्क प्रस्तुत गरेका थिए । उनीहरुले हदम्याद नाघेर मुद्दा दायर गरिएको भन्दै यो मुद्दा नै खारेज गर्नुपर्ने बताएका थिए ।

Advertisement

यस्तै पैसा गएको भन्ने गोर्खा मिडिया प्रा.लि.विरुद्ध कुनै पनि आरोप दाबी नगरिएको भन्दै संचालक ब्यक्तिलाई मात्रै ठगीविरुद्ध अभियोग लगाइएको भन्दै यो बदनियतपूर्ण रहेको बताएका थिए । उनका तर्फबाट सतिस कृष्ण खरेल र शम्भु थापाले वहस गर्ने भनिएको छ ।

उनीहरुको बहस सकिएपछि रविका तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशीलकुमार पन्त, डा. नारायण घिमिरे, हरि सुवेदी, रोहित बाँस्तोला, डा. नारायणदत्त कँडेल, सुदीज्ञ पन्त लगायतले बहस गर्ने तयारी गरेका छन् ।

रास्वपा सांसद समेत रहेकी सोविता गौतम पनि प्रतिवादी लामिछाने लगायतको पक्षमा बहस गर्ने तयारीमा छिन् । उनीहरुले रवि निर्दाेष रहेको तर्क अदालत समक्ष प्रस्तुत गर्नेछन् ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति लामिछानेसहित पूर्वडिआईजी छविलाल जोशी, लिला पछाईं, आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङमाथि बहस भएको हो ।

यसअघि जाहेरवाला तर्फका बहस गरेका कानुनी व्यवसायीले सार्वजनिक रुपमा महत्वपूर्ण पदमा रहेकाले बाहिर निस्कदा प्रमाण नष्ट गर्न सक्ने भएकाले थुनामा राख्नुपर्ने बताएका थिए । प्रमाण, मिसिल हेर्दा यो सामाजिक, आर्थिक, सांगठागिक र सम्पत्ति शुद्धीकरण अपराध रहेको उनीहरुको तर्फ थियो ।

थुनछेक बहसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने, पूर्वडिआइजी जोशी, नेचर हब्र्स इन्टरनेसनलका सञ्चालक रामप्रसाद खनाल, लिला पछाईं, मिना गुरूङ, कृष्णबहादुर गुरूङ र आरती गुरूङ प्रतिवादी छन्।

उनीहरूविरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण निवारण ऐन विपरीत कसुर गरेको अभियोग छ ।प्रतिवादीहरूको बयान सकिएलगत्तै जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा मङ्गलबारदेखि थुनछेक बहस सुरु भएको थियो ।

जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले प्रतिवादीतर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि पुनः हाम्रोतर्फबाट जवाफी बहस सुरु हुने बताएकी छन् । थुनछेक बहसपछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ ।

यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ ।

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । सभापति लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले १ करोड ५१ लाखभन्दा बढी विगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो । सूर्यदर्शन सहकारी ठगीमा मुछिएका सहकारी सञ्चालक लगायत व्यक्तिविरूद्ध सुरूमा दर्ता गरिएको मूल अभियोग, थप अभियोग र रवि लामिछानेसहित जोडिएको पूरक अभियोग गरी ८ वटा कम्पनीसहित ६३ जनालाई प्रतिवादी बनाइएको छ।

सहकारी प्रकरणमा सबैभन्दा बढी चासो रविका बारेका रहेको छ । लामिछानेविरुद्ध सहकारी ठगीसहित सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ । गत कात्तिक २ गते पक्राउ परेका उनलाई वयानका लागि रुपन्देही, काठमाडौं, चितवन र पर्सा पनि लगिएको थियो ।

काठमाडौं प्रहरीले समेत रविसहित ४४ जनालाई प्रतिवादी बनाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top