NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ ९ , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ ९ , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ७ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

गाजामा आँशु र मुस्कानको दिनः४ बन्धकको साटो २ सय कैदमुक्त

आइतवार माघ १३ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
गाजामा आँशु र मुस्कानको दिनः४ बन्धकको साटो २ सय कैदमुक्त
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१३ माघ , एजेन्सी ।

दशकौंको द्वन्द्व र क्रुरताका बीच एक वर्षअघि सुरु भएको विनाशकारी युद्ध अन्त्य गर्नका लागि गाजापट्टीमा शान्तिको एउटा कोशेढुंगा बनेको छ— इजरायल र हमासबीचको युद्धविराम सम्झौता।

यो सम्झौताको दोस्रो चरणमा चार इजरायली महिला बन्धक हमासको कब्जाबाट मुक्त भएका छन्, उनीहरूको घरफिर्तीसँगै परिवारमा खुसीका आँशु झरेका छन् । यता, इजरायलले पनि मानवीय सहकार्यको रूपमा २०० कैदीबन्दीलाई रिहा गरेको छ।

Advertisement

रिहाइको यो क्षणले युद्धको धूलोमा हराएका मानवीय भावनालाई पुनः उजागर गरेको छ। हमासले चार इजरायली बन्धकहरूलाई रेडक्रसलाई सुम्पेको छ। यी चारै जना महिला हुन् । प्यालेस्टिनी गाडीबाट ओर्लिएपछि यी महिलाहरुलाई मञ्चमा ल्याइएको थियो ।

हमासले यी चार जना इजरायली सैनिक भएको बताएको छ जसको नाम करिना एरिभ, ड्यानिएला गिल्बोआ, लेवी र लिरी अल्बाग रहेको छ। बन्धकहरूलाई रिहा गरेपछि तेल अभीभमा खुसीको वातावरण छ।

यहाँ परिवारका सदस्यहरू घण्टौँसम्म आफ्ना प्रियजनको पर्खाइमा उभिएका थिए। इजरायली मिडियाका रिपोर्टहरूका अनुसार बन्धकहरूका परिवारहरू आफ्ना प्रियजनहरूलाई स्वागत गर्न गाजा सीमामा पर्खिरहेका थिए ।

मुक्त गरिएका ४ इजरायली महिला सैनिक बन्धकहरू र परिवारहरू बीच हर्सौल्लास साथै उनीहरु भाबुक बनेका छन् । उनीहरुलाई ४७७ दिन पछि रिहा गरिएको हो भने इजरायलले पनि सयौ प्यालेसटाइनीहरु रिहा गरेको छ ।

उनीहरु पनि अत्यन्तै हर्षित भएका छन् । शनिबार गाजामा बन्धनबाट मुक्त भएका चार महिला सैनिकहरूका परिवारहरूले आफ्ना प्रियजनहरूको फिर्तीमा खुशी व्यक्त गरेका छन्।करिना एरिभको परिवारले कृतज्ञता ज्ञापनको साथै मन आनन्दले भरिएको जनाएको छ ।

पीडा र अनन्त चिन्ताका ४७७ अशान्तका दिनहरू पछि हामीले अन्ततः हाम्री प्यारी करिनालाई अँगालो हाल्न, उनको आवाज सुन्न र उनको मुस्कान हेर्न पायौं जसले हामीलाई फेरि एक पटक उज्यालोले भरेको छ ,” परिवारले एक विज्ञप्तिमा भनेको छ ।

एरिभ १९ वर्षकी थिइन् जब उनलाई नाहल ओज सैन्य अड्डाबाट अपहरण गरिएको थियो जहाँ उनले गाजा पट्टी भित्र गतिविधि अवलोकन गर्दै सैन्य चौकीको रूपमा काम गरेकी थिइन्। त्यस्तै डेनिला गिल्बोआको परिवारले गाजाको नर्कमा ४७७ दिन बाचिन र अन्ततः हाम्रो परिवारको अँगालोमा फर्किएकी छिन् ,गिल्बोआ परिवारले बिज्ञप्तिमा भनेको छ ।

