गुणस्तरहीन उपभोग्य वस्तु बिक्री–वितरण गर्ने दुई सय फर्मविरुद्ध मुद्दा

गुणस्तरहीन उपभोग्य वस्तु बिक्री–वितरण गर्ने दुई सय फर्मविरुद्ध मुद्दा

उपभोक्तालाई गुणस्तरहीन दैनिक उपभोग्य वस्तु बिक्री–वितरण गर्ने दुई सय व्यावसायिक फर्म तथा उद्योगविरुद्ध सरकारले मुद्दा दायर गरेको छ।,यो खबर आजको नागरिक दैनिकमा छ ।

मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने अखाद्य वस्तु उत्पादन तथा बिक्री–वितरण गर्ने उद्योग, कम्पनी, फर्मलाई कारबाही गर्न मुद्दा दर्ता गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।

चाउचाउ, पानी, चामल, चिया, मसला, क्यान्डी, मिठाइ, दूध, पाउरोटी, मसला, दाल, बेसन, बिस्कुट, भुजिया कम्पनीविरुद्ध मुद्दा दायर गरेको विभागको भनाइ छ।

विभागले बजार अनुगमनको क्रममा लिएका नमूनामा खाद्य ऐन विपरीत मिसावट, न्यून गुणस्तर र दूषित भेटिएपछि कारबाही अघि बढाएको विभागले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.