×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

भूकम्पको केन्द्र माथि विश्वकै ठूलो ब्रम्हपुत्र बाँध!

२३ पुष २०८१

२३ पुष ,काठमाण्डौ।

चीनको तिब्बतमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या झन्डै ५ दर्जन पुगिसकेको छ । त्यतिनै संख्यामा घाइते भएका छन् भने एकहजार भन्दा बढी घर भत्किएकाले थप मानवीय क्षति बढ्न सक्ने अनुमान गरिएको छ ।

Advertisement
Advertisement

चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले ६.८ म्याग्निच्युडको भूकम्पबाट एक हजारभन्दा धेरै घरमा क्षति पुगेको भन्दै उद्धाकार्य जारी रहेको उल्लेख गरेको छ । चीनले भूकम्प प्रभावित क्षेत्रहरूमा १५०० उद्धार टोली, ड्रोन तथा हवाई सेना परिचालन गरेको चिनियाँ मिडियाहरूले उल्लेख गरेका छन् ।

चिनियाँ राष्ट्रपति सी जिङपिङले राहत उद्धार र पुर्नस्थापनाका लागि कडा निर्देशन जारी गरेका छन् । यो भूकम्प तिब्बतको दिङ्गी काउन्टीको चाङ्गसुओ केन्द्रविन्दु भएर १० किलोमिटर गहिराइमा गएको थियो ।

दक्षिणपश्चिम चीनको जिजाङ स्वायत्त क्षेत्र तिब्बतियन क्षेत्र हो । जहाँ चीनले ब्रह्मपुत्र नदीमा नयाँ संसारकै ठूलो विशाल बाँध निर्माण गर्ने घोषणा गरेको छ । यो निकै जटिल इन्जिनियरिङ परियोजना पूरा गर्न चारदेखि छ किलोमिटरसम्मको ३० किलोमिटर लामो टनेल निर्माण गर्ने चीनको योजना छ ।

चीनले शक्तिशाली ब्रह्मपुत्र नदीको आधा पानी डाइभर्ट गर्न नाम्चा बरवा पर्वतभित्र यो सुरुङ्ग निर्माण गर्नुपर्नेछ। यो मात्रै होइन, जुन ठाउँमा यो बाँध बनाउने छ, त्यहाँ भूकम्पको ठुलो खतरा छ। जुन खतरालाई आज गएको शक्तिशाली भूकम्पले पुष्टि गरिसकेको छ ।

तिब्बतको यारलुङ जाङबो (ब्रह्मपुत्र) नदीमा चीनले संसारकै सबैभन्दा ठूलो र महँगो जलविद्युत् बाँध निर्माणको योजना अघि सारेको छ। यस परियोजनाले तटीय देशहरू भारत र बङ्गलादेशमा जलस्रोत व्यवस्थापन र पारिस्थितिक सन्तुलनमा गम्भीर प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

तिब्बत भूकम्पीय दृष्टिले संवेदनशील क्षेत्र भएकाले त्यहाँ यस्ता ठूला संरचनाहरू निर्माण गर्दा थप जोखिम उत्पन्न हुन सक्ने भारत र बंगलादेशको चिनता छ । चीनले भने आफ्नो परियोजनाले तटीय देशहरूमा कुनै नकारात्मक प्रभाव नपार्ने दाबी गरेको छ।

तर, भारत र बङ्गलादेशले यसबारे गहिरो चासो व्यक्त गर्दै परियोजनाको पारदर्शिता र तटीय देशहरूको हित संरक्षणको माग गरेका छन्। यस्तो अवस्थामा तिब्बतको भूकम्पीय जोखिम र ब्रह्मपुत्र नदीमा प्रस्तावित विशाल बाँध परियोजनामाथि थप प्रश्न उब्जिएको छ ।

जब चीनको यो बाँध पुरा हुन्छ, यसले हरेक वर्ष ३० करोड मानिसलाई सजिलै बिजुली उपलब्ध गराउनेछ । यो बाँध निर्माण गर्न वातावरणीय मापदण्डको पूर्ण ख्याल राखिने चीनको दाबी छ। तिब्बतमा बाँधको निर्माण कहिले सुरु हुनेछ भन्ने कुरा चीनले भने बताएको छैन।

यसले भारतका लागि गम्भीर खतरा निम्त्याउन सक्ने भारतीय पक्षको दाबी छ । यो सुरक्षाका लागि मात्र होइन, वातावरण र जीविकाका लागि पनि हो। भारत र बङ्गलादेशका लाखौँ मानिसहरू ब्रह्मपुत्र नदीको पानीमा आश्रित रहेका छन् ।

बङ्गलादेशमा यसलाई सुरमा नदी भनिन्छ। यदि चीनले पानी रोक्छ भने यी दुई देशमा खडेरी आउन सक्छ र यदि यसले अचानक पानी छोड्छ भने भयानक बाढी आउन सक्छ। २९ सय किलोमिटर लामो ब्रह्मपुत्र नदी भारतमा प्रवेश गर्नुअघि तिब्बती पठार हुँदै बग्छ ।

यो नदीले तिब्बतमा पृथ्वीको सबैभन्दा गहिरो गल्छी बनाएको छ । तिब्बती बौद्ध भिक्षुहरूले यसलाई धेरै पवित्र मान्छन्।ब्रह्मपुत्र नदीमा बाँध बनाउने निर्णय गरेपछि चीन आलोचनामा पर्दै आएको छ। वास्तवमा, भारतले एक दिन अघि नै आफ्नो हितको रक्षा गर्न निगरानी र आवश्यक उपायहरू जारी राख्ने बताएको थियो।

