१० रुपैयाँको लोभ देखाएर बलात्कार

११ असोज ७५, शुक्रबार

पोखरी महानगरपालिका २२ पुम्दीभुम्दीस्थित कोदीमा बस्ने १० बर्षीया श्रीया सुनारलाई दस रुपैयाँको लोभ देखाएर बलात्कारपछि हत्या भएको छ ।

Advertisement

सोमबार साँझ साढे ५ बजेदेखि हराएकी श्रीयालाई स्थानीयले मंगलबार विहान ८ बजेतिर कोदीस्थित भिरालो जंगलमा मृतावस्थामा फेला पारेका थिए । , आजको नागरिक दैनिकमा यो खबर छ ।

श्रीयाको शारीरिक अवस्था, टाउकोमा लागेको चोट तथा शरीरका लुगाको अवस्था हेर्दा स्थानीयले बलात्कारपछि हत्या भएको आशंका गरेका थिए ।

Advertisement

विस्कुट किन्न भनी ५ रुपैयाँ लिएर पसल हिँडेकी श्रीया त्यसपछि घर फर्किनन् ।रातिसम्म नै स्थानीयले उनको खोजी गरे पनि भेटेनन् ।मंगलबार विहान कोदीमा नै बरालहरुको कुल मन्दिरको पुर्वी भागको भिरालो जमिनमा उनी मृतावस्थामा फेला परेकी थिइन् ।

बलत्कार गरी हत्या गर्ने पौडेल श्रीयाको श्रीयाको छिमेकी हुन् ।उनले स्थानीय भट्टीमा रक्सी पिए ।त्यसपछि बाँकी रहेको रक्सी बोकेर साथीको घरमा पुगे र पिउन थाले ।

Advertisement

त्यहाँबाट उनी चुरोट किन्न पसलतर्फ लागे ।सोही समयमा श्रीया एक्लै तल झर्दै गरेको उनले देखे ।पौडेलले बालिकालाइ चकलेछ खाउ भनि पाँच रुपैयाँ दिए ।

मन्दिरदेखि १० मिटर तल पुरानो घर र पानीट्याँकी बीचमा पौडेलले श्रीयालाई बोलाएर १० रुपैयाँ दिर्य जर्बजस्ती गर्न खोजे ।बालिकाले प्रतिकार गर्न खोजेपछि पानीट्याँकीमुनिको झाडीमा फालिदिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top