×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

रास्वपामा प्रवेश गर्न मुकुल ढकालको हरेक दिन हारगुहार

२३ पुष २०८१

२३ पुष , काठमाण्डौ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासन पूर्व र निष्कासन पछि पार्टी सभापति रवि लामिछानेविरुद्ध पटक पटक तल्लो स्तरको टिप्पणी गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा मुकुल ढकालले फेरि लामिछानेसँगको विगत कोट्याउदै पार्टी प्रवेश गर्न गुहार लगाएका छन् ।

Advertisement
Advertisement

पार्टी दर्ता भएको र प्रमाणपत्र लिएको दिन असार ०७ र १७, २०७९ को सम्झानामा भन्दै मुकुलले लेखेका छन्, अहिले पार्टीमा हाली मुहाली गर्नेहरूलाई असार ०७ र असार १७, २०७९ मा के भएको थियो, त्यो पनि थाहा छैन होला । जोखिम ब्यहोर्यौँ हामीले, मिहिनेत गर्यौँ हामीले, बुद्धि बगायौँ हामीले, पैसा खन्यायौँ हामीले तर आज, भन्दै पछिल्लो समय पार्टीमा प्रवेश गरेका अर्थविद् र विज्ञहरु र आफूले भनेको नमानेका कारण रविको अहिलेको अवस्था आएको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्, रवि दाइ भन्नु हुन्थ्यो, “मुकुलको शैली फरक होला, तर सत्य बोल्छ । उसको कुरा सिरियसली लिन पर्छ । मुकुलले जे बोल्छ, पार्टी र देशका लागी बोल्छ । तर केहि शैलीगत समस्या छन्, विस्तारै सुधार हुँदै जान्छ, मैले बुझेको छु, म तपाईंहरूलाई बुझाउँछु, चिन्ता नलिनु ।“

यी कुराहरू रवि दाइले मसँग मात्र होइन, केन्द्रीय समितिमा गर्नु भएको छ, पार्टीका स्थानीयदेखि केन्द्रसम्मका सबै नेतासँग वन टू वन कुरामा पनि यहि भन्नुहुन्थ्यो । तर देश सानो टिमले बन्दैन। ठूलो टिम चाहिन्छ ।

उनले उपसभापति स्वर्णिम वाग्ले लगायतलाई लक्षित गर्दै थप लेखेका छन्, अझ टिममा देशको अर्थतन्त्र बुझेको दरिलो साथी चाहिन्छ । त्यहि सोचेर, हामीले केहि साथीहरू भित्रायौँ तर समयक्रमले तिनीहरूलाई जे कुराका लागी ल्याएका थियौँ, सोच्यौँ देशका लागी बोल्छन्, जनताका लागी बोल्छन्, विज्ञ छन्, देश बनाउने केहि फर्मुला निकाल्छन्, तर हामी गलत सावित भयौँ, आएकै दिनबाट राजनीति गर्न शुरू गरे ।

उनले रवि जेल जानसक्ने भन्दै विगतमा आफूले अवगत गराउदा पनि आफ्नो कुरा नसुनेको उनले उल्लेख गरेका छन् । उनले थप भनेका छन्, राजनीतिक खेल यति साह्रो खेलिसकिएको रहेछ की , मुकुलको कुरा म बुझ्छु भन्ने रवि दाइलाई , “दाइ, अब यस्तो तालले जेल जानुहुन्छ“ भनेर खबरदारी गर्दा , रवि दाइले पनि मेरो कुरा बुझ्न छोडिसक्नु भएछ । दाइलाई घेराबन्दीमा पारिसकेछन् । मुकुलले सत्य बोल्छ, बुझ्न जान्नुपर्छ भन्ने दाइले नै बुझेनन् । रवि दाइ भन्नुहुन्थ्यो, “मुकुल, तिम्रा कुरा बुझ्ने तरिका म अरूलाई पनि सिकाउँछु ।“ तर परिस्थिति बदलिँदै गयो, मेरा कुरा अन्तिममा दाइले नै बुझ्न सक्नु भएन । मैले भनेको थिए, “तपाईंको जिबी राइसँगको मौखिक समझदारी के छ, त्यसले फरक पार्दैन, कानुनमा कागजले बोल्छ, यहाँ कागजले समस्या पारेको छ ।“ तर रवि दाइलाई यी खेलाडीहरूले यति बुरूक्क उफारिसकेका रहेछन् कि, मैले भुइँबाट चिच्याएको सुन्नु नै भएन । काश, यदि रवि दाइले मैले सावधान गराएको कुरा बुझेको भए , स्थिति फरक हुन्थ्यो ।

