नेपाल टाइम्सको प्रधान सम्पादकमा लिलाबल्लभ घिमिरे

नेपाल टाइम्सको प्रधान सम्पादकमा लिलाबल्लभ घिमिरे

२ माघ, विराटनगर । नेपाल टाइम्स मिडिया प्रा.लि.ले प्रधान सम्पादकका रुपमा लिलाबल्लभ घिमिरेलाई नियुक्त गरेको छ ।

दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय रहेका घिमिरेलाई विराटनगरस्थित कार्यालयमा एक कार्यक्रमका बीच प्रधान सम्पादकका रुपमा स्वागत गरिएको छ ।

कम्पनीका संस्थापक प्रवन्ध निर्देशक अब्दुल खत्ताब( सैहैन्शा सिद्धिकी), निर्देशक मुकुल दाहाललगायतले घिमिरेलाई नियुक्ति पत्र प्रदान गर्दै स्वागत गरेका हुन् ।

घिमिरेसँग धनकुटा, मोरङलाई कार्यक्षेत्र बनाएर कान्तिपुर दैनिकमा दुई दशक भन्दा लामो तथा स्थानीय मकालु टेलिभिजनसहित विभिन्न मिडियामा काम गरेको अनुभव छ ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशका पूर्वअध्यक्ष समेत रहेका घिमिरेलाई स्वागत गर्दैै प्रवन्ध निर्देशक सिद्धिकीले उनको आगमनले संस्थाको उचाई थप माथि पुग्ने विश्वास व्यक्त गरे ।पत्रकारिताको आचारसंहिताभित्र रही जनतालाई सुसूचित गर्ने कार्यमा संस्थाले थप विश्वास आर्जन गर्नेमा उनले जोड दिए ।

यस्तै अर्का निर्देशक मुकुल दाहालले घिमिरेको आगमनले नेपाल टाइम्समा नयाँपन आउँने विश्वास व्यक्त गरे । समाचार प्रमुख हरिहर नेपालले नेपाल टाइम्सले विश्वासिलो अभिभावक पाएको सुनाए ।

कार्यक्रममा नवनियुक्त प्रधान सम्पादक घिमिरेले नेपाल टाइम्ससंग आफू जोडिन पाउँदा निकै गर्व लागेको जनाए । एक्लैको प्रयास भन्दा पनि सामूहिक रुपमा अगाडी बढ्दा आगामी दिनमा नेपाल टाइम्सले थप उचाई छुने उनले विश्वास दिलाए । आफ्नो क्षमता र विवेकले पत्रकारिताको धर्म निभाउँदै संस्थाको विकासमा लागिपर्ने उनले प्रतिबद्धता व्यक्त गरे।

घिमिरेलाई नेपाल टाइम्सका अन्य सदस्यहरुले पनि फुलमाला तथा खादा ओढाएर स्वागत गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.