हर्कको अख्तियारसँग ठट्यौली, हास्यरस भरेर पठाए पत्र

११ माघ ८१, शुक्रबार
Share this
702shares

११ माघ , काठमाण्डौ।

Advertisement

धरानको खानेपानीको समस्या समाधानका लागि रित्तो गाग्री बोकेर काठमाडौं पुगेपछि केही दिन ब्यापक चर्चामा रहेका धरान उपमहानगरपालिकाका मेयर हर्क राईले आज अख्तियारलाई पठाएको हास्यरसयुक्त ठट्यौली जवाफले फेरि सबैको ध्यान खिचेको छ ।

हर्कले आफूविरुद्ध अख्तियारमा परेको उजुरीउपर अख्तियारले गरेको सोधपुछमा ‘ठट्यौलो’ जवाफ फर्काएका छन् । अनौपचारिक र बोलिचालीको भाषा प्रयोग गरेर हर्कले लेखेको पत्रमा धरानमा पानीको अभाव र विहान उठेदेखि पानीको महत्व दर्शाउदै उल्टै आफूविरुद्ध उजुरी दिनेको बारेमा जानकारी दिन अख्तियारलाई नै भनेका छन् ।

Advertisement

शुक्रवार राईले अख्तियारले माघ २ गते गरेको सोधपुछको जवाफ फर्काउँदै धरानको खानेपानी बोर्ड स्वायत्त निकाय भएको र बोर्डले नगरवासीलाई पानीको आपूर्ति गर्न सवै खाले विधि अपनाउन सक्ने बताएका छन् ।

साथै उनले खानेपानीको काम गर्दा उजुरी हाल्नेले कति वटा पाइप किनेर ल्यायो भनेर प्रश्न गरेका छन् । ‘त्यो वाहियात उजुरी लाउने मान्छेले कति वटा पाइप किनेर दियो ? कति दिन श्रमदान ग¥यो ? को हो त्यो ? बुझेर लेखिपठाउनुहोला’, हर्कले अख्तियारलाई भनेका छन् ।

Advertisement

उनले पानी भनेको विकास नभई जीवनको आधारभूत आवश्यकता भएको भन्दै श्रमदान अभियानको खेदो नखन्न आग्रह समेत गरेका छन् । ‘श्रमदान अभियानको खेदो नखन्नु है नखन्नु तिर्खाएका मानिसहरूको श्राप लाग्ला’, उनले भनेका छन्, ‘पानीमा राजनीति गर्नुहुँदैन । पानी माग्न जनता त्यता हाउलान् है फेरि ।’

मेयर राईले यसअघि पनि अख्तियारलाई जवाफ पठाएका थिए । पत्रमा लेखिएको छ– धरानको खानेपानी बोर्ड स्वायत्त निकाय हो । यसले आफ्नो नगरवासीलाई पानीको आपूर्ति गर्न सबैखाले विधि अपनाउन सक्छ । बिहान उठ्ने वित्तिकै ट्वाइलेट जानुपर्छ । ट्वाइलेटमा पानी छैन भने के हुन्छ, त्यो भनिरहन पर्दैन होला । केही छिनपछि भात पकाउन परो । भात पकाउन पानी चाहिन्छ। भात खाएपछि हातमुख चुठ्नु परो । त्यसका लागि नि पानी चाहिन्छ । जुठो भाँडा लडाइराख्न मिलेन । धुनै परो । त्यसका लागि नि पानी नै चाहिन्छ। फोहोर लुगा भएन धुनै परो । लुगा धुन नि पानी नभइ नहुने । स्वास्थ रहनलाई प्रशस्त पानी पिउनुपर्छ र दैनिक नुहाउनुपर्छ भन्छ केही नजान्ने डब्लुएचओले । नुहाउनलाई नि पानी चाहियो । यसो करेसाबारी र बगैंचातिर नि पानी चाहिने नै भो । फेरि सुँगुर चौपायालाई पिन पानी नखुवाई नहुने । त्यसो भएको खुनाले धरानवासीको जीवन बचाउन र जीवन चलाउन जसरी भए पनि काम त गर्नैपरो मैले, इन फ्याक्ट हाम्ले ।‘त्यसैले कोकाहा खोलाको पानी ४२ किलोमिटर टाढाबाट भीर पाखा, डाँडाकाँडा, झोर जङ्गल, खोला खोल्सी, उकाली ओराली, भंज्याङ चौतारी छिचोल्दै घुमाउँदै घुमाउँदै… घुमाउँदै घुमाउँदै … घुमाउँदै घुमाउँदै ….. घुमाउँदै घुमाउँदै लड्दै र पड्दै… तान्यो … तान्यो… एक्छिन है … बिस्तारै सुल्काउँ है … भन्दै… ओहोइ भनुं त… भन्दै घरी घरी नाच्दै र गाउँदै पनि… बिजोग रमाइलो गरी ल्याउँदैछौ है ल्याउँदैछौं । केन्द्र सरकारलाई कोशीबाट पानी ल्याइदिनु है भनेर बर्षो बिन्ति बिसाउँदा पनि नसुनेकोले अस्ति थोत्रे गाग्री लिएर सिंहदरबार पुगें । जनतालाई पानी चाहिएको छ है तत्काल पानी चाहिएको छ । आश्वासन र कागजको खोस्टा होइन पानी चाहिएको छ के ! त्यसैले हाम्ले श्रमदान गर्नु परेको हौ… खोइ कुरा बुझ्या !’, मेयर साम्पाङले लेखेका छन् ।

