अमेरिकामा भीषण हिमआँधी, ६ करोड मानिस प्रभावित

२२ पुष , एजेन्सी ।

Advertisement

महाशक्ति राष्ट्र अमेरिका ठूलो प्राकृत्तिक प्रकोपमा परेको छ । भीषण हिमआँधीका कारण करिब ६ करोड मानिस प्रभावित भएका छन् भने धेरै राज्यमा आपत्काल घोषणा गरिएको छ । बीबीसीका अनुसार केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास, न्यु जर्सी र मिसौरीलगायत धेरै राज्यले आपत्काल घोषणा गरिएको छ ।

भारी हिमपातका कारण यी राज्यका प्रायः सबै राजमार्ग बन्द भएका छन्। प्रशासनले सडक प्रयोग नगर्न चेतावनी दिएको छ। सयौँ उडान रद्द गर्नुपरेको छ भने विद्यालयहरू बन्द गरिएका छन्। हिमआँधीका कारण अमेरिकाको जनजीवन नराम्ररी प्रभावित भएको छ।

Advertisement

सयौँ उडान प्रभावित भएका छन् भने सडक अवरुद्ध भएका छन्। भारी हिमपात र न्यूनतम तापक्रमले पछिल्लो दशकको रेकर्ड तोडेको छ। हिमपातबाट अमेरिकाका दुई राज्य कन्सास र मिसौरी सबैभन्दा बढी प्रभावित छन्।

त्यहाँ आइतबार दिउँसोदेखि केही क्षेत्रमा १० इन्चसम्म हिउँ जमेको छ। कान्सासका अधिकारीहरुले पछिल्लो ३२ वर्षमा यस्तो हिमपात कहिल्यै नदेखेको बताएका छन् । अमेरिकी मौसम विभागले देशको मध्यदेखि पूर्वी तटसम्म करिब ३० अमेरिकी राज्यमा अवस्था गम्भीर हुने सम्भावना रहेको जनाएको छ।

Advertisement

वासिंगटन डीसी र फिलाडेल्फियालगायत धेरै ठूला सहरहरूमा पनि भारी हिमपात हुने सम्भावना छ । सोमबारदेखि मौसममा सुधार हुने मौसम विभागको अनुमान छ । यसअघि दशककै सबैभन्दा भीषण हिमआँधी आउने आशंकाले प्रशासनले तयारी सुरु गरेको थियो ।

यस अवधिमा भारी हिमपात हुने र तापक्रम एक दशकयताकै न्यून हुने सम्भावना रहेको त्यहाँको मौसम विभागले जनाएको थियो । नेसनल वेदर सर्भिसका अनुसार यो आँधी अमेरिकाको मध्य भागबाट सुरु भएको हो र आगामी केही दिनमा पूर्वतिर सर्नेछ।

अमेरिकाका मिसिसिपी र फ्लोरिडालगायतका केही भागमा धेरै चिसो नहुने ठाउँमा समेत चिसोको अवस्था भयावह हुने चेतावनी दिइएको छ। एक्युवेदर फÞोरकास्टर डेप्याडविनले भनेका छन्, ‘यसले सन् २०११ पछि संयुक्त राज्य अमेरिकामा सबैभन्दा चिसो जनवरी हुने देखिएको छ।’ अमेरिकी मौसम विभागका अनुसार, मध्य अमेरिकामा जनजीवन निकै प्रभावित हुनेछ र ट्राफिक अवस्था पनि बिग्रिनेछ।

इन्डियानामा, इन्टरस्टेट ६४ र अमेरिकी मार्ग ४१ का भागहरू पूर्ण रूपमा हिउँले ढाकिएका छन् र इन्डियाना राज्य प्रहरीले सवारी चालकहरूलाई अतिआवश्यक काम बाहेक यात्राबाट बच्न आग्रह गरेको छ। “कृपया बिल्कुल आवश्यक नभएसम्म यात्रा गर्नबाट जोगिनुहोस्“, सार्जन्ट टोड रिङ्गलले सोसल मिडिया प्लेटफर्म “एक्स“ मा भनेका छन् ।

भारी हिमपातका कारण कन्सास सिटी अन्तर्राष्ट्रिय विमानस्थलले उडान सञ्चालन अस्थायी रूपमा स्थगित गरेको छ । मौसमविद्हरूले सोमबारदेखि देशको पूर्वी भागको दुई तिहाइ भागमा खतरनाक चिसो हुने, चिसो हावा चल्न सक्ने बताएका छन्।

भर्जिनियाका गभर्नर ग्लेन यङ्गकिनले आँधीबेहरी अघि आपतकालिन अवस्था घोषणा गरेका थिए । एक बयानमा उनले मङ्गलबार हुने राज्यको विशेष चुनाव अघि बासिन्दाहरूलाई मतदान गर्न आग्रह गरेका थिए ।

कन्सास, केन्टकी, मेरिल्याण्ड र मध्य इलिनोइसका धेरै सहरहरूमा पनि यस्तै घोषणाहरू जारी गरिएको छ ।  राष्ट्रिय मौसम सेवाले अन्नापोलिस क्षेत्रमा करिब २० देखि ३० सेन्टिमिटर हिउँ पर्ने अनुमान गरेको छ।

बाल्टिमोरमा पनि मौसम चेतावनी जारी गरिएको थियो र एजेन्सीहरूलाई आवश्यक पर्नेहरूलाई आश्रय र अन्य आवश्यक सहयोग प्रदान गर्न निर्देशन दिइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top