×

NEPAL TIMES UPDATES

Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026
Playing
सय माथिको सामानमा कर लगाउने निर्णयमा भारत सरकार बोल्यो || Nepal Times
Apr 24, 2026
Playing
भारतलाई ट्रम्पले धर्तीको नर्कसँग तुलना गरेपछि.... || Nepal Times
Apr 24, 2026
Playing
World News:रुसमा विषाक्त वर्षा,युक्रेनलाई ९० अर्ब ऋण, मेटामा ८ हजार कर्मचारी कटौती || Nepal Times
Apr 24, 2026
Playing
Trumpका अर्का विशेष दूत किन आउँदैछन् नेपाल ? || Nepal Times
Apr 24, 2026

चीन र भारतको नामै लिएर ट्रम्पले फेरि दिए धम्की

१५ माघ २०८१

१५ माघ , विराटनगर ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पटक फेरि धम्की दिएका छन् कि जुन देशले अमेरिकालाई नोेक्सानी पुर्याउने काम गर्छ त्यसमाथि अमेरिकी सरकारले भारी कर लगाउने छ । यस्तो धम्की दिइरहँदा यस पटक ट्रम्पले चीनका साथै भारतको पनि नामै लिएका छन् ।

Advertisement
Advertisement

ट्रम्पले भारत, चीन र ब्राजिलको नाम लिदै भने, यी देशहरुले सबैभन्दा धेरै कर लगाउने गरेका छन् । फ्लोरिडामा रिपब्लिकन पार्टीको एक कार्यक्रममा डोनाल्ड ट्रम्पले भने, ’हामी ती देशहरु र बाहिरी मानिसहरुमाथि अत्याधिक ट्यारिफ लगाउन गइरहेका छौं जसले हामीलाई हानी पुर्याउँछन् ।

यद्यपि, उनीहरुले आफ्नो देशका लागि राम्रो काम गरिरहेका छन् तर त्यसले हामीलाई बेफाइदा हुनसक्छ’ । ट्रम्पले भनेका छन् । उनले अगाडी भने, ’अरु देशहरु के गरिरहेका छन् ? चीन राम्रो ट्यारिफ लगाउने देश हो र यसै प्रकारले भारत र ब्राजिलसहित कयौं देशहरुले यस्तो गर्ने गरेका छन् ।

तर अब यस्तो हुने छैन किनभने हाम्रो नीति अमेरिका फस्र्ट हो । ट्रम्पले अगाडी भने,अमेरिकाले एक यस्तो व्यवस्था बनाउने छ, जो निष्पक्ष हुनेछ र त्यसले हाम्रो खजानामा पैसा आउने छ र अमेरिका फेरि धनी बन्ने छ । अनि यो निकै छिटै हुनेछ’ ।

ट्रम्पले भने, अमेरिकालाई पुनः आफ्नो त्यो व्यवस्थातर्फ फर्किनु पर्ने आवस्यकता छ, जसले यसलाई धनी र समृद्ध बनाउँछ । डोनाल्ड ट्रम्पले भने, हामी आफ्ना नागरिकहरुमाथि ट्याक्स लगाएर अन्य देशहरुलाई समृद्ध बनाउँने छैनौं ।

बरु हामी अन्य देशहरुमाथि धेरै ट्यारिफ लगाएर आफ्ना नागरिकहरुलाई धनी बनाउँने छौं । जसै जसै अन्य देशहरुमाथि ट्यारिफ बढ्छ, त्यतिनै अमेरिकी नागरिकहरुमाथि लाग्ने ट्याक्स कम हुनेछ र ठूलो संख्यामा रोजगारीहरु र फ्याक्ट्रिहरु स्थापित हुनेछन् ।

ट्रम्पले भने, अमेरिकाले, यहाँ नै प्लांट बनाउने खालका कम्पनीहरुको समर्थन गर्नेछ, खासगरी फार्मास्यूटिकल्स, सेमीकंडक्टर र स्टील जस्ता उद्योगहरुमा । ट्रम्पले भने कि उनको प्रशासनले स्टील, एल्युमीनियम, तामामा पनि ट्यारिफ लगाउने छ ।

ट्रम्पले पूर्वमा ब्रिक्स देशहरुमाथि पनि १०० प्रतिशत ट्यारिफ लगाउने चेतावनी दिइसकेका छन् । भारत पनि ब्रिक्स समूहको हिस्सा हो । यस्तोमा ट्रम्पको यो घोषणाले भारतको पनि मुश्किलहरु बढाउने छ ।

एकातिर भारतमाथि पनि भारी कर लगाउने धम्की ट्रम्पले दिइरहेका छन्, अर्कातिर उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग पनि टेलिफोनमा कुराकानी गरेका छन् । उनले मोदीसंग आप्रवासन मामिलामा छलफल गरेको बताएका छन् ।

ट्रम्पको निमन्त्रणमा मोदी आउँदो फेब्रुअरीमा अमेरिका जान सक्ने सम्भावना बढेको छ । त्यसो भयो भने ट्रम्पको दोस्रो कार्यकालमा मोदी नै पहिलो अमेरिका पुग्ने विदेशी नेता बन्नेछन । डोनाल्ड ट्रम्पले सोमवार फ्लोरिडाबाट ‘ज्वाइंट बेस एंड्रयूज’ फर्किने बेला एयर फोर्स वान विमानमा पत्रकारहरुसंग भने, ‘आज विहान मेरो मोदीसंग लामो कुराकानी भयो ।

आगामी महिना मोदी व्हाइट हाउस आउनेछन्, शायद फरवरीमा । भारतका साथ हाम्रो संबंध निकै राम्रो छ’ डोनाल्ड ट्रंपले भने । डोनाल्ड ट्रंपले पत्रकारहरुसंग यो पनि भने कि जब अवैध रूपबाट अमेरिका आएका भारतीय आप्रवासीहरुलाई फिर्ता लैजाने कुरा आउँछ, त्यतिबेला मोदीले सही निर्णय लिने पनि आफूलाई लागेको ट्रम्पले बताए ।

गत साता एक रिपोर्टमा दाबी गरिएको थियो कि भारत अमेरिकामा अवैध रूपले बसिरहेका लगभग १८,००० भारतीय आप्रवासीहरुलाई फिर्ता लैजानका लागि तैयार भएको छ, यसपछि नै हो ट्रंपले पनि यो कुरा भनेको छ ।

गता साता भारतीय विदेश मंत्रीका साथ भएको भेटवार्तामा ट्रंपका विदेशमन्त्री मार्को रुबियोले अनियमित आप्रवासनसंग सम्बन्धित चिन्ताहरु कम गर्नुपर्नेमा जोड दिएका थिए । यसबीच डोनाल्ड ट्रंपले भनेका छन् कि उनी दक्ष श्रमिकहरुको कानूनी आप्रवासनका लागि तैयार छन् ।

यस्तोमा भारत आईटी जनशक्तिको आफ्नो विशाल समूहका लागि परिचित छ, जसमध्ये कयौं विश्वभर काम गरिरहेका छन् । राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रंपले पहिलो कार्यकालमा उनको अन्तिम विदेश यात्रा भारतकै थियो ।

ट्रंप र मोदीबीच राम्रो मित्रवत संबंध रहेको दुवैले दाबी गर्दै आएका छन् । दुवै नेताले सेप्टेम्बर २०१९ मा ह्यूस्टन र फेब्रुअरी २०२० मा अहमदाबादमा दुई अलग–अलग र्यालीहरुमा हजारौं मानिसहरुलाई सम्बोधन गरेका थिए ।

नोभेम्बर २०२४ मा ट्रंपको शानदार चुनावी जीतपछि मोदी उनीसंग कुरा गर्ने विश्वकै तीन शीर्ष नेताहरुमध्ये एक थिए । यस्तो सम्बन्धका बावजुद अहिले ट्रम्पले अन्य देशहरुसहित भारतमा पनि ट्यारिफ बढाउने भन्दै दिइरहेको धम्कीलाई तपाइँले कसरी हेर्नु भएको छ ? आफ्ना कमेन्ट जाहेर गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top