तिब्बत भूकम्पले भयावहः४ सय पराकम्प, ३ हजार घर भत्किए

२४ पुष ,एजेन्सी ।

चीनको सिजाङस्थित डिंग्री काउन्टीमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १ सय २६ पुगेको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार भूकम्पका कारण कम्तीमा १ सय ८८ जना घाइते भएका छन् ।

मंगलबार स्थानीय समयअनुसार बिहान ९ बजे ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर तल रहेको थियो । भूकम्पले सगरमाथा नजिकै रहेको तिब्बतको निकै विकट क्षेत्रमा मात्रै १ हजारभन्दा बढी घरमा क्षति पुगेको बताइएको छ ।

भूकम्प लगत्तै व्यापक रूपमा उद्धार कार्य जारी रहेको छ । अत्यधिक चिसोले उद्धारकार्यमा कठिनाइ भइरहेको बताइएको छ । सो क्षेत्रमा राति तापक्रम माइनस १६ डिग्री सेल्सियससम्म पुग्ने प्रक्षेपण गरिएको छ ।

भूकम्पका कारण फसेका झन्डै ४०० जनाको उद्धार गरिएको छ । भूकम्पको दोस्रो दिनसम्म आइपुग्दा ३० हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ । भूकम्पबाट तिब्बतको शिगात्से क्षेत्रका तीनहजार ६०९ घर नष्ट भएको अनुमान गरिएको रोयटर्सले जनाएको छ ।

चीनका केन्द्रिय अधिकारीहरूले भूकम्प प्रभावित क्षेत्रमा करिव २२ हजार विपद् राहत सामग्रीहरू पठाएका छन् । जसमा सुती पाल, शीतकालीन कोट, सिरक र फोल्डिङ बेडहरू र उच्च उचाइ र चिसो क्षेत्रका लागि विशेष राहत सामग्रीहरू छन् ।

यस क्षेत्रमा अग्नि नियन्त्रक, सिपाही, प्रहरी अधिकारी र उद्धारकर्ताहरूसहित १२ हजार भन्दा बढी उद्धारकर्ताहरू भूकम्प स्थलमा खटाइएको छ । यस्तै १०६ एम्बुलेन्स तैनाथ गरिएको छ । गए राति उच्च हिमाली क्षेत्रको तापक्रम –१८ डिग्री सेल्सियसम्म झरेको थियो ।

अत्यधिक चिसोका कारण भूकम्पपीडितलाई थप समस्यामा पारेको थियो । चीन सरकारले मंगलबार नै भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल, खाद्यान्न, विद्युतीय जेनेरेटरसहितका सामग्री पु¥याइसकेको छ ।

त्यस्तै, भत्किएका सडकहरू मर्मतपछि पुनः सञ्चालनमा ल्याइएको छ । चाइना अर्थक्वेक नेटवक्र्स सेन्टरका अनुसार, बुधबार बिहानसम्म ४.४ म्याग्निच्युडका ५०० भन्दा धेरै परकम्प गएका छन्। भूकम्पको धक्का नेपाल, भुटान र भारतमा पनि महसुस गरिएको थियो ।

तर, यी क्षेत्रमा मानवीय क्षति भएको छैन । यता खानी तथा भू–गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले भूकम्पसम्बन्धी अनावश्यक त्रास फैलाउने किसिमको भ्रमपूर्ण सन्देश प्रवाह नगर्न आग्रह गरेका छन् ।

“भूकम्पपछि मानिस आत्तिएर भाग्ने र हामफल्दा अप्रिय घटना हुनसक्छ । भूकम्प संयमता अपनाउनुपर्छ”, उनले भने, “सामाजिक सञ्जालमा ठूलोे भूकम्प आउँदै भन्नेजस्ता भ्रमपूर्ण समाचारले पनि मानिसमा थप त्रास उत्पन्न गराउँछ, यस्ता सन्देश जो कोहीले प्रवाह गर्न हुँदैन । भूकम्पको भविष्यवाणी सम्भव छैन ।”

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले हालसम्म भूकम्पसम्बन्धी पूर्वसूचनाहरु विकास नभएको भन्दै यस विषयमा थप अनुसन्धान गर्नुपर्नेमा जोड दिएका छन् ।

यस्तै राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले उक्त भूकम्पका परकम्पहरु निरन्तर आइरहेको र थप परकम्प आउनसक्ने भएकाले सम्भाव्य जोखिमलाई मध्यनजर गरी तयारी अवस्थामा रहन समेत आग्रह गरेका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top