मुकुलले हिरासतमा रविलाई पटक पटक भेट्ने प्रयास गर्दा पनि भेट्न नपाएको बताएका छन् । उनी भन्छन्, हिरासतमा परेपछी पनि मैले रवि दाइलाई भेट्न खोजे, कानुनी पाटोमा सहयोग गर्न पनि खोजे, तर रवि दाइलाई घेरा हालिसकेका रहेछन् , भेट्न पनि दिएनन् । राजनीतिक रूपमा आफ्नो ठाउँ होला, तर वर्षौँ काम गरेको, मानवीयताको नाताले पनि भेट्न पाउनपर्छ भन्दा पनि खै, रवि दाइको कानमा के के भरे, सामान्य भेट पनि दिएनन् । यिनीहरू जसरी पनि रवि दाइलाई जेल हाल्नमा कम्मर कसेर लागे र आरोप जति ममाथि खनाए । म त बाहिर छु, ६ महिनादेखी , तर पनि आरोप लागिरह्यो । म भनिरहे, मैले सावधान गराइरहे, तर कहिले गँजेडी र कहिले हैसियत के भनेर म विरूद्ध जनतालाई गुम्राहामा पारिरहे , मेरा कुरामा रवि दाइलाई एकछिन सोच्न पनि दिएनन् । यदि मेरा कुरा गम्भिर भएर सोचेको भए, आजको स्थिति विलकुल फरक हुन्थ्यो ।

यसअघि कोशी प्रदेशका सभापति राजेश तिम्सिना र मधेशका सभापति तपेश्वर यादवले मुकुललाई पार्टीमा फर्काउन माग गर्दै कार्यवाहक सभापति डीपी अर्याललाई पत्र नै पठाएका थिए । तर मुकुललाई पार्टीमा फर्काउने बारे नेतृत्व तहबाटै विरोध हुँदै आएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा निष्कासित महामन्त्री मुकुल ढकाललाई फिर्ता बोलाउनुपर्ने भन्दै प्रश्न उठेपछि केन्द्रीय सदस्य गणेश कार्कीले आपत्ति जनाएका छन् ।कार्कीले ‘मुकुल नभएर पार्टीमा के समस्या प¥यो ?’ भन्दै प्रश्न गरेका छन् ।

‘मुकुललाई अब पार्टीमा स्वीकार्नु भनेको उसले गरेका गलत गतिविधि, उसले लगाएका गलत आरोप र उसका गलत मनोवृत्ति सम्पूर्ण स्वीकार्नु हो’, कार्कीले भनेका छन्, ‘रास्वपा ती सबै कुकर्महरूको भारी बोक्न चाहँदैन ।’

‘हिजो बालेनसँग जुध्ने हो भन्दै विविधमा जबरजस्ती छलफल चलाएर निर्णय गराउने तर ईः सँग सहमति भएपछि त्यो निर्णय नै सार्वजनिक नगरी नागरिकका अगाडि पानीमाथिको ओभानो हुने उही मुकुल होइन ?’, उनले प्रश्न गरेका छन्, ‘सरकारमा जान पर्छ भन्दै केन्द्रीय समितिमा कसैलाई बोल्न समेत नदिने मुकुल होइन ? जसको प्रतिवाद शिशिरजीले तत्कालै गर्नु भएको होइन ?’

रास्वपाले संस्थापक महामन्त्री एवम् प्रवक्ता ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी गत असारमा हटाएको थियो । त्यसअघि उनलाई पटक पटक आत्मालोचनासहितको अवसर दिइएको थियो ।

तर कारबाही अघि सोधिएको स्पष्टीकरणमा पनि उनी पार्टी नेतृत्वविरुद्ध नै खनिएका थिए । पार्टीबाट निष्कासन गर्नु अघि र पछि मुकुलले पार्टीका तत्कालीन सभापति लामिछानेसहित उपसभापति डीपी अर्याल र डा. स्वर्णिम वाग्लेलाई विभिन्न आरोप लगाएका थिए ।

उनले रास्वपालाई रविको क्लबको रुपमा टिप्पणी गर्दै आफुले त्यसलाई रविको गुटबाट मुक्त गरिछाड्ने बताउँदै आएका छन् । रविविरुद्ध सहकारीको प्रकरणमा विभिन्न आरोप लाग्दादेखि नै उनले रवि जेलसम्म जाने घोषणा गरेका थिए ।

रविमाथि अहिले कास्की अदालतमा सहकारी प्रकरणसहित सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्धा विचाराधीन छ । काठमाडौं अदालतमा पनि मुद्दा दायर भएको छ । उनी सांसदबाट निलम्बनमा परेका छन् भने पार्टी नेतृत्व डीपी अर्याललाई दिइएको छ ।

Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top