गिल्बोआ शनिबार बेइलिन्सन अस्पताल पुगेकी छिन् । यसै गरि २० वर्ष पुगेकी नामा लेवीको परिवारहरु पनि खुसीका साथ भावुक भएका छन् । लिरी अल्बागको परिवारले एक विज्ञप्ति जारी गर्दै ४७७ लामो असहनीय दिनको विदारक पर्खाइ पछि राहत र आनन्दको लहरले छाएको बताएका छन् ।

“हामी यी कठिन दिनहरूमा हाम्रो साथमा उभिएका, हामीलाई समर्थन गर्ने, प्रार्थना गर्ने र माया पठाउने सबैलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौं ,” विज्ञप्तिमा भनिएको छ। चारै परिवारले अगम बर्गरको परिवारलाई श्रद्धांजलि अर्पण गरेका छन् ।

जो १९ वर्षकी थिइन् जब उनलाई नाहल ओज सैन्य अड्डाबाट छ जना अन्य महिला सिपाहीहरूसँगै अपहरण गरिएको थियो । उनको शव गाजामै राखिएको सिएनएनले जनाएको छ ।यता इजरायलले हमाससँगको सम्झौता अनुसार प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ ।

इजरायलको कारागार सेवाले शनिबार २ सय प्यालेस्टिनी बन्दीलाई रिहा गरेको जनाएको छ । गाजामा भएको युद्धविराम सम्झौता अन्तर्गत हमासद्वारा इजरायली बन्धक र इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको आदानप्रदान भएको यो दोस्रो पटक हो ।

समाचार एजेन्सी एएफपी र रोयटर्सका अनुसार इजरायल कारागार सेवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जेलमा आवश्यक प्रक्रियाहरू पूरा भएपछि र प्रशासनको स्वीकृति पछि, सबै आतंककारीहरूलाई ओफर र जियोट जेलबाट रिहा गरिएको छ।’

इजराइल हमास युद्धविरामपछि पहिलो चरणमा तीन इजराइली बन्धकमुक्त भएका थिए भने इजरेलले ९० कैदीबन्दी छाडेको थियो । बन्धकमुक्त हुने तीनै जना इजराइली महिला थिए । बन्धकमुक्त हुनेमा २४ वर्षीय रोमी गोनेन, ३१ वर्षीया डोरन स्टेनब्रिचर र २८ वर्षीया इमिली दमारी छन्।

गत वर्षको अक्टोबर ७ मा नोभा म्युजिक फेस्टिभल भइरहेको ठाउँबाट हमासले बन्धक बनाएर २५० जनालाई लगेको थियो । जसमा अझै ८६ जना हमासको बन्धनमा रहेको अनुमान छ । युद्धविरामको ४२ दिनमा हमासले ३३ जना बन्धक रिहा गर्नेछ भने इजराइलले झन्डै २ हजार प्यालेस्टिनी कैदीहरूलाई कैदमुक्त गर्नेछ।

यो अवधिमा हमासले रिहा गर्ने ३३ जनाको नाम सार्वजनिक गरेकोमा ७ जनालाई छाडिसकेको छ । नेपाली विद्यार्थी विपिन जोशी पनि हमासको नियन्त्रणमा रहेका छन् । तर रिहा गर्ने पहिलो चरणका ३३ सूचीमा भने उनी रहेका छैनन् । उनलाई तत्काल रिहा गराउन नेपाल सरकारले समेत पहल गरिरहेको छ।

Tags: #२ सय कैदीे रिहा#४ महिला बन्धकको घरफिर्ती#हृदयस्पर्शी पुनर्मिलन

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

World News: विदेशमा रहेका नागरिकलाई देश फर्काउँदै इजरेल, चर्चमा आत्मघाती ब*म || Nepal Times

00:15:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
के चोभारको गल्छी मन्जुश्रीले पहाड काटेरै बनाएका हुन् त ?

के चोभारको गल्छी मन्जुश्रीले पहाड काटेरै बनाएका हुन् त ?

शुक्रबार अशोज १८ , २०८१
स्थानीय तहमा विवाद निरुपण : चुनौती र आगामी बाटो

स्थानीय तहमा विवाद निरुपण : चुनौती र आगामी बाटो

आइतवार भदौ १६ , २०८१

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.