×

NEPAL TIMES UPDATES

Playing
World News:रुसमा विषाक्त वर्षा,युक्रेनलाई ९० अर्ब ऋण, मेटामा ८ हजार कर्मचारी कटौती || Nepal Times
Apr 24, 2026
Playing
Trumpका अर्का विशेष दूत किन आउँदैछन् नेपाल ? || Nepal Times
Apr 24, 2026
Playing
के रविले बालेनले चलाउने डोजर रोक्लान् ? सुकुम्बासीले पार्टी घेरे || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीलाई २२४ अपार्टमेन्टमा राखिने,यस्तो छ बालेन सरकारको तयारी || Nepal Times
Apr 24, 2026
Playing
बागमती किनारको सुकुम्बासी बस्तीमा अहिले के हुँदैछ ? || Nepal Times
Apr 24, 2026
Playing
Top 15 Afternoon News || April-24-2026 || Nepal Times
Apr 24, 2026
Playing
विद्यार्थी संगठन खारेज गर्न बालेनलाई बाधा || Nepal Times
Apr 24, 2026
Playing
Israel र Lebanon बीच थप तीनसाता यु द्धविराम || Nepal Times
Apr 24, 2026
Playing
शनिबार बिहानदेखि सुकुम्बासी बस्तीमा डोजर चल्ने, जेनजीको मानव साङ्लो || Nepal Times
Apr 24, 2026
Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026

मानसरोवर यात्राः नेपालको छातीमा परेड खेल्ने भारत र चीनको सहमति !

१५ माघ २०८१

१५ माघ , काठमाण्डौ ।

भारत र चीनले नेपाली भूमि लिपुलेकसहितका मार्गबाट यसै वर्षदेखि कैलाश मानसरोवर यात्रा पुनः सुरु गर्ने सहमति गरेका छन् । भारतीय विदेशसचिव विक्रम मिश्रीले यही माघ १३ र १४ गते चीनको भ्रमण गर्दा दुई देशबीच उक्त सहमति भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement

“दुवै पक्षले २०२५ को गर्मीमा कैलाश मानसरोवर यात्रा पुनः सुरु गर्ने निर्णय गरे,” भारतीय विदेश मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ । विद्यमान सम्झौताअनुसार सम्बन्धित संयन्त्रले छलफल गरी कैलाश मानसरोवर यात्रा पुनः सुरु गर्ने ‘मोडालिटी’ तयार पार्ने विज्ञप्तिमा उल्लेख छ ।

कोरोना महामारी सुरु भएसँगै सन् २०१९ देखि चीनले रोकेको कैलाश मानसरोवर यात्रालाई पुनः यसै वर्ष सुचारु गर्न भारत र चीन सहमत भएका हुन् । सन् २०१९ को अन्त्यबाट विश्वभर कोभिड–१९ महामारी सुरु भएपछि र सीमाका विषयमा विवाद उत्कर्षमा पुगेपछि चीनले कैलाश मानसरोवर यात्रा रोकेको थियो ।

भारतीयहरुले चीनको तिब्बतस्थित कैलाश मानसरोवर जाँदा तीन मार्ग प्रयोग गर्दै आएका छन् । पहिलो, सिक्किमको नाथुला पास, दोस्रो, नेपाल आएर र तेस्रो, लिपुलेक हुँदै – त्यो नेपाली भूमि हाल भारतको नियन्त्रणमा छ ।

भारत र चीनको संयन्त्रले छिटै तयार पार्ने मोडालिटीमा नाथुला पास वा लिपुलेकमध्ये एउटा मार्ग सुचारु गर्ने वा दुवै भन्ने उल्लेख गरिनेछ । चीनले कैलाश मानसरोवर यात्रा रोक्दा लिपुलेक हुँदै भारतीय तीर्थयात्री त्यहाँ जान पाएका थिएनन्, किनभने लिपुलेकमा भारतीय नियन्त्रण छ ।

यदि, लिपुलेकको मार्ग खोल्ने सहमति भएमा यो नेपालका निम्ति आपत्तिको विषय हुनेछ । नेपालले लिपुलेक क्षेत्रमा भारतले गर्ने गतिविधिको विरोध गर्दै आएको छ । तर यसअघि गएको डिसेम्बर १८ मा नेपालको भूमिबारे भारत र चीनले आपसमा सहमति गरेका थिए ।

