NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज शुक्रबार साउन ३० , २०८२
जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु बिहिबार साउन २९ , २०८२
६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ? बिहिबार साउन २९ , २०८२
नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ? बिहिबार साउन २९ , २०८२
Next
Prev

समाचार

महाभारतको डढेलो निभाउन सेना परिचालन, पर्यटकलाई रोक

शुक्रबार माघ ११ , २०८१
Reading Time: 1 min read
A A
जङ्गलको डढेलो बस्तीमा पस्दा १४ घर जले

Members of Nepal's army try to control a forest fire at Shivapuri National Park overlooking Kathmandu, as forest fires have raged many areas in Nepal contributing to worst air quality in the bowl shaped Kathmandu, Nepal April 11, 2021. REUTERS/Navesh Chitrakar

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

११ माघ ,एजेन्सी ।

काभ्रेको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखि सुरू भएको आगलागी अनियन्त्रित बनेपछि सेना परिचालन गरिएको छ । जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले बिहीबार सरोकारवालासँग छलफल गरी सम्पूर्ण निकायको जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ।

जिल्लाको बेचानचोक र महाभारत गाउँपालिकाको सीमास्थित खानीखोला गाउँपालिका–१ थाम लेकडाँडामा आगलागीका कारण फैलिएको ओगोले अन्य वन क्षेत्रमा समेत आगलागीको सम्भावित घटना हुनसक्ने भएकाले काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र नारायणस्थानमा जान रोक लगाइएको छ।

आगलागीका कारण हाल बेथानचोकको पर्यटकीय क्षेत्र नारायणस्थान मन्दिरलगायत वडा नं १, २, ३ र ५ का केही क्षेत्रसमेत जोखिममा रहेको गाउँपालिकाले जनाएको छ । सोही कारण गाउँपालिकाले सार्वजनिक सूचनामार्फत पर्यटकीय क्षेत्र नारायणस्थानमा आन्तरिक तथा बाह्य पर्यटक र सर्वसाधारणलाई भ्रमणमा रोक लगाएको हो ।

आगलागी नियन्त्रण नभएसम्म सो क्षेत्रमा नजान गाउँपालिकाले सूचना जारी गरेको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए । उनका अनुसार स्थानीय सरकार, प्रहरी, नेपाली सेनालगायत सबै आगो नियन्त्रण गर्न लागिरहेका छन् ।

खानीखोला गाउँपालिका–१ थामलेकडाँडास्थित सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको हो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बुधबार साँझ त्यसतर्फ पठाइएको नेपाली सेना तथा प्रहरीका टोलीले स्थानीयसँग समन्वय गरी नियन्त्रणको पहल गरिरहेको बताए ।

उहाँका अनुसार सुरक्षाकर्मीले आगलागीको क्षेत्र तथा मानवबस्तीको अनुगमन गरी मानबस्तीतर्फ आगो आउन नदिनेगरी नियन्त्रणको पहल गर्न र क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्न भनिएको छ ।

डिभिजन वन कार्यालय धुलिखेलका अनुसार मङ्गलबार दिउँसो २ बजेदेखि वनको भिर क्षेत्रबाट आगलागी सुरू भएको थियो । हाल आगलागी नियन्त्रणको अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाउँदै आएको छ ।

कार्यालयले आगलागी नियन्त्रणका लागि अवस्था अनुगमन गर्न पठाएको टोलीले वन क्षेत्र तथा मानवबस्तीको एकीन गरिरहेको वन कार्यालयका प्रमुख कृष्णबहादुर थापाले बताए ।

उनका अनुसार वनमा आगो फैलिरहेकाले नियन्त्रणका लागि जिल्लास्थित प्रशासन कार्यालय तथा सुरक्षा निकायको संयुक्त बैठकबाट वन डढेलो नियन्त्रण सामग्री भएसम्म सुरक्षाकर्मीलाई उपलब्ध गराउने, वन कार्यालयको संयोजकत्वमा १३ वटै स्थानीय तह सुरक्षा निकाय, वन उपभोक्ता महासङ्घसँग समन्यवमा डढेलो लगाउने व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न सबडिभिजन कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।

प्रमुख जिल्ला अधिकारी ढकालले बुधबार साँझदेखि नै त्यसतर्फ पठाइएको जिल्लास्थित नेपाली सेना तथा प्रहरीका विभिन्न युनिटको टोलीले स्थानीयसँग समन्वय गरी नियन्त्रणको पहल गरिरहेको बताएका छन् ।

यसैगरी पर्यटकीयसँगै बहुमूल्य जडीबुटी तथा जङ्गली जनावरको बासस्थान रहेको महाभारत जङ्गलमा तीन दिनदेखि आगलागी भइरहेको हो । बेथानचोक गाउँपालिका–६ स्थित भुग्देउको माथिल्लो क्षेत्रको बस्ती आगलागीको नजिक रहेको बताइएको छ ।

त्यस क्षेत्रमा रहेको बहुमूल्य जडीबुटी, महत्त्वपूर्ण रूख, जङ्गली जनावर तथा चराको बासस्थान रहेको यस क्षेत्रलाई जोगाउन आवश्यक छ देखिएको स्थानीय बताउँछन् । आगलागी भएको स्थानबाट मानवबस्ती करिब चार किलोमिटरको दूरीमा रहेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलले भने हालसम्म कुनै मानवीय एवं पशुमा क्षति नपुगेको जनाएको छ ।

Tags: #डढेलो निभाउन सेना परिचालन#पर्यटकलाई रोक#महाभारतको डढेलो

लोकप्रीय

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु

कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा

शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

शुक्रबार साउन ३० , २०८२
जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

बिहिबार साउन २९ , २०८२

विचार

थप समाचार

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु
अन्तर्राष्ट्रिय

कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा

शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज
ताजा समाचार

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय
अन्तर्राष्ट्रिय

६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ?

बिहिबार साउन २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Gremanyमा नाच्दा पनि जरिवाना, Sudanमा हैजाको प्रकोप || Nepal Times

World News: Gremanyमा नाच्दा पनि जरिवाना, Sudanमा हैजाको प्रकोप || Nepal Times

00:16:26

World News: भेटअघि पुटिनलाई ट्रम्पको ध*म्की, भारतलक्षित पाकिस्तानी ‘आर्मी रकेट फोर्स कमान्ड’

00:21:29

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

00:17:58

World News:चिनियाँ यु*द्धपोत आफ्नै जहाजसँग ठोक्कियो,वाशिंगटनमा आपत्तकाल || Nepal Times

00:24:20

World News: Chinaमा उथलपुथल, सी निकट नेता प*क्राउ, भारतमाथि आणविक आ*क्र*मणको ध*म्की || Nepal Times

00:24:15

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२
डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

बिहिबार साउन २९ , २०८२
सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

बिहिबार साउन २९ , २०८२

हालका पोस्टहरू

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु

कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा

शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

शुक्रबार साउन ३० , २०८२
जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

बिहिबार साउन २९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.