चलचित्र ‘बलिदान’का लागि गाउँ नै निर्माण, ३ करोडको सेट

२० पुस ८१, आइतबार

२१ पुष , काठमाण्डौ।

निर्माणकै चरणमा ब्यापक चर्चा बटुल्दै आएको चलचित्र ‘बलिदान’को छायांकनका लागि ४२ फिट अग्लो कालीदेवीको मुर्ति निर्माण गरिएको छ । मोरङको हसिना सिमसार क्षेत्रमा छायांकनका लागि करिब ४० फिट अग्लो कालीदेवीको मूर्ति निर्माण गरिएको सो चलचित्रका निर्देशक सन्तोष सेनले जानकारी दिएका छन् ।

चलचित्र ‘बलिदान’को छायांकन तीनवटा सेट बनाएर भइरहेको छ । मोरङ र सुनसरीका तीन ठाउँमा तीनवटा सेट बनाएर निर्माणपक्षले छायांकन गरिरहेको छ । इटहरीको बीएमसी स्टुडियो, मोरङको कानेपोखरी र हसिना सिमसारमा स्टुडियो बनाएर छायांकन गरिरहेको निर्देशक सेनले जानकारी दिएका छन् ।

Advertisement

नेपालमा अहिले पनि १ करोड भन्दा तलको बजेटमा समेत एउटा चलचित्र निर्माण हुँदै आएकोमा चलचित्र ‘बलिदान’को सेटमा मात्रै ३ करोड खर्च भइसकेको सेनले बताएका छन् । बस्ती नै निर्माण गरेर छायांकन भइरहेको उनको भनाइ छ ।

तीनवटा सेट बनाउन करिब तीन करोड रुपैयाँ खर्च भएको उनले जानकारी दिए । “तीनवटा सेट बनाउन करिब तीन करोड रुपैयाँ खर्च लागेको छ,” सन्तोषले भने । क्लाइमेक्स सिनका लागि जंगलको बीचमा भब्य सेट लगाएर छायांकन भइरहेको छ ।

उनले कालीदेवीको मूर्ति सार्वजनिक गर्दै भनेका छन्, ’बलिदानझ छायांकन प्रकरणमा कथाको मागअनुसार दानव प्रवृत्तिको संहार गर्ने प्रतीकरुपा देवी काली र तिनको रौद्र ÷ चण्डी स्वरुपलाई प्रतिबिम्ब गर्ने हामीलाई एक अदभूत मूर्तिको आवश्यकता परेको थियो ।

त्यस्तो आकारको मूर्ति देशभरी प्राप्त नहुदा हामीले कलकता सम्म पहुँच बनाएका नेपालका कुशल कालीगढ बाबुराम महतो मार्फÞत लामो समय लगाई ४२ फिट अग्लो काली माताको मूर्ति निर्माण गरेका छौ ।

सुन्दरहरैचा ५ नमुना सामुदायिक मैदानमा त्यस मूर्तिको प्रतिष्ठा गरेका थियौं, त्यो काली चौरका रुपमा प्रख्यात भैरहेको देखेर हर्षित भएका छौँ । अहिले यस स्थानमा हामीले कालीको मूर्तीका साथमा ठूलो स्टेज लगाउदै २०० जति स्टलहरू स्थापना गरेर सर्वसाधारण लाई रोजÞगारको व्यवस्था सहित मिनी बजार लगाउदै बलिदानका विशेष दृश्यहरू खिच्न लागेका छौँ ।

सुरुवातमा चलचित्रको बजेट करिब ६ करोड रुपैयाँ लाग्ने अनुमान निर्माण पक्षको थियो । यद्यपि, सेट निर्माणमा भएको खर्चसँगै बजेट धेरै माथि पुगेको सेनले बताएका छन् । गत भदौ ११ मा पाथीभरा मन्दिरमा पूजाआजा गरी चलचित्रको छायांकन सुरु गरिएको थियो ।

सुरुवातमा ६० दिनको छायांकन तालिका तय गरिए पनि त्यो तालिकाअनुसार छायांकन सम्पन्न हुन सकेन । देशभक्ति भावनाको कथावस्तुमा आधारित चलचित्रमा राजनीतिक विषयसँगै एक्सन ड्रामा समावेश भएको बताइएको छ ।

सन् १८५५ को समयमा नेपाल–तिब्बतबिच चलेको युद्धको समेत कथावस्तु चलचित्रमा समावेश गरिएको छ । ‘बलिदान’को छायांकन अन्तिम चरणमा पुगेको छ । सन्तोष सेनको निर्देशन रहेको ‘बलिदान’ चलचित्रमा समिर भट्ट र सौगात मल्ल मुख्य भूमिकामा छन् ।

समीर र सौगातसँगै अर्पण थापा, दिव्य देव, अभिनेत्री ऋचा शर्मालगायतको अभिनय रहनेछ । आसुसेन फिल्मस् तथा सन्तोष सेनको प्रस्तुति रहने चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड विस्ट तथा सह–निर्माता प्रेम पुरी रहेका छन् । य

सअघि उनी निर्देशित तथा निर्माता समेत रहेको सफल चलचित्र ’प्रेमगीत’ सिरिजले नेपाली सिनेमाको अन्तरास्ट्रिय प्रर्दशनको ऐतिहासिक सुरुवात गरेको थियो । विभिन्न भाषा डब गरिएको ’प्रेमगीत’ ३ चलचित्रले भारतमा समेत चर्चा पाएको थियो ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top