NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी बिहिबार अशोज २ , २०८२
नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ? बिहिबार अशोज २ , २०८२
सुशीला कार्की र नरेन्द्र मोदीबिच टेलिफोनमा के कुरा भयो ? बिहिबार अशोज २ , २०८२
माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम बिहिबार अशोज २ , २०८२
Next
Prev

समाचार

रविको २ करोड २५ लाख धरौटी कसले तिरिदियो ?

सोमवार माघ १४ , २०८१
Reading Time: 1 min read
A A
पोखरामा रविको कुरा काट्ने माननीयहरु को–को हुन् ?सीसीटिभीमा हेरिने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१४ माघ , काठमाण्डौ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध ५मा जिल्लामा परेको सहकारीको वचत रकम अपचलनको अभियोग मध्ये ३ जिल्ला अदालतबाट प्रारम्भिक आदेशमा उनी धरौटीमा रिहा भएका छन् ।

तीनवटै जिल्ला अदालतले रविमाथि ठूलो रकम धरौटीमा माग गरेका छन् भने तीनवटै अदालतले समान प्रकारका प्रारम्भिक आदेश जारी गरेका छन् । पोखराको सूर्यदर्शन सहकारीको वचत रकम अपचलनको अभियोगमा न्यायाधीश नितिज राईको इजलासले गएको पुस २५ गते ६५ लाख धरौटीमा रविलाई रिहा गर्न आदेश दिएको थियो ।

LS Auto

रविका लागि इजलासले जारी गरेको आदेशमा भनिएको छ, जाहेरवालाहरूको जाहेरी, प्रहरी प्रतिवेदन, वित्तीय विश्लेषकहरूको राय, सुरु अभियोगपत्रसाथ उपस्थित भएका प्रतिवादीहरूको बयान, प्रतिवादी छविलाल जोशीले भाडामा दिएको नेचर हर्बस् इन्टरनेसनल लिमिटेडको कार्यालय रहेको स्थानबाट बरामद सर्भर, अडिट रिपोर्ट, विभिन्न मितिमा काटिएका चेकहरु, बैंक स्टेटमेन्ट, घटना विवरण कागज गर्ने सञ्जय अधिकारीसमेतका व्यक्तिहरूको भनाइ, प्रतिवादीहरूको अनुसान्धान अधिकारीसमक्ष भएको बयान समेतका तत्काल प्राप्त प्रमाणबाट अहिले नै कसुरदार रहेनछन् भन्न सकिने मनासिब आधार देखिएन ।

रविका हकमा अदालतले जिबीमार्फत रविको खातामा ७५ लाख रकम जम्मा भएको र त्याहाबाट अन्यत्र जाने गरेको भन्दै निज प्रतिवादी अहिले नै कसुरदार रहेनछन् भन्ने मनासिब आधार नदेखिएपनि पछि प्रमाण बुझ्दै जादा ठहरे वमोजिम हुने हुँदा फौजदारी संहिता २०७४ को ६८ र ७२ को आधारमा ६५ लाख धरौटीमा छाड्न र सो बराबरको जायजेथा नबुझाए थुनुवा पुर्जी दिई थुनावमा राख्न आदेश दिइएको छ ।

अदालतको यो आदेशपछि ८४ दिनपछि हिरासत मुक्त भएका रविले न्याय पाएको भन्दै खुशी ब्यक्त गरेका थिए । उनी कास्की अदालतमा ग्लोबल आइएमई बैंक बैंक ग्यारेन्टी बसेपछि रिहा भएका थिए ।

सूर्यदर्शनमा विभिन्न संस्थासहित ४४ जना प्रतिवादी बनाइएकामा सहकारी ठगीमा ३१ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूबाट एक अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ।

कास्कीपछि रवि स्वयम काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको वचत रकम अपचलनको कसुरमा परेको मुद्दामा काठमाडौं जिल्ला अदालतमा उपस्थित भए । जहाँ बचतकर्ताको १ अर्ब १९ करोड रुपैयाँ बढी अनियमितता भएको प्रकरणमा रवि लामिछानेलाई अदालतले ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिए । अदालतको आदेशपछि लामिछाने माघ २ गते त्याहा पनि धरौटी बापतको बैंक ग्यारेन्टी पेश गरेर रिहा भए ।

लामिछानेका लागि प्रभु बैंक बैंक ग्यारेन्टी बसेको थियो । काठमाडौं अदालतको आदेशपनि रविका लागि पोखराकै प्रकृतिको रहेको थियो । उनलाई धरौटीमा छाड्दा अदालतले लामिछाने कसुरदार नभएको भन्न सक्ने अवस्था नदेखिएको बताएको छ ।

“….प्रस्तुत वारदातमा कसुरदार होइनन् भन्न सक्ने अवस्था नदेखिएकाले प्रस्तुत मुद्दाको प्रकृतिसमेतलाई मध्यनजर राखी मुद्दाको कारबाहीको सिलसिलामा प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी मुद्दा पुर्पक्षको प्रयोजनका लागि हाललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतका आधारमा यी प्रतिवादी रवि लामिछानेबाट रु. ६० लाख रुपैयाँ नगद धरौट वा सो बराबरको जेथा जमानत दिए लिई तारिखमा राख्नू ।

