×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

को हुन् प्रचण्ड ? किन घुमिरहेको छ उनको पछि राजनीति ?

१६ माघ २०८१

१६ माघ , काठमाण्डौ ।

माओवादी जनयुद्धको क्रममा नेपाली जनताको मनमा एउटा नाम रहस्यमय छायाँझैँ बसेको थियो— प्रचण्ड। कतिपयलाई लाग्थ्यो, यो कुनै व्यक्तिको नाम होइन, सत्ता वा विरोधी शक्तिले सिर्जना गरेको काल्पनिक पात्र मात्र हो।

Advertisement
Advertisement

यहाँसम्म कि तत्कालीन राजा ज्ञानेन्द्र शाह वा अरू कुनै शक्तिले माओवादीलाई भयभीत देखाउन ‘प्रचण्ड’ नामको भ्रम फैलाएको हो भन्ने धारणा धेरैका मनमा थियो। प्रचण्ड को हुन् भन्ने कुरा उनीसँग निकट रहेका थोरै व्यक्तिलाई मात्र थाहा थियो।

यतिसम्म कि उनका आफ्नै परिवारले पनि ‘प्रचण्ड’ नामका व्यक्ति आफ्नै छोरा हुन् भन्ने पत्तो पाएका थिएनन्। तर, २०६३ साल असार २ गते जब उनी देशकै सबैभन्दा सुरक्षित स्थान—प्रधानमन्त्री निवास बालुवाटारमा पहिलोपटक सार्वजनिक भए, तब मात्र स्पष्ट भयो कि एक दशकसम्म शसस्त्र युद्धको नेतृत्व गर्ने माओवादीका सर्वोच्च कमाण्डर अरू कोही नभई पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै रहेछन्।

दुई दशक भूमिगत जीवन बिताएका उनले १८ वर्षअघि खुला राजनीतिमा पाइला टेके। त्यसयता, नेपालको राजनीति उनको वरिपरि घुमिरहेको छ—कहिले क्रान्तिकारी नेता, कहिले सत्ताको रणनीतिकार, त कहिले आलोचनाको केन्द्रबिन्दुका रूपमा। रहस्यमय क्रान्तिकारीदेखि सत्तासीन नेतासम्मको उनको यात्राले नेपाली राजनीतिलाई निरन्तर प्रभावित पारिरहेको छ।

प्रचण्ड सार्वजनिक हुनु अघिको रहस्यको रोमान्चकता र कौतुलता त हटिसकेको छ तर राजनीति संभावनाहरुको खेल हो भन्ने वाक्यांशलाई उनले पटक पटक आफ्नो जीवनमा उतारेका छन् । आफू जिवित रहुन्जेलसम्म उथलपसथल गरिरहने सार्वजनिक घोषणा गरेका प्रचण्डले नेपालको राजनीतिमा एक कुशल र चतुर खेलाडीका रुपमा आफूलाई पटक पटक स्थापित गरिसकेका छन् ।

कास्की जिल्लाको ढिकुर पोखरीको एउटा सामान्य परिवारमा जन्मिएका प्रचण्ड अर्थात छविलाल दाहाल चितवनको कृषि क्याम्पसमा स्नातकको विद्यार्थी पुष्पकमहल दाहाल हुँदै रोल्पाका दुर्गम गाउँबाट विद्रोही नेताका रुपमा रुपान्तरण भए ।

१० वर्षसम्म राज्यविरुद्ध हतियार उठाएका विद्रोही नेता प्रचण्डले तीन पटक प्रधानमन्त्री बनेर राज्य संचालन गरिसकेका छन् । तर १७ हजार नेपालीले ज्यान गुमाएको शस्सत्र संघर्षको नेतृत्व गरेका उनीमाथिको जनताको आशा भने निराशामा परिणत भएको छ।

तीन पटक प्रधानमन्त्री बनिसकेका उनी अझै पनि जनतासँग बहुमत नै मागिरहेका छन् । उनी पटक पटक अब आफूहरु सच्चिने भन्दै गल्ती सच्याउने भन्दै अवसर दिन माग गरिरहेका छन् । देशमा माओवादी युद्धकै जगमा लोकतन्त्र र गणतन्त्र त आयो तर कसरी उनीमाथि प्रश्न उठ्छ भन्ने प्रश्न पनि उठ्न सक्छ ।

