NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ ९ , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ ९ , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ७ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

मानसरोवर यात्राः नेपालको छातीमा परेड खेल्ने भारत र चीनको सहमति !

मङ्लबार माघ १५ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
हुम्लाबाटै कैलाश मानसरोवर दर्शन गर्न सकिने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

१५ माघ , काठमाण्डौ ।

भारत र चीनले नेपाली भूमि लिपुलेकसहितका मार्गबाट यसै वर्षदेखि कैलाश मानसरोवर यात्रा पुनः सुरु गर्ने सहमति गरेका छन् । भारतीय विदेशसचिव विक्रम मिश्रीले यही माघ १३ र १४ गते चीनको भ्रमण गर्दा दुई देशबीच उक्त सहमति भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

“दुवै पक्षले २०२५ को गर्मीमा कैलाश मानसरोवर यात्रा पुनः सुरु गर्ने निर्णय गरे,” भारतीय विदेश मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ । विद्यमान सम्झौताअनुसार सम्बन्धित संयन्त्रले छलफल गरी कैलाश मानसरोवर यात्रा पुनः सुरु गर्ने ‘मोडालिटी’ तयार पार्ने विज्ञप्तिमा उल्लेख छ ।

कोरोना महामारी सुरु भएसँगै सन् २०१९ देखि चीनले रोकेको कैलाश मानसरोवर यात्रालाई पुनः यसै वर्ष सुचारु गर्न भारत र चीन सहमत भएका हुन् । सन् २०१९ को अन्त्यबाट विश्वभर कोभिड–१९ महामारी सुरु भएपछि र सीमाका विषयमा विवाद उत्कर्षमा पुगेपछि चीनले कैलाश मानसरोवर यात्रा रोकेको थियो ।

भारतीयहरुले चीनको तिब्बतस्थित कैलाश मानसरोवर जाँदा तीन मार्ग प्रयोग गर्दै आएका छन् । पहिलो, सिक्किमको नाथुला पास, दोस्रो, नेपाल आएर र तेस्रो, लिपुलेक हुँदै – त्यो नेपाली भूमि हाल भारतको नियन्त्रणमा छ ।

भारत र चीनको संयन्त्रले छिटै तयार पार्ने मोडालिटीमा नाथुला पास वा लिपुलेकमध्ये एउटा मार्ग सुचारु गर्ने वा दुवै भन्ने उल्लेख गरिनेछ । चीनले कैलाश मानसरोवर यात्रा रोक्दा लिपुलेक हुँदै भारतीय तीर्थयात्री त्यहाँ जान पाएका थिएनन्, किनभने लिपुलेकमा भारतीय नियन्त्रण छ ।

यदि, लिपुलेकको मार्ग खोल्ने सहमति भएमा यो नेपालका निम्ति आपत्तिको विषय हुनेछ । नेपालले लिपुलेक क्षेत्रमा भारतले गर्ने गतिविधिको विरोध गर्दै आएको छ । तर यसअघि गएको डिसेम्बर १८ मा नेपालको भूमिबारे भारत र चीनले आपसमा सहमति गरेका थिए ।

लिपुलेकसँग सम्बन्धित विषयमा भारत र चीनबीच सहमति हुँदा दुवै देशले नेपाललाई भने बेवास्ता गरेका छन् । भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र चिनियाँ विदेशमन्त्री वाङ यीबिच डिसेम्बर १८ (पुस ३ गते) चीनको बेइजिङमा भएको छलफलमा भारतबाट कैलाश मनोसरोवर यात्रा फेरि सुरुवात गर्ने सहमति भएको थियो ।

जबकि सो सहमतिमा भारत र चीनले नेपालसँग कुनै सल्लाह वा सोधखोज गरेका छैनन् । भारतीय भूमिबाट कैलाश मानसरोवर जाने तीर्थयात्रीले लिपुलेक हुँदै जानुपर्ने हुन्छ । लिपुलेक नेपाली भूभाग हो, जसलाई नेपालले आफ्नो नक्सामा समेत समावेश गरिसकेको छ ।