काठमाडौंपछि रवि आफूविरुद्ध सुप्रिम सहकारी प्रकरणमा मुद्दा दायर भएको रुपन्देही जिल्ला अदालतमा उपस्थित भए । अदालतमा उनको बयान र थुनछेक बहसपछि हिजो माघ १३ गते न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासले लामिछानेसँग एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दियो ।

रुपन्देही अदालतको आदेश पनि अघिल्ला दुई अदालतकै प्रकृतिको देखिएको छ । आदेश भनिएको छ, “मिसिलमा संलग्न तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादी आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार नदेखिँदा पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई यी प्रतिवादी रवि लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ बमोजिम रु एक करोड नगद धरौट जेथा जमानत वा सर्तरहित (अन कन्डिसनल) बैंक ग्यारेन्टी दिएमा लिई तारेखमा राख्नू ।

सो बुझाउन नसकेमा कानुनबमोजिमको थुनुवा पुर्जी दिई थुनामा राख्न स्थानीय कारागारमा पठाउनू,“ आदेशपछि रविले प्रभु बैंकबाट बैंक ज्ञारेन्टीमार्फत उनले अदालतमा धरौटी बुझाएका छन् ।
रवि लामिछानेमाथि सुप्रिम सहकारी प्रकरणमा १३ करोड रुपैयाँको हिनामिनामा संलग्न रहेको अभियोग छ।

यसमध्ये ४ करोडभन्दा बढी रविको भागमा बिगो कायम हुने भनिएको छ । रुपन्देही अदालतले १ करोड धरौटी माग गरेपछि यस आदेशका विरुद्ध रवि पुनरावेदनमा जाने रविको सचिवालयले जनाएको छ ।

अघिल्ला दुई अदालतबाटै ठूलो रकम धरौटीमा माग गरेपछि रुपन्देहीमा सामान्य धरौटीमा रिहा हुने अपेक्षा विपरित अदालतले १ करोड धरौटी माग गरेपछि रविले पुनरावेदनमा जाने तयारी गरेका हुन् ।

रुपन्देहीबाट छुटेपछि रवि राती नै पोखरा गएका छन् । जहाँ उनलाई धरौटीमा छाड्ने कास्की अदादतको आदेशविरुद्ध पुनरावेदन परेको छ। ५ जिल्ला मध्ये रवि ३ जिल्ला अदालतबाट धरौटीमा छुटेका छन् ।

जहाँ उनलाई कसुरदार होइनन् भन्न नसकिने आदेशसहित २ करोड २५ लाख धरौटी माग गरिसकिएको छ । तीन वटै अदालतको आदेशपछि रविले धरौटी बुझाउन नसकेको अवस्थामा हिरासत बस्नुपर्ने अवस्था आउँथ्यो ।

तर, अपरझट अवस्थामा बैंकले विश्वासको आधारमा रविलाई हिरासत बाहिर राख्न निश्चित कमिसन लिएर ग्यारेन्टी बसेका हुन् ।यस्तो सम्झौता तीन पक्ष बसेर गरिन्छ । सोही सम्झौताअनुसार बैंकले ग्यारेन्टीबापतको रकम असुल गर्छ ।

तर, बैंकले अदालतलाई रकम भुक्तानीको ग्यारेन्टी गरिदिएको हुन्छ । सोबापत बैंकले ग्यारेन्टी जारी गर्न माग गर्ने पक्ष (रवि)बाट निश्चित कमिसन लिएको हुन्छ । बैंक ग्यारेन्टीको लिखत बमोजिमको रकम अदालतको माग बमोजिम बैंकले भुक्तानी गरेपछि उक्त रकम बैंकले कर्जामा परिणत गरी बैंक ग्यारेन्टी लिखत गरिदिने (रवि)बाट ग्यारेन्टी रकम तथा सो को ब्याज असुल उपर गर्ने यसको कार्यविधि छ ।

बैंक ग्यारेन्टीको प्रकृति, प्रक्रिया र उद्देश्यका आधारमा बैंक ग्यारेन्टी विभिन्न प्रकारका हुने गर्दछन् । अब रविमाथि अझै २ जिल्लामा बयान लिएकाले ती जिल्लामा समेत अदालतमा मुद्दा परे फेरि ती जिल्लामा जानु पर्नेछ ।

रविविरुद्ध जिल्ला प्रहरी कार्यालय, चितवनले साहारा चितवन सहकारी प्रकरणमा अनुसन्धान गरिरहेको छ । यसअघि साहाराको प्रतिवेदन सरकारी वकिललाई बुझाएपनि आवश्यक प्रमाण र आधार नदेखिएको भन्दै पुनः प्रहरीलाई फिर्ता गरिएको रविको सचिवालयले जनाएको छ ।

यस्तै रविमाथि वीरगन्जको सानो पाइला सहकारीको रकम ठगी गरेको आरोपमा पनि बयान लिइएको छ । पर्सा प्रहरीले त्याहा पनि रविविरुद्ध अनुसन्धान गरिरहेको छ ।

Tags: #रविको धरौटी कसले तिरिदियो ?

लोकप्रीय

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२

विचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२

थप समाचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै
ताजा समाचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी
अन्तर्राष्ट्रिय

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी
अन्तर्राष्ट्रिय

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२
प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै
अन्तर्राष्ट्रिय

सुशीला कार्की र नरेन्द्र मोदीबिच टेलिफोनमा के कुरा भयो ?

बिहिबार अशोज २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

00:17:46

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२

हालका पोस्टहरू

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.