उनले धरानको खानेपानी बोर्ड स्वायत्त निकाय भन्दै यसले नगरबासीलाई पानीको आपूर्ति गर्न सबै खाले विधि अपनाउन सक्ने जिकिर गरेका छन् । हरेक काममा पानी चाहिने भन्दै उनले केन्द्र सरकारलाई गरेको अनुरोध नसुनेकोले थोत्रे गाग्री लिएर काठमाडौं जानुपरेको बताएका छन् ।

‘कोशीबाट पानी ल्याइदिनु है भनेर वर्षों बिन्ती बिसाउँदा पनि नसुनेकोले अस्ति थोत्रे गाग्री लिएर सिंहदरबार पुगेँ । जनतालाई पानी चाहिएको छ है तत्काल पानी चाहिएको छ । आश्वासन र कागजको खोस्टा होइन पानी चाहिएको छ के ! त्यसैले हाम्ले श्रमदान गर्नु परेको हौ… खोइ कुरा बुझ्या !’

तिर्खाएका मानिसहरूको श्राप लाग्ला भन्दै उनले थपेका छन– ‘राज्यको ढुकुटी खर्चेर बनाएको मेलाम्ची, दमक टावर, लअभिि, धष्मभदयमथ जस्ता कुरा नलागेर श्रमदान अभियानको खेदो नखन्नु है, नखन्नु तिर्खाएका मानिसहरुको श्राप लाग्ला ! पानी भनेको बिकास होइन जीवनको आधार, मानिसको आधारभूत आवश्यकता हो । पानीमा राजनीति गर्नु हुँदैन । पानी माग्न जनता त्यता आउलान है फेरि !’

उनले लेखेका छन्, ‘सरकारबाट तत्काल कोशीको पानी ल्याएर खुवाउने सम्भावना नभए पछि बोर्डको स्वायत्त अधिकार प्रयोग गरी समर्थक र सहयोगीहरुको आर्थिक र भौतिक सहयोग लिएर कोकाहा खानेपानी श्रमायोजना २ चलिरहेको छ । एक दिन आउनु है मुहानबाट धरान सम्म हिँड्दै हिँड्दै पाइप गन्न र प्रोजेक्ट हेर्न ! कम्ता रमाइलो छैन । त्यो वाहियात उजुरी लाउने मान्छेले कति वटा पाइप किनेर दियो ? कति दिन श्रमदान गयो ? को हो त्यो ? बुझेर लेखिपठाउनु होला । धरानको हो कि धरान बाहिरको हो त्यो फटाहा ?’

यता खानेपानीमन्त्री प्रदीप यादवले ड्रामा गरेर धरानमा खानेपानीको समस्या समाधान नहुने बताएका छन् । मेयर हर्क सम्पाङले खानेपानीका विषयमा ड्रामा गरेको भन्दै ड्रामा गर्नुभन्दा काम गर्न समेत उनले सुझाव दिएका छन् ।

धरानका जनतालाई आफैँ पानी खुवाउँछु भन्दै मेयर सम्पाङले बहादुरी देखाएर खानेपानी संस्थानलाई ध्वस्त पार्ने काम गरेको यादवको टिप्पणी छ । मन्त्री यादवले धरानको जनतालाई पानी दिने दायित्व सरकारको भएकाले सहजरूपमा पानी उपलव्ध गराउन संघ सरकारले काम अघि बढाउने उल्लेख गरेका छन् । यसअघि मन्त्री यादवले हर्कलाई पनि यसैआर्थिक वर्षभित्र धरानको खानेपानी समस्या समाधान गर्ने बताएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top