NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
ट्रकभरि अवैध २५ करोड विदेशी पैसाका मालिक सुटुक्क छुटे शुक्रबार साउन ९ , २०८२
अब स्कुलमा पढाइनेछ गाईको महत्त्व, सर्वोच्चको ऐतिहासिक फैसला शुक्रबार साउन ९ , २०८२
प्रधानमन्त्री ओली र उपसभामुखसहित १३ पूर्वगृहमन्त्रीविरुद्ध जाहेरी बिहिबार साउन ८ , २०८२
अमेरिकी युद्धपोतलाई खामेनीका सेनाले लखेटे बिहिबार साउन ८ , २०८२
Next
Prev

समाचार

सुप्रिम सहकारीमा पनि रविलाई कारबाही गर्न राय

शुक्रबार पुस २६ , २०८१
Reading Time: 1 min read
A A
बयान दिन संसदीय छानबिन समितिमा पुगे रवि
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२६ पुष, काठमाण्डौ।

कास्कीको सूर्यदर्शन सहकारीको वचत रकम अपचलनमा ६५ लाख धरौटी बुझाएर काठमाडौंमो स्वर्णलक्ष्मीको वचत अपचलनको मुद्दाका लागि जिल्ला अदालतमा उपस्थित हुने तयारी गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारीको वचत अपचलनको विषयमा मुद्दा समेत अघि बढेको छ ।

प्रहरीले रविलाई समेत प्रतिवादी बनाउदै मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालय बुटवलमा बुझाएको छ । सुप्रिम बचत तथा ऋण सहकारीको अनुसन्धान पुरा गरेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले बताएका छन ।

प्रहरीले प्रतिवेदनमा लामिछाने , पूर्व डीआईजी छविलाल जोशी समेतलाई प्रतिवादी बनाउन राय दिएको छ । यसअघि सुप्रिमको रकम अपचलन गरेको आरोपमा लामिछाने र जोशीसँग बयान लिएको थियो ।

लामिछाने जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर बिहीबार छुटेका छन् । उनीमाथि पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो ।

उनी धरौटीमा रिहा भएपछि रुपन्देही प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो ।यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा ३ वैशाखमा अदालतमा दर्ता भएको थियो ।

त्यतिबेला एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । अहिले पूरक अभियोजन लैजान लागिएको हो ।

अब प्रहरीको प्रतिवेदन अध्ययन गरेर सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता नगर्ने र कसकसलाई प्रतिवादी बनाउने भन्ने निर्णय गर्नेछ । सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको पहिलो चरणको अनुसन्धानबाटै खुलेको थियो ।

जसमध्ये रवि लामिछानेको नाममा ऋण गएको उल्लेख थियो । गितेन्द्रबाबु र उनको समूहले काठमाडौं, बुटवल, पोखरा, चितवन, वीरगन्जलगायतका शहरमा सञ्चालन गरेको सहकारीको करोडौं रकम ग्यालेक्सी टीभीमा लगानी देखिएको छ ।

पोखरामा धरौटी बुझाएर छुटेका रवि स्थलमार्गबाट काठमाडौं पुग्दैछन् । उनी आइतबार अदालतमा हाजिर हुनेछन् । लामिछानेविरुद्ध काठमाडौंमा भने कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पनि मुद्दा दायर भएको छ ।

गत आइतबार ३९ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो । यो सहकारीले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

स्वर्णलक्ष्मी सहकारी ठगीमै पक्राउ परेका सहकारीको लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा तीन लाख धरौटी बुझाएर गत मंगलबार नै रिहा भइसकेका छन् ।

Tags: #रविलाई कारबाही गर्न राय#सुप्रिम सहकारी#सुप्रिम सहकारीमा पनि रवि प्रतिवादी

लोकप्रीय

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन् 

शुक्रबार साउन ९ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

ट्रकभरि अवैध २५ करोड विदेशी पैसाका मालिक सुटुक्क छुटे

शुक्रबार साउन ९ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

अब स्कुलमा पढाइनेछ गाईको महत्त्व, सर्वोच्चको ऐतिहासिक फैसला

शुक्रबार साउन ९ , २०८२

विचार

थप समाचार

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण
ताजा समाचार

विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन् 

शुक्रबार साउन ९ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
अपराध

प्रधानमन्त्री ओली र उपसभामुखसहित १३ पूर्वगृहमन्त्रीविरुद्ध जाहेरी
ताजा समाचार

प्रधानमन्त्री ओली र उपसभामुखसहित १३ पूर्वगृहमन्त्रीविरुद्ध जाहेरी

बिहिबार साउन ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

00:15:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन् 

शुक्रबार साउन ९ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

ट्रकभरि अवैध २५ करोड विदेशी पैसाका मालिक सुटुक्क छुटे

शुक्रबार साउन ९ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

अब स्कुलमा पढाइनेछ गाईको महत्त्व, सर्वोच्चको ऐतिहासिक फैसला

शुक्रबार साउन ९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.