तर पुस ९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरु सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता पृथ्बीसुब्बा गुरुङले लिपुलेकको सन्दर्भमा भारत र चीनबीच भएको सहमति नेपाललाई प्रभाव पार्ने ढंगले नभएको निष्कर्ष मन्त्रिपरिषद्ले निकालेको बताएका थिए ।

सो विषय दुईदेशबीच पहिलेदेखिकै प्राविधिक कुरा भएको उनले बताएका छन् । प्रवक्ता गुरुङले उक्त सहमतिका कारण नेपालले कुनै चिन्ता लिनुनपर्ने बताए ।भारत र चीनले यसअघि पनि सो भूभाग हुँदै दुई देशको व्यापारिक सडक बनाउने सहमति गरेका थिए ।

त्यसमा नेपालले विरोध जनाएको थियो । २०७२ जेठमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा गएको गएको बेला चीनसँग लिपुलेकलाई व्यापारिक तथा दुई देशको तीर्थयात्री आवतजावत गर्ने केन्द्र बनाउने सहमति भएको थियो ।

त्यसबेला नेपालमा सुशील कोइराला प्रधानमन्त्री थिए । लिपुलेकको विषयलाई लिएर नेपाललाई थाहै नदिइ दुई देशबिच सहमति भएपछि प्रधानमन्त्री कोइरालाले परराष्ट्रमन्त्रालयलाई भनेर तत्कालै नेपालमा रहेको भारत र चीन राजदूतलाई ‘प्रोटेस्ट नोट’ पठाएर सो सहमतिप्रति आपत्ति जनाएका थिए ।

त्यतिबेला पनि नेपाल र भारतबिच असहज परिस्थिति उत्पन्न भएको थियो । त्यही विषयलाई लिएर प्रधानमन्त्री कोइराला र भारतका प्रधानमन्त्री मोदीबिच फोनवार्तासमेत भएको थियो । तत्कालीन प्रधानमन्त्री कोइरालाले नेपालको भूभागबारे नेपालको सहमतिबेगरै बेइजिङमा सहमति गरेकोमा मोदीसमक्ष आपत्ति प्रकट गरेका थिए ।

त्यसपछि सुशील कोइरालाको निर्धारित भारत भ्रमण एकाएक स्थगित भएको थियो । त्यतिबेला नेपालले असहमति जनाउँदा जनाउँदै भारतले २०७६ कात्तिकमा जारी गरेको आफ्नो नयाँ नक्सामा लिपुलेक र कालापानीलाई समावेश गरेको थियो ।त्यतिबेला नेपालमा केपी ओली प्रधानमन्त्री थिए ।

भारतले जारी गरेको नयाँ नक्साबारे नेपालमा निकै विरोध भएको थियो । लिपुलेकसहित नेपाली भूमि कालापानी र लिम्पियाधुरालाई नक्सामा मात्र नभई भौतिक रूपमा पनि नेपालको भोगचलनमा ल्याउने प्रतिबद्धता जनाएका केपी शर्मा ओली नै अहिले प्रधानमन्त्री रहेका बेला भारत र चीनबीच लिपुलेकबाट समेत सडक खोल्न सक्ने सहमति भएको खबरले चासो बढाएको छ।

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अविभाज्य भूमि भएको ऐतिहासिक प्रमाणका आधारमा नेपालले दाबी गर्दै आएको छ। तर भारत र चीनबीच लिपुलेकमा हुँदै गरेको सहमति नेपालसँग परामर्शबिना अघि बढाइएको विषयमा नेपालको तर्फबाट ठोस प्रतिक्रिया आउन बाँकी रहेको छ ।

Tags: #भारत र चीनको सहमति !#मानसरोवर यात्रा

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

World News: विदेशमा रहेका नागरिकलाई देश फर्काउँदै इजरेल, चर्चमा आत्मघाती ब*म || Nepal Times

00:15:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
के चोभारको गल्छी मन्जुश्रीले पहाड काटेरै बनाएका हुन् त ?

के चोभारको गल्छी मन्जुश्रीले पहाड काटेरै बनाएका हुन् त ?

शुक्रबार अशोज १८ , २०८१
स्थानीय तहमा विवाद निरुपण : चुनौती र आगामी बाटो

स्थानीय तहमा विवाद निरुपण : चुनौती र आगामी बाटो

आइतवार भदौ १६ , २०८१

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.