लिपुलेकसँग सम्बन्धित विषयमा भारत र चीनबीच सहमति हुँदा दुवै देशले नेपाललाई भने बेवास्ता गरेका छन् । भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र चिनियाँ विदेशमन्त्री वाङ यीबिच डिसेम्बर १८ (पुस ३ गते) चीनको बेइजिङमा भएको छलफलमा भारतबाट कैलाश मनोसरोवर यात्रा फेरि सुरुवात गर्ने सहमति भएको थियो ।

जबकि सो सहमतिमा भारत र चीनले नेपालसँग कुनै सल्लाह वा सोधखोज गरेका छैनन् । भारतीय भूमिबाट कैलाश मानसरोवर जाने तीर्थयात्रीले लिपुलेक हुँदै जानुपर्ने हुन्छ । लिपुलेक नेपाली भूभाग हो, जसलाई नेपालले आफ्नो नक्सामा समेत समावेश गरिसकेको छ ।

तर पुस ९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरु सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता पृथ्बीसुब्बा गुरुङले लिपुलेकको सन्दर्भमा भारत र चीनबीच भएको सहमति नेपाललाई प्रभाव पार्ने ढंगले नभएको निष्कर्ष मन्त्रिपरिषद्ले निकालेको बताएका थिए ।

सो विषय दुईदेशबीच पहिलेदेखिकै प्राविधिक कुरा भएको उनले बताएका छन् । प्रवक्ता गुरुङले उक्त सहमतिका कारण नेपालले कुनै चिन्ता लिनुनपर्ने बताए ।भारत र चीनले यसअघि पनि सो भूभाग हुँदै दुई देशको व्यापारिक सडक बनाउने सहमति गरेका थिए ।

त्यसमा नेपालले विरोध जनाएको थियो । २०७२ जेठमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा गएको गएको बेला चीनसँग लिपुलेकलाई व्यापारिक तथा दुई देशको तीर्थयात्री आवतजावत गर्ने केन्द्र बनाउने सहमति भएको थियो ।

त्यसबेला नेपालमा सुशील कोइराला प्रधानमन्त्री थिए । लिपुलेकको विषयलाई लिएर नेपाललाई थाहै नदिइ दुई देशबिच सहमति भएपछि प्रधानमन्त्री कोइरालाले परराष्ट्रमन्त्रालयलाई भनेर तत्कालै नेपालमा रहेको भारत र चीन राजदूतलाई ‘प्रोटेस्ट नोट’ पठाएर सो सहमतिप्रति आपत्ति जनाएका थिए ।

त्यतिबेला पनि नेपाल र भारतबिच असहज परिस्थिति उत्पन्न भएको थियो । त्यही विषयलाई लिएर प्रधानमन्त्री कोइराला र भारतका प्रधानमन्त्री मोदीबिच फोनवार्तासमेत भएको थियो । तत्कालीन प्रधानमन्त्री कोइरालाले नेपालको भूभागबारे नेपालको सहमतिबेगरै बेइजिङमा सहमति गरेकोमा मोदीसमक्ष आपत्ति प्रकट गरेका थिए ।

त्यसपछि सुशील कोइरालाको निर्धारित भारत भ्रमण एकाएक स्थगित भएको थियो । त्यतिबेला नेपालले असहमति जनाउँदा जनाउँदै भारतले २०७६ कात्तिकमा जारी गरेको आफ्नो नयाँ नक्सामा लिपुलेक र कालापानीलाई समावेश गरेको थियो ।त्यतिबेला नेपालमा केपी ओली प्रधानमन्त्री थिए ।

भारतले जारी गरेको नयाँ नक्साबारे नेपालमा निकै विरोध भएको थियो । लिपुलेकसहित नेपाली भूमि कालापानी र लिम्पियाधुरालाई नक्सामा मात्र नभई भौतिक रूपमा पनि नेपालको भोगचलनमा ल्याउने प्रतिबद्धता जनाएका केपी शर्मा ओली नै अहिले प्रधानमन्त्री रहेका बेला भारत र चीनबीच लिपुलेकबाट समेत सडक खोल्न सक्ने सहमति भएको खबरले चासो बढाएको छ।

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अविभाज्य भूमि भएको ऐतिहासिक प्रमाणका आधारमा नेपालले दाबी गर्दै आएको छ। तर भारत र चीनबीच लिपुलेकमा हुँदै गरेको सहमति नेपालसँग परामर्शबिना अघि बढाइएको विषयमा नेपालको तर्फबाट ठोस प्रतिक्रिया आउन बाँकी रहेको छ ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top