प्रस्तावित बाँधप्रति आफ्नो पहिलो प्रतिक्रियामा, नयाँ दिल्लीले बेइजिङलाई ब्रह्मपुत्रको माथिल्लो भागमा भएका गतिविधिहरूले नदीको तल्लो भागमा अवस्थित देशहरूलाई हानी नगर्न सुनिश्चित गर्न आग्रह गरेको थियो ।

तर चीनले सीमापारका नदीहरूको विकासका लागि सधैँ जिम्मेवार रहेको बताएको छ। “सीमापारका नदीहरूको विकासका लागि चीन सधैँ जिम्मेवार रहेको छ“, भारतमा रहेको चिनियाँ दूतावासका प्रवक्ता यु जिङले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्, यार्लुङ जाङ्बो नदी (ब्रह्मपुत्रको चिनियाँ नाम) को तल्लो भागमा चीनको जलविद्युतको विकासको उद्देश्य स्वच्छ ऊर्जाको विकासलाई गति दिने र जलवायु परिवर्तन र चरम हाइड्रोलोजिकल प्रकोपहरूको जवाफ दिने हो।

त्यहाँ जलविद्युतको विकासलाई दशकौँदेखि गहन अध्ययन गरिएको छ र परियोजनाको सुरक्षा र वातावरणीय संरक्षणका लागि सुरक्षा उपायहरू अवलम्बन गरिएको छ। यस परियोजनाले तल्लो क्षेत्रमा कुनै नकारात्मक प्रभाव पार्दैन।

चीनले विद्यमान च्यानलहरू मार्फत तल्लो देशहरूसँग सञ्चार कायम राख्नेछ र नदीको किनारमा बस्ने मानिसहरूको फाइदाको लागि प्रकोप रोकथाम र राहतमा सहयोग बढाउनेछ। यता भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयस्वालले भने “हामी हाम्रो हितको रक्षा गर्न निगरानी र आवश्यक कदम चाल्नेछौँ“ भनेका छन् ।

बाँधको निर्माणले अरुणाचल प्रदेश र असमको इकोसिस्टमलाई क्षति पुरÞ्याउने आशंका छ। ब्रह्मपुत्र यी दुई राज्यबाट बग्छ। गत हप्ता चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले यस परियोजनाका बारेमा शङ्का कम गर्ने प्रयास गरेका थिए।

“यस परियोजनाले नदीको तल्लो क्षेत्रमा नकारात्मक प्रभाव पार्दैन“, उनले भारत र बङ्गलादेशको चिन्तालाई उल्लेख गर्दै भनेका थिए । “नदीको तल्लो क्षेत्रमा पानी प्रयोग गर्ने अधिकार भएको देशको रूपमा हामीले चिनियाँ पक्षलाई विशेषज्ञ स्तरका साथै कूटनीतिक च्यानलहरू मार्फत नदीहरूमा ठूला परियोजनाहरूको बारेमा निरन्तर हाम्रो विचार र चिन्ता व्यक्त गरेका छौं“, जयस्वालले भनेका छन् ।

गत वर्ष डिसेम्बर २५ मा चीनले तिब्बतमा भारतसँगको सीमा नजिकै ब्रह्मपुत्र नदीमा विश्वको सबैभन्दा ठूलो बाँध निर्माण गर्ने आफ्नो योजना घोषणा गरेको थियो। यस परियोजनामा १३७ अर्ब डलर खर्च हुने अनुमान गरिएको छ।

हिमालय पर्वतमाला क्षेत्रको पारिस्थितिकीय रूपमा कमजोर क्षेत्रमा बाँध निर्माण गर्ने योजना छ। पृथ्वीको यही कमजोर धरातमा बन्ने संसारकै विशाल बाँध प्राकृतिक प्रकोपमा पर्याे भने भारत र बंगलादेशमा हुने जलप्रलयको विनाश अकल्पनीय हुने विज्ञहरुले टिप्पणी गरेका छन् ।

विज्ञहरूका अनुसार पश्चिममा अफगानिस्तानदेखि पूर्वमा म्यान्मारसम्म फैलिएको हिन्दूकुश तथा हिमालय क्षेत्र भूकम्पीय जोखिमका दृष्टिले निकै संवेदनशील रहेको छ। भूकम्पविज्ञ लोकविजय अधिकारीका अनुसार पृथ्वीको सतहमुनि रहेका जमिन–जमिनका दुईवटा प्लेटहरूले एक आपसलाई धकेलिरहेको अवस्था हिमालय क्षेत्रमा मात्र रहेको छ।

“हिमालय क्षेत्र मात्र यस्तो क्षेत्र हो यहाँ जमिनमुनि नै रहेका दुईवटा प्लेटहरू टकराइरहेका छन्।“ उनका अनुसार समग्र हिमालय तथा हिन्दूकुश क्षेत्रमा पृथ्वीको सतहमुनि दक्षितर्फ रहेको भारतीय प्लेट प्रतिवर्ष करिब चार सेन्टिमिटरको दरले उत्तरतर्फ रहेको युरेसियन प्लेटतर्फ सरिरहेको छ।

Advertisement

“त्यसरी सर्दा दुईवटा काठहरू तल र माथि खप्टाएर राखेर विपरीत गतिमा ठेल्दा जस्तो घर्षण पैदा भएर हलचल उत्पन्न हुन्छ उस्तै खालको दरार हाम्रो हिमालमुनि पनि उत्पन्न भइरहेको छ।“ त्यसरी उत्पन्न हुने दरारका कारण हिमालय क्षेत्रमा भूकम्प गैरहने जोखिम निकै उच्च भएको उनको भनाइ छ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top