तर उनले यृुद्धताका जनतालाई बाँडेका सपना यतिमा मात्रै केन्द्रित थिएनन् ।यतिका लागि मात्रै १७ हजार नेपालीको ज्यान गएको हो त ? हुन् गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई वर्षाैको आन्दोलनको उपलब्धिका रुपमा लिइन्छ ।

तर पनि जनयुद्धका नाममा प्रचण्डको नेतृत्वमा माओवादीले देखाएको सपना भने जनताले व्यवहारत महसुस गर्न पाएका छैनन् । कक्षा १० मा रहदा छविलालले नाम परिवर्तन गरी पुष्पकमल दाहाल राखेका उनको २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा रहदा कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम थिए ।

कास्कीबाट प्रचण्डको परिवार २०१९ सालमा चितवनको शिवनगरमा बसाइ सरेको थियो । त्यही रहदा १५ वर्षको उमेरमा २०२६ सालमा प्रचण्डको सीता पौडेलसँग विवाह भएको थियो । अहिले प्रचण्ड पत्नी, एक छोरी र एक छोराको वियोगमा छन् ।

२०२६ सालमै एसएलसी पास गरेका उनले २०२७–२०२९ पाटन बहुमुखी क्याम्पसबाट आइएस्सी पूरा गरी २०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बिएस्सी गरेका हुन्। उनले एमपीएसम्मको अध्ययन गरेका छन्।

उनले २०३३ देखि ३५ सम्म चितवन, नलवपरासी र गोरखाका विद्यालयमा अध्यापन गराएका थिए । अध्यमपनकै क्रममा २०२८ सालमा नेकपाको पुष्पलाल समूहबाट पार्टीको सदस्यता प्राप्त गरेर आफ्नो राजनीतिक जीवन प्रारम्भ गरेका दाहालले रामबहादुर थापा ‘बादल’ लगायतसँग मिलेर २०३१ सालमा माक्र्सवादी अध्ययन समूह गठन गरेका थिए।

उनी २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भएका थिए। उनी विसं २०३८ मा क्षेत्रीय ब्यूरो सदस्य एवं अखिल नेपाल युवक सङ्घको केन्द्रीय समितिको महासचिव भई २०४० मा सङ्घको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका थिए।

विसं २०४१ मा नेकपा मशालको पांचौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा एकताकेन्द्रको महामन्त्री भए। यसैगरी २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा माओवादी राखेपछि महामन्त्री भएका प्रचण्डले २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गरे।

२०५२ सालमा जनयुद्ध सुरु गर्नुभन्दा अघि उनले केही युवालाई सैन्य तालिम समेत दिएका थिए । विसं २०५७ मा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष भए। उनी विसं २०७० मा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनःअध्यक्ष पदमा निर्वाचित भए। यस्तै, २०७८ पुसमा सम्पन्न भएको पार्टीको आठौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित भए।

माओवादी द्वन्द्व दौरान थुप्रै युद्धविरामहरू भएका थिए। २०६३ वैशाख १३ मा, प्रचण्डले ९० दिनको घोषित अवधिको साथ युद्धविरामको घोषणा गरेका थिए। ०६२, ६३ मा, काठमाडौँ र अन्य स्थानमा हप्तौँसम्म चलेको व्यापक विरोध प्रदर्शनपछि त्तकालीन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा स्थापना गरेको व्यक्तिगत अधिनायकत्व त्याग्न र विघटन भएको संसद्को पुनःस्र्थापना गर्न बाध्य भएका थिए।

त्यसपछि सात दलीय गठबन्धनले नयाँ सरकार गठन गरेको थियो र राजतन्त्र उन्मुलन भएको थियो। संसद् र नयाँ सरकारले युद्धविरामलाई समर्थन गर्दै बाह्रबुँदे सहमतिका आधारमा माओवादीसँग वार्ता सुरु गरेको थियो।

दुवै पक्ष नयाँ संविधान लेख्न र नयाँ संविधान सभाको निर्वाचन गर्ने कुरामा सहमत भएका थिए। ०६३ मंसिर ५ गते वीस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । अध्यक्ष दाहालका ‘नेपाली क्रान्तिका समस्या’ भाग १, २ र ३ ‘सांस्कृतिक, कला र सौन्दर्य चिन्तन’, ‘प्रचण्डका छानिएका रचना’ खण्ड १ र २ तथा ‘प्रचण्डका छानिएका सैन्य रचना’लगायतका पुस्तक प्रकाशित छन्।

उनी २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौँ–१० र रोल्पा–२ बाट निर्वाचित भएका थिए। २०६५ सालमा प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेका थिए । तर ६६ बैशाखमा तत्कालीन प्रधानसेनापति रुक्मांगत कट्वाल हटाउने निर्णय राष्ट्रपतिबाट अस्वीकृत भएपछि उनले पदबाट राजीनामा दिएका थिए ।

२०७० मङ्सिरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा काठमाडौं १०बाट पराजित भएपनि उनी सिराहा–५ बाट निर्वाचित भएका थिए। प्रचण्ड २०७३ साउन १९ गते व्यवस्थापिका–संसद्मा तीनसय ६३ सदस्यको बहुमत प्राप्त गरी नेपालको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित भए।

यस्तै, २०७४ मङ्सिर २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट प्रचण्ड प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए। तत्कालीन वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा झण्डै दुई तिहाइ मत प्राप्त भए पनि पूरा कार्यकाल चल्न सकेन।

नेकपाका प्रचण्ड र केपी शर्मा ओली दुई अध्यक्षबीचको असमझदारीकै बीच २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि तत्कालीन नेकपामा फुट आयो। उनी फेरि माओवादीमा फर्किए । २०७९ मङ्सिर ४ को निर्वाचनमा उनी गोरखा क्षेत्र नं २ बाट विजयी भए ।

निर्वाचन लगत्तै उनी सत्तारूढ गठबन्धनमा सहमति नभएपछि नेकपा एमाले सहितका दलको सहमतिमा २०७९ पुष १० गते तेस्रो पटक प्रधानमन्त्री बने । तर बीचमा नै एमालेको साथ छाडेर पुन कांग्रेसको साथमा उनले सरकारलाई अघि बढाए ।

तर कांग्रेससँगको साथ पनि उनलाई लामो समय मिल्न सकेन् । गएको असार १७ गते एकाएक आफ्नो सरकारको सबैभन्दा शक्तिशाली ठूलो दल नेपाली कांग्रेसले प्रतिपक्ष एमालेसँग रातारात सहमति गरेपछि प्रचण्डको तेस्रो कार्यकालपनि बीच मै बर्गिमनमा पर्याे ।

यद्यपि उच्च राजनीतिक चेत र कुशलताले प्रचण्ड दुई ठूला दललाई साइजमा राखेर असारसम्म देशको प्रधानमन्त्री बनिरहे । अवसरलाई आफू अनुकुल बनाउन सक्ने क्षमता, मासमा हौसिने प्रखर वक्ताका रुपमा नेपालको राजनीतिमा परिचित छन् ,प्रचण्ड ।

माओवादीको स्थापनाकालदेखि नै अध्यक्ष रहेका प्रचण्ड सधै नेतृत्वमा रहिरहनुपर्छ भन्ने महत्वकांक्षाले पार्टी भित्रै आलोचित छन् । उनी कुन समय कता ढल्किन्छन् भन्ने भेउ पाउन कठिन छ । अस्थिर भएकै कारण प्रचण्डले आफूलाई केन्द्रमा राखेर कुनैपनि बेला कुनैपनि निर्णय गर्न सक्छन् भन्ने आरोप उनीमाथि लागिरहने गरेको छ।

प्रचण्डले कहिले मोहन वैद्यको साथ लिएर डा बाबुराम भट्टराईलाई पाखा लगाए भने कहिले बाबुरामको साथ लिएर वैद्य , रामबहादुर बादल र विप्लवहरुलाई पाखा लगाएका छन् । प्रचण्डको यही चरित्रकै कारण वैद्य, बादल, विप्लव, सिपी गजुरेल, गोपाल किराँती,टोपबहादुर रायामाझी लगायतका नेताहरुले माओवादी छाडेका छन् ।

