×

NEPAL TIMES UPDATES

Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026

अमेरिकाबाट पहिलो खेपमा १३६५ नेपाली निकालिदैं

१६ माघ २०८१

१६ माघ , काठमाण्डौ ।

शपथ खाएकै दिन एक सय कार्यकारी आदेशमा हस्ताक्षर गरेर आफ्ना चुनावी बाचा पुरा गर्ने हतारोमा देखिएका राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला अमेरिकामा रहेका अवैध आप्रवासीका लागि भने साढे सातकै दशा बनेका छन् ।

Advertisement
Advertisement

अमेरिका फस्र्टको उनको नाराले अमेरिकीहरुलाई उत्साहित पारिरहेका बेला लुकेरै भएपनि सपनाको देशमा जीवन यापन गर्ने आशमा रहेका कागजातविहिन आप्रवासी अहिले धमाधम धरपडकमा परेका छन्, त्यो पनि अपराधीको शैलीमा ।

हतकडी र नेलसहित अमेरिकी सेनाको अक्सिजनसमेत नभएको असुविधानजक विमानमाफर्त उनीहरु डिपोर्ट भइरहेका छन् । अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर फर्काउने प्रक्रिया जारी राखिरहँदा यसक्रममा अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरुको संख्या सार्वजनिक भएको छ ।

अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूची अनुसार १ हजार ३६५ जना नेपाली पनि अमेरिकाबाट निष्कासनमा पर्नेछन् । यद्यपि अमेरिकामा रहेका करिब सात हजार नेपाली प्रभावित हुन सक्ने देखिएको छ ।

गैरकानुनी रूपमा बसोबास गरेका करिब सात हजार नेपाली तत्काल र अस्थायी भिसामा बसेका थप नौ हजार नेपाली आगामी जुनपछि प्रभावित हुन सक्ने देखिएको छ । अमेरिकामा गैरकानुनी रूपमा बसेका करिब सात हजार हुन सक्ने सरकारी आकलन छ ।

अवैध बाटोबाट गएकाहरूमध्ये धेरैजसो क्यालिफोर्निया र टेक्सास राज्यमा छन् । ट्रम्पको कार्यकारी आदेश लागू भएको एक साता भैसके पनि नेपाली अहिलेसम्म गिरफ्तार परेको सूचना भने छैन ।

नेपालमा २०७२ को ठुलो भूकम्पपछि अमेरिकाले नेपालीहरूका लागि टेम्पोररी प्रोटेक्सन स्टाटस (टिपिएस)मा जाने सुविधा दिएको थियो ।हाल करिब नौ हजार नेपाली टिपिएसको हैसियतमा छन् ।

‘ट्रम्प प्रशासनले टिपिएससमेत खारेज गरेको अवस्थामा नौ हजार नेपाली यो वर्ष जुन २४ पछि प्रभावित हुन सक्छन् । किनकि उनीहरूलाई त्यस वेलासम्म बस्ने अस्थायी अनुमति उपलब्ध छ,’ अमेरिकामा रहेका नेपालीहरूबारे जानकार एक कूटनीतिज्ञले भने ‘नेपालले तत्काल ध्यान दिनुपर्ने भनेको करिब सात हजार नेपालीको हकमा हो ।’

अमेरिकामा नेपालीको ‘ट्र्याक रेकर्ड’ राम्रो भएको र ट्रम्पको देशनिकाला योजनाको प्राथमिकता सूचीको अग्रस्थानमा नेपाली नपरेकाले तत्कालै समस्या नहुने ती अधिकारीको भनाइ छ । अमेरिकाबाट फर्काइन लागेकाहरुमध्ये सबैभन्दा धेरै होन्डुरस, ग्वाटेमाला, मेक्सिको र एल साल्भाडोरका नागरिकहरु रहेका छन् ।

होन्डुरसका २ लाख ६१ हजार ६५१, ग्वाटेमालाका २ लाख ५३ हजार ४१३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८२२ जना छन् । चीनका ३७ हजार ९०८ र भारतका १७ हजार ९४० जना पनि अमेरिकाबाट निष्कासनमा पर्ने छन् ।

गैरकानुनी आप्रवासी निकालिने सूचीको प्राथमिकतामा अहिले दक्षिण अमेरिकी देशहरू छन् । क्यालिफोर्निया र टेक्ससको सीमावर्ती क्षेत्रबाट प्रवेश गरेका र कागजात नरहेकाको संख्या दुई हजारभन्दा माथि छ ।

करिब पाँच हजार नेपाली नागरिक पर्यटक वा विद्यार्थी भिसामा गएर अवैध रूपमा बसेको बताइएको छ । परराष्ट्र मन्त्रालयले अमेरिकी नयाँ निर्णयको कार्यान्वयनबाट नेपालीमा पर्ने असरबारे विस्तृत अध्ययन गर्न अमेरिकास्थित नेपाली राजदूतावासलाई निर्देश गरेको छ ।

अमेरिकामा करिब पाँच लाख नेपालीभाषी (नेपाल र भुटान जन्म भएका) अमेरिकी नागरिक छन् । अवैध रूपमा वा स्थलमार्गबाट नेपालीहरू कोलम्बिया, पनामा, कोस्टारिका, निकारागुवा, ग्वाटेमाला पार गरेर मेक्सिको हुँदै अमेरिका पुग्ने गरेका छन् ।

उनीहरू नेपालबाट भारत वा थाइल्यान्ड, युएई, स्पेन, ब्राजिल, पेरू, इक्वेडर, कोलम्बिया, पनामा, कोस्टारिका, निकारागुआ, होन्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका पुग्ने गरेका छन् । कुनै पनि प्रकारको वैधानिक भिसा वा अनुमतिविना अमेरिका बसिरहेका, अस्थायी भिसामा अमेरिका पुगेका, तर भिसा अवधि समाप्त भएपछि पनि बसेका र वैधानिक अनुमतिविना काम गरिरहेका नेपालीहरूलाई पनि डिपोर्टेसनको नीतिले समेट्न सक्छ ।

Advertisement

कतिपय नेपालीले टेम्पोररी प्रोटेक्टेड स्टेटसअन्तर्गत अमेरिका बसिरहेका छन् । यो सुविधा नवीकरण नगर्ने निर्णय भएमा उनीहरू डिपोर्टेसनको नीतिबाट प्रभावित हुन सक्छन् । यस्तो गरी बसेकाहरूलाई यसै वर्षको जुन २४ सम्म बस्ने अस्थायी अनुमति उपलब्ध छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top