११३ वर्षपछि लड्र्समा भिड्दै अष्ट्रेलिया भर्सेस दक्षिण अफ्रिका

२१ पुस ८१, आइतबार
Share this
790shares

२१ पुष ,एजेन्सी ।

Advertisement

भारतविरुद्धको सिरिज ३–१ ले जित्दैअस्ट्रेलिया विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । भारतविरुद्धको बोर्डर–गावस्कर ट्रफी अष्ट्रेलियाले जित निकालेको छ । सिड्नी क्रिकेट ग्राउण्डमा भारतविरुद्ध पाँचौ टेष्ट क्रिकेटमा ६ विकेटको जित निकाल्दै अष्ट्रेलिया आईसीसी वल्र्ड टेष्ट च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।

अष्ट्रेलियाले जितका लागि १ सय ६२ रनको लक्ष्य प्राप्त गरेको थियो । जसलाई उसले तेस्रो दिनको दोस्रो सेसनमा पुरा गर्यो । यो जित सहित अष्ट्रेलियाले पाँच म्याचको टेष्ट सिरिज ३–१ ले कब्जा गरेको छ । भारतविरुद्ध अष्ट्रेलियाले १० वर्षपछि टेष्ट सिरिजमा जित हासिल गरेको हो ।

Advertisement

यो जित सहित अष्ट्रेलिया वल्र्ड टेष्ट च्याम्यिनसिपको फाइनलमा प्रवेश गरेको छ । अब उपाधिका लागि अष्ट्रेलियाले साउथ अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ । सो फाइनल खेल लड्समा जुन ११ देखि १५ सम्म हुनेछ । भारतीय टिमले लगातार दुई फाइनल खेलेको थियो ।

तर दुवै फाइनलमा क्रमश न्युजिल्याण्ड र अष्ट्रेलियासँग हार ब्यहोरेको थियो । तेस्रो पटक टेष्ट च्याम्पियनसिपको फाइनल पुग्ने भारतीय क्रिकेट टिमको लक्ष्यमा पूर्णविराम लागेको छ । आइतबार बिहान सकिएको पाँचौँ टेस्टमा ६ विकेटले हराउँदै अस्ट्रेलियाले ३–१ को जित निकालेको हो ।

Advertisement

दोस्रो इनिङमा १ सय ६२ रनको लक्ष्य अस्ट्रेलियाले ४ विकेट गुमाएर पूरा ग¥यो । भारतले पहिलो इनिङ १ सय ८५ र दोस्रो इनिङमा १ सय ५७ रन बनाएको थियो। अस्ट्रेलियाले पहिलो इनिङमा १ सय ८१ रन बनाएको थियो।

पाँचौँ र अन्तिम टेस्ट ६ विकेटले हारेपछि भारत विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटिसि) फाइनलबाट बाहिरिएको छ भने अस्ट्रेलियाले बोर्डर–गावस्कर ट्रफी ३–१ ले जित्दै १० वर्षपछि डब्लुटिसि फाइनलमा प्रवेश गरेको छ।

डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले अब जुन ११ देखि १५ सम्म लड्र्समा दक्षिण अफ्रिकाविरुद्ध डब्लुटिसि फाइनल खेल्ने छ। भारतका कप्तान जसप्रित बुमराले पिठ्युँमा चोट हुँदाहुँदै पनि उनले टिमको नेतृत्व गरेपनि हार टर्न सकेन ।

बुमरालाई पाँच खेलमा ३२ विकेटका लागि प्लेयर अफ द सिरिज घोषित गरियो तर यो भारतको कमजोर प्रदर्शनका लागि कुनै सान्त्वना थिएन। बुमराको अनुपस्थितिमा प्रसिद्ध कृष्णा (६५ रनमा ३ विकेट) र मोहम्मद सिराज (६९ रनमा १ विकेट) ले आयोजकलाई दबाब दिन सकेनन् ।

यसैबीच अष्ट्रेलियाविरुद्धको सिरिजमा कप्तान रोहित शर्मा र पूर्वकप्तान विराट कोहलीले राम्रो प्रभाव छोड्न नसकेपनि खेलपछि भारतीय टोलीका मुख्य प्रशिक्षक गौतम गम्भिरले विराट र रोहितमा अझै जोश रहेको बताएका छन् ।

उनले विराट र रोहितको भविष्य उनीहरूको छनोटमा भर पर्ने बताएका हुन् । अस्ट्रेलियालाई फाइनलमा पुग्न कम्तीमा पनि भारत विरुद्धको सिड्नी टेस्ट बराबरी गर्नुपर्ने थियो। अस्ट्रेलियाले यो खेल जित्न सफल भयो। दक्षिण अफ्रिका यसअघि नै फाइनलका लागि छनोट भइसकेको छ।

टेस्ट क्रिकेटमा ११३ वर्ष बितिसकेपछि अस्ट्रेलिया र दक्षिण अफ्रिका लड्र्समा भिड्ने भएका छन्। यी दुई टोलीहरू अन्तिम र एक पटक मात्र सन् १९१२ मा लड्र्समा भिडेका थिए। मे २७ देखि अगस्ट २२ सम्म इंग्ल्यान्ड, अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिच त्रिकोणीय सिरिज खेलिएको थियो।

शृङ्खलाको पाँचौँ खेल अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिच जुलाई १५ देखि १७ सम्म खेलिएको थियो। दक्षिण अफ्रिकाले आफ्नो पहिलो इनिङ्समा २६३ रन बनाएको थियो। हार्बी टेलरले सर्वाधिक ९३ रन बनाएका थिए।

अस्ट्रेलियाले चाल्र्स केलेबीको १०२ र वारेन बियर्डसलेको १६४ को सहयोगमा बोर्डमा ३९० रन बनाएको थियो। जिमी म्याथ्युजले ४ र चाल्र्स म्याकार्टनीले ३ विकेट लिएका कारण दक्षिण अफ्रिका आफ्नो दोस्रो इनिङ्समा १७३ रनमा अलआउट भएको थियो।

अस्ट्रेलियाले १३ औँ ओभरमा विकेट नछोडी ४८ रन बनाएको थियो। अस्ट्रेलियाले अहिलेसम्म लड्र्समा ४० वटा टेस्ट खेलेको छ। उसले १८ खेलमा जित, ७ खेलमा हार र १५ खेलमा बराबरी गरेको छ।

यहाँ दक्षिण अफ्रिकाको रेकर्ड अस्ट्रेलियाभन्दा खराब छ। उसले ६ खेल जितेको छ भने ८ हार बेहोरेको छ। तीमध्ये उसले ४ वटा जितेको छ । अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई १०१ खेलमा ५४ पटक पराजित गरेको छ। जहाँ दक्षिण अफ्रिकाले २६ खेल जितेको छ भने २१ बराबरी रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top