अहिले पनि विप्लवलाई भित्र्याउनकै लागि पार्टीका शीर्ष नेताहरुसँगको प्रचण्डको दूरी बढेको छ । २०६० साल तिर नेकपा माओवादीका नेता बाबुरामले पार्टीमा संघीय लोकतान्त्रिक गणतन्त्रको लाइनलाई अघि सारेवापत प्रचण्डबाट जनसेनाको नजरबन्दमा बस्नु पर्ने कारबाही भोगेका थिए ।

तर रोचक पक्ष यसको करिव डेढ वर्षमै प्रचण्ड नै बाबुराको लाइनमा आएका थिए । २०६२ को चुनवाङ बैठकबाट प्रचण्डले भट्टराईमाथिको कारवाही फुकुवा गर्दै संसदवादी दलहरुसँग वार्ता गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रको लाइनलाई बटमलाइन बनाउने निर्णय गरे ।

यस्तै किशोर अवस्था देखिएका साथी बादललाई प्रचण्डले शसस्त्र युद्ध सुरु भएको डेढ वर्ष नबित्दै सांस्कृतिक विचलनको आरोप लगाएर अनुशासनको कारबाही गरे । उनी ५२ सालमा जनयुद्ध सुरु हँुदा प्रचण्डका मुख्य सारथि मध्येका एक थिए ।

शसस्त्र संघर्षहुँदै देशको कार्यकारी अधिकारसहितको प्रधानमन्त्री ३ पटक भइसक्दा समेत प्रचण्डमाथि जनतालाई बाडिएका सपना पूरा गर्न र वीस्तृत शान्ति सम्झौतालाई तार्किक निष्कर्षमा पुर्याउन अझै चुकिरहेको आरोप उनकै सहयोद्धाहरुले लगाइरहेका छन् ।

जनयुद्धमा पीडित, घाईते भएका योद्धा, बर्हिगमित लडाकुमाथि उदासिन बनेको आरोप पनि उनीमाथि यथावत छ । यस्तै माओवादी लडाकु शिविरमा भएको भ्रष्टचारको वास्तविकता अझै रहस्यमा छ । लडाकुहरुको पैसा भ्रष्टचार गरेको मुद्दामा नत छानविन भएको छ नत दोषी नै पत्ता लागेको छ ।

यद्यपि प्रचण्ड अहिले पनि ६४ मा जस्तै ८४ मा माओवादीले बहुमत हासिल गरे देशबाट भ्रष्टचारको जरो नै उखेलेर फ्यालिदिने वचन दिँदै जनतालाई फकाइरहेका छन् ।
सशस्त्र संघर्ष त्यागेर विस्तृत शान्ति सम्झौतामा आउनु निसन्देह सकारात्मक कदम थियो।

तर, प्रचण्डको अस्थिरता र राजनीतिलाई ‘संभावनाको खेल’ मात्र ठान्ने उनको दृष्टिकोणका कारण, अहिले उनको वैचारिक अडानमाथि गम्भीर प्रश्न उठ्न थालेका छन्। संविधान निर्माणको क्रममा प्रत्यक्ष शासकीय स्वरूपमा दृढ अडान राख्न नसक्नु, आदिवासी, जनजाति र मधेसी समुदायका मुद्दाहरूमा स्पष्ट प्रतिबद्धता देखाउन असफल हुनु, र संसदीय प्रणालीमा आफूलाई अब्बल प्रमाणित गर्न नसक्नु प्रचण्डका प्रमुख कमजोरीका रूपमा देखिएका छन्।

कुनै समय विकृत राजनीतिबाट मुक्तिका लागि जनयुद्धको नेतृत्व गरेका उनी, आज त्यही विकृति दोहो¥याउने पात्रमध्ये एकका रूपमा उभिएका छन्। सिद्धान्त र व्यवहारबीचको यो द्वन्द्वले उनको राजनीतिक यात्रालाई नै प्रश्न चिह्नमा पारिदिएको छ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top