१६ माघ , एजेन्सी ।
अमेरिकी वायुसेनालाई एक ठूलो झट्का लागेको छ । उसंग रहेको विश्वकै सबैभन्दा एडभांस्ड फाइटर जेट एफ–३५ अलास्कामा क्रयास् भएको छ । मंगलवार यो दुर्घटना भएको हो । यो सिंगल सीट भएको एफ–३५ फाइटर जेट थियो ।
अमेरिकी वायु सेनाका पायलट भने यो क्रयाशमा बाँचेका छन् । न्यूज एजेंसी एपीको रिपोर्टका अनुसार ३५४ औं फाइटर विंगका कमांडर कर्नल पल टाउनसेन्डले भनेका छन् कि पायलटले उडानका क्रममा जेटमा प्राविधिक खराबीको सामना गर्नु पर्यो ।
तर उनी सुरक्षित तरीकाले फाइटर जेटबाट बाहिर निस्कन सफल भए । यो क्रयाश ईल्सन एयर फोर्स बेसमा ल्याण्डिगका क्रममा भएको हो । उडानका क्रममा पायलटले इमरजेन्सी घोषणा गरेका थिए ।
दुर्घटनापछि पायलटलाई स्थिर अवस्थामा पाइएको थियो र एक मेडिकल फ्यासिलिटीमा उनको उपचार जार छ । यता वायुसेनाको बयानका अनुसार मंगलवार दिउँसो यो दुर्घटना भएको हो, जसमा विमान पुरै नष्ट भएको छ ।
टाउनसेन्डले भने कि वायुसेनाले यो घटनाको मिहिन ढंगले अनुशन्धान गर्ने छ, ताकि यस्तो दुर्घटना हुने सम्भावनाहरुलाई कम गर्न सकियोस । ईल्सन एयरबेसलाई सन २०१६ मा ३५४ औं एफ–३५ को आथित्यताका लागि चुनिएको थियो, जसका कारण यसको विस्तार भएको हो ।
यसमा आधा अर्ब डलरको लागत लागेको थियो, जसमा ३६ नयाँ भवनहरु र दर्जनौ हाउसिंग यूनिट बनाइएको थियो । विस्तारमा लगभग ३५०० नयाँ एक्टिभ ड्यूटी एयरम्यान र उनीहरुको परिजन सामेल थिए ।
अमेरिकाले एफ–३५ फाइटर जेटलाई विश्वको सबैभन्दा शक्तिशाली फाइटर जेट भएको दाबी गर्छ । यो एक चोटी उडान भरेपछि १२ घण्टासम्म तक हावामा रहन सक्छ । उत्तरी गोलार्धमा यो कहीँ पनि एक मिशनमा जान सक्छ ।
तर पटक पटक क्रयास् हुँदा भने चिन्ता बढाएको छ । यसअघि पनि एफ–३५ क्रयाश भएको थियो, जसले यो सबैभन्दा शक्तिशाली भनिएको विमानको क्षमतामा प्रश्न उब्जाइदिएको छ । गत डेढ वर्षमा यो तेस्रो पटक हो एफ–३५ क्रयाश भएको ।
गत वर्ष मे महिनामा लस एन्जलस नजिक यो जेट क्रयाश भएको थियो, जसमा पायलट घाइते भएका थिए । साउथ क्यारोलिनामा पनि सेप्टेमबर २०२३ मा एफ ३५ को जेट क्रयाश भएको थियो । अमेरिकी कंपनी लकहीड मार्टिनका तर्फबाट एफ–३५ लाइटनिंग विकसित गरिएको हो ।
पाँचौं पुस्ताको यो एक स्टील्थ लडाकू विमान हो, जसलाई मल्टी–रोल अभियानहरुका लागि डिजाइन गरिएको हो । तर यसमा कयौं खराबीहरु प्नि देखिएको छ । फ्लाइट कंट्रोलमा लगातार खराबीको चर्चा हुने गरेको छ ।
यस्तै अलास्काको अत्यधिक चिसो र हावाले विमानलाई प्रभावित पार्न सक्छ । सन २०२३ मा पेंटागनको रिपोर्ट आएको थियो, जसमा भनिएको थियो कि एफ–३५ लाई अक्सर रेखदेखका लागि उभ्याइन्छ जसले अपरेशनल दक्षता प्रभावीत